• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाल्पा रामपुरका जयनारायण न्यौपानेको मौरी पालनमा मोह

by
२ बैशाख २०८०,
0
पाल्पा रामपुरका जयनारायण न्यौपानेको मौरी पालनमा मोह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन् । घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन् ।

उनको घरमा हाल मौरीगोलासहित ४० घार छन् । आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन् । आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन् । ‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने ।

गोलासहितको मौरीघार रु नौ हजार, खालीघार रु पाँच हजारमा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मह प्रतिकिलो रु एक हजार एक सयमा बिक्री हुने गरेको छ । एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ । एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ । वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन् । एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ । आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ । मौरीघार ९खालीघार०, गोलासहित र मह बिक्री गरेर उनले एक वर्षमा रु छ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

उनी भन्छन्, ‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ ।’ उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । घरमा परम्परागत (मुढेघार) १५–२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि व्यावसायिक रुपमा नै उनले आधुनिक घारबाट अगाडि बढेका छन् । उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा सुरु गरेका हुन् ।

स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रुपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन् । ‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रुपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ’, उनले भने ।

उनका अनुसार मंसिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ । स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अष्ट्रेलिया, जापानमा कोसेलीको रुपमा पुगेको छ । रामपुर ६ कै ज्येष्ठ नागरिक टीकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका छन् । मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ । उनको घरमा हाल १६ आधुनिक मौरीका घार छन् । उनले २०६६ देखि नियमित रुपमा मौरीपालन व्यावसाय गरिरहेका छन् । पाठकले घार बढाउँदै गएका छन् ।

‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ’, उनले भने ।

कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछन् । मौरी प्रवद्र्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता बृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताए । उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ ।

‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ’, उनले भने, ‘व्यवसाय गर्न ईच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ ।’

Previous Post

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु

Next Post

तृष्णामुक्ति हुनु नै दुःख मुक्ति हुनु हो –गौतम बुद्ध

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर – गौतम बुद्ध

तृष्णामुक्ति हुनु नै दुःख मुक्ति हुनु हो –गौतम बुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In