काठमाडौं:नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता हरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।
सामसङले नबिल बैंक संगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो । सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिन सम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंग हरुमा उपलब्ध छन्।
नबिलको कार्डका लागि देशका २५३ शाखाहरु मध्ये कुनै पनि शाखाबाट अथवा एन बैंक बाट लिन सकिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।













