• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बजेटमा ब्यापक विकृतिः गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर

by
३ बैशाख २०८०,
0
एमसीएको खाता परामर्शदाताबाट चलाउनु आदेशविपरीतः महालेखा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्भीर प्रश्नसमेत उठाएको हो ।

गत आर्थिक वर्ष २०७८र०७९ मा सरकारले पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर गरेको देखिन्छ । गत आर्थिक वर्षमा सरकारको कूल पूँजीगत खर्च रू दुई खर्ब १६ अर्ब बराबर थियो । जबकि, सरकारले विभिन्न योजना तथा कार्यक्रमका लागि गरेको रकमान्तर मात्रै रू दुई खर्ब हाराहारी छ । गत आर्थिक वर्षका लागि सरकारले रू १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये रू एक खर्ब ९६ अर्ब ४१ करोड ४८ लाख ८४ हजार अर्थात कुल बजेटको १२ दशमलव ०३ प्रतिशत रकमान्तर भएको देखिन्छ ।

सरकारले ठूलो मात्रामा गरेको रकमान्तरमध्ये अधिकांश रकम आर्थिक वर्ष सकिने बेला अर्थात असारमा भुक्तानी दिइएको छ । “गत असार महिनामा रू ८२ अर्ब ८० करोड ६७ लाख ८५ हजार र असारको अन्तिम हप्तामा मात्र रू २६ अर्ब ९९ करोड ६९ लाख ९१ हजार बराबर रकमान्तर भएको देखिन्छ”, महालेखाको प्रतिवेदनमा भनिएको छ ।

सरकारले गत वर्ष अर्थ विविध शीर्षकमा मात्रै एकमुष्ट रू ८८ अर्ब ७० करोड ७२ लाख बराबर विनियोजन भएको थियो तर रकमान्तर गर्दा सरकारले विभिन्न बजेट उपशीर्षकबाट रू १५ अर्ब ७२ करोड ८१ लाख रकम चलाएको देखिन्छ । त्यस्तै, वार्षिक बजेटमा राखिएका शीर्षक बाहेक थप रू ७९ अर्ब ४६ करोड ८४ लाख बराबर रकमान्तर भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक विनियोजन ऐन तथा बजेट वक्तव्यमै नपरेका र बजेट खर्च नै गर्न नसक्ने आयोजना तथा कार्यक्रमसमेतमा सरकारले रकमान्तर गरेको देखिन्छ । “बजेट खर्च हुननसक्ने अवस्थामा पनि विभिन्न बजेट उपशीर्षकमा रकमान्तर हुने गरेको देखिएको छ भने वार्षिक विनियोजनमा बजेट शीर्षक नै नराखिएका विभिन्न १० वटा कार्यक्रममा रकमान्तर भएको छ”, महालेखाको प्रतिवेदनमा भनिएको छ, “शुरु बजेट विनियोजन नभएको कार्यक्रममा रकमान्तरबाट थप गरी खर्च गर्नु बजेट सिद्धान्तअनुरूप देखिँदैन ।”

गत आर्थिक वर्षमा सरकारले विभिन्न १० वटा योजना तथा कार्यक्रमका लागि रू दुई अर्ब ९७ करोड ११ लाख ११ हजार बजेट रकमान्तर गरेको देखिन्छ । जसमध्ये ती योजना र कार्यक्रमको वास्तविक खर्च भने रू दुई अर्ब २३ करोड ३९ लाख ७३ हजार बराबर छ ।

वर्षान्तमा हुने खर्चबारे पनि महालेखाले प्रश्न उठाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै सबै कोष तथा लेखा नियन्त्रक कार्यालयले खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने हुन्छ । तर गत असार महिनाको अन्तिम साता मात्रै करिब एक खर्ब बराबर बजेट निकासा दिइएको छ ।

“आर्थिक वर्ष २०७८र०७९ को असार महिनामा मात्रै रू दुई खर्ब ७५ अर्ब नौ करोड २५ लाख अर्थात वर्षभरिको कूल खर्चको २१ प्रतिशत असारमा मात्रै खर्च भएको देखिन्छ,” महालेखाको प्रतिवेदनमा भनिएको छ, “असारमा खर्च भएको रकममा पनि अन्तिम हप्तामा मात्र रू ९८ अर्ब ९९ करोड ७१ लाख ८१ हजार अर्थात कूल खर्चको सात दशमलव ५६ प्रतिशत खर्च भएको छ ।”

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

कस्तो रहनेछ आजको मौसम ?

सम्बन्धित खबर

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
Load More
Next Post
मनसुन आजबाट क्रमशः बाहिरिँदै, अब वर्षाको सम्भावना कम

कस्तो रहनेछ आजको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In