अचल पदार्थको लोभ र सचलको मोह न गर्नु वैराग्य हो । सबै सचलको स्वभाव, अभ्यास, दृष्टिकोण र मान्यता भिन्न भिन्न छ भन्ने सम्झनु र त्यसको निन्दास्तुति वा त्यसमा परिवर्तन ल्याउने वा स्थायी राख्ने इच्छा न गर्नु, आउन न दिनु ज्ञान हो ।
मिथ्याको त्याग तथा अनित्यको समझबाट सम्पूर्ण जीवन्तता जो कि सजग वर्तमानमा रहनु हो त्यसले ‘जीवन्मुक्ति’ ल्याउँछ ।
वर्तमान विश्वको नारकीय अवस्था पुरोहित र सामन्तको रचना हो । शाब्दिक धूर्तता पुरोहित हो, क्रियात्मक दुष्टता सामन्त हो, दुवै क्षुद्रताका मध्यमा मनुष्यता पीडाले कहराइरहेको छ । त्राहि त्राहि मर्दै छ ।
त्जभ mष्लम अबल झउतथ ष्तकभाि या ष्mबनभक दथ लयत ायचmष्लन बल ष्mबनभ जभचभ बलम लयध।
राम्रो लाग्नु नलाग्नु वृत्ति हो, वृत्ति उत्थान क्षणमा सजगता छ भन्ने संस्कार बन्दैन ।
आकाङ्क्षा–अपेक्षा र आग्रह आयो भने संस्कार बन्दछ, संस्कारमा परिवर्तन गर्ने इच्छा संसारीपना हो । संस्कार बन्न नदिएर साक्षी रहनु पुरुषार्थ हो । सबैको स्वतन्त्रता र स्वभावको मान राख्नु सज्जनता हो । बाह्य रूपमा ठगिनु परन्तु आन्तरिक रूपमा नठगिनु महानता हो ।
महान् मन नराखी हृदयमा प्रवेश गर्न सकिँदैन । लोभ गर्नु, सानो कुरामा चित्तमा उकुस मुकुस आउनु सज्जनताको अभाव हो । गुरुको शिक्षा अनुसार जीवन यापन गर्नु र आफ्नो स्मृतिमा गुरुबाहेक अन्य कोही र कोही नलाउनु साँचो सम्बन्ध हो— यो हृदयको निकटता नै यथार्थ अपनत्वले ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













