पोखरा-३० लेखनाथको चोखीमाटीचोकस्थित एक किराना पसलमा आगलागी हुँदा एक करोड रुपैयाँ भन्दा वढीका सामानहरु जलेर नष्ट भएका छन् । शोभा मोहन पौडेलले किराना पसलमा सोमबार राति आगलागी हुँदा किराना पसलको स्टोरमा भएको सामान र फर्निचरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो ।
सोमबार राति ११ बजे एक्कासी पसलमा लागेको डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीको बारेमा अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
किराना पसलको स्टोरमा आगो लागेको थाहा पाएपछि स्थानीयले पोखरा महानगरपालिकाद्धारा सांचालित दमकललाई खबर गरेको भएपनि घटनास्थलमा दमकल ढिलागरी पुगेको जानकारी पोखरा-३० का वडासदस्य भीमकुमारी पुनले जानकारी दनुभयो ।













