दूध आफैंमा पूर्ण आहार हो । पौष्टिक तत्वले भरपूर दूध सेवन गर्दा क्याल्सियम, प्रोटिनलगायत शरीरलाई आवश्यक सबै तत्व पाइन्छ तर दूध खाँदा भने केही सावधानी अपनाउनुपर्ने हुन्छ । आयुर्वेदले बताएअनुसार दूधसँग कुनै कुनै खानेकुरा मिसाएर खाँदा स्वास्थ्यलाई हानि पुग्छ ।
– नून र दूध एकैपटक सेवन गर्नुहुँदैन । दूधमा प्रोटिन र नूनमा आयोडिनको मात्रा बढी हुँदा यसले कलेजो खराब गराउन सक्छ ।
– दूध केरा मिसाएर कफको समस्या हुनसक्छ ।
– दूध पिउनुअघि वा तत्काल पछि काँचो प्याज खाँदा छालाको संक्रमण हुने खतरा रहन्छ । यसले दाद र चिलाउने समस्या निम्त्याउन सक्छ ।
– माछा खाएपछि दूध वा दुग्ध परिकार खाँदै नखानुस् । नत्र छालामा सेतो दाग देखिन थाल्छ ।
– मसालेदार खानेकुरासँगै वा त्यसलगत्तै दूध पिउँदा पाचन प्रणालीमा समस्या देखिन्छ । यसले खाना पचाउन गाह्रो हुने, पेट दुखाउने, पेट पोल्ने, ग्यास जम्मा हुने लगायतका समस्या आउँछन् ।
– दूधसँगै कागती वा अमिलो खानेकुरा खाँदा नपच्ने समस्या आउँछ भने पेटमा दूध फाटेर एसिडिटी, बान्ता आउने वा वाकवाक लाग्ने समस्या आउन सक्छ ।













