हरिबहादुर सासूसँग गुनासो गर्दै—
हरिबहादुरः तपाईंकी छोरीका धेरै कमजोरी छन् ।
सासूः त्यही भएर त उसले राम्रो केटो छान्न सकिन नि ।
स्याउको मूल्य
भर्खरै १२ कक्षा पास गरेर ब्याचलर पढ्ने तयारीमा रहेकी केटी फलफूल पसलमा गई जुन पसल हरिबहादुरले सञ्चालन गरेको थियो—
केटीः साहुजी ! १० ओटा स्याउको मूल्य कति हो ?
हरिबहादुरः सय रुपैयाँ ।
केटीः अल बढी भयो । घटाउनु न ।
हरिबहादुरः त्यसो भए ८० रुपैयाँमा ८ ओटा स्याउ लैजानुस् न ।
केटीः धन्यवाद दाइ प्याक गरिदिनुस् न ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट












