काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
जसअनुसार बैंकको बानेश्वर शाखाले सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तीनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सो सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
त्यसैगरि बैंकको वीरगंज शाखाले अलखिया मठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण गरेको छ । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।













