• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ

by
२ बैशाख २०८०,
0
‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङ । नयाँ वर्षमा आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा, सुकेटार, देउराली, भिन्तुना डाँडालगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड रह्यो । सुकेटार क्षेत्रमा पिकनिकसहित थुप्रै समूह पुगेका थिए भने घुमघामका लागि पनि ठूलै सङ्ख्यामा पर्यटक पुगेका थिए । सधँका वर्षको तुलनामा यो वर्ष यहाँ आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको सुकेटारका व्यवसायी दावा शेर्पाले बताए।

यता तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिरसहित पदमार्गका विभिन्न ठाउँमा दिनभर नै मानिसको भीडभाड रहेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा आज मात्रै करिब दुई हजार मानिस पुगेका छन् । कोही पाथीभराको दर्शनका लागि त कोही घुमघामका क्रममा पाथीभरा क्षेत्रमा पुगेका हुन् । यो सङ्ख्या गत वर्षको वैशाख १ को तुलनामा धेरै रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । ‘भोलि शनिबार भए पनि आज नयाँ वर्ष भएकाले बाहिरका मानिस धेरै आएका छैनन्, तर आन्तरिक पर्यटक भने ठूलै सङ्ख्यामा पुगे, फेदी, काफ्लेपाटी, देउराली, सुकेटार जस्ता ठाउँमा घुमघाम गर्ने पर्यटकको चहलपहल निक्कै बढेको पाइयो’, काफ्लेले भने ।

पाथीभरामा हरेक शनिबार र मङ्गलबार दर्शन गर्नेको निक्कै भीड लाग्ने गर्छ । शनिबारको अघिल्लो दिन नै पाथीभरा क्षेत्रका होटल भरिभराउ हुन्छन् । तर नयाँ वर्ष शुक्रबार भएकाले शनिबार पूजाआजा गर्ने बाहिरका दर्शनार्थी न्यून सङ्ख्यामा आएको बताइएको छ । पाथीभराबाट कञ्चनजङ्घा हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पाइनुका साथै पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका गुरास फुलेकाले पनि नयाँ वर्षमा धेरै पर्यटक घुमघामका लागि पुगेको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रमा आजभोलि चापसहित विभिन्न प्रजातिका गुरास ढकमक्क फुलेको देख्न पाइन्छ । देउरालीदेखि माथिल्लो फेदीसम्म नै गुराँसका बोट प्रसस्त पाइने भएकाले कोपिला र पलाएको फुलको मनोरम दृश्य देख्न पाइन्छ ।

बजार नजिक पर्ने सिद्धीडाँडा र भिन्तुनामा धेरै सङ्ख्यामा मानिस पुगेका छन् । धार्मिक रुपमा महत्वपूर्ण मानिने सिद्धीडाँडामा पोखरीसहित मन्दिर रहेका छन् । मन्दिरको दर्शनसँगै पोखरीको अवलोकन गर्न पाइने भएकाले यहाँ पनि पर्यटकको चहलपहल बढेको हो । बजार नजिकै पर्ने भएकाले टाढाटाढाका ठाउँमा पुग्न नसक्ने बजार क्षेत्रका पाको उमेरका बालबालिका सिद्धीडाँडामा पुगेका थिए । मन्दिरको दर्शन गर्ने, फोटो भिडियो लिने युवायुवतीको भीडभाड देखिएको स्थानीय ईन्द्र गुरुङले बताए । कोभिड–१९ को सङ्क्रमणका केही वर्ष सुनसान जस्तै रहेका यी ठाउँमा यो पटक नयाँ वर्षको आगमनसँगै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले जानकारी दिए ।

ग्रामीण क्षेत्रका पर्यटकीय ठाउँमा आज चहलपहल बढ्यो । मिक्वाखोला गाउँपालिकामा पर्ने फुङफुङे झरना, मेरिङदेन गाउँपालिकामा पर्ने गुरासे पोखरीसहितका ठाउँमा स्थानीय मानिस नयाँ वर्षका अवसरमा घुम्न पुगेका थिए । मिक्वाखोला गाउँपालिकाको केन्द्र सावामा रहेको झरनासम्म नै सडक पुगेकाले पछिल्लो समयमा यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्न थालेका छन् । दैनिकजसो पर्यटक पुग्ने झरनामा चाडपर्व, उत्सव आदि समयमा भने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।

मेरिङदेन गाउँपालिकामा पर्ने गुराँसे पोखरीमा पनि आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ । पोखरीसम्म सडक बाटो पुगेकाले र आसपासमा होटल पसलका संरचना बनेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा पर्यटक पुग्न थालेका हुन् । पोखरीलाई सफा गर्ने र बारबेर गर्ने कार्य गाउँपालिकाले गरेको थियो । पोखरीमा जमेको माटो निकालेर पानीले पोखरी भरिएपछि उक्त ठाउँमा टाढाका मानिस पुग्न थालेको स्थानीय फुर्वा शेर्पाले जानकारी दिए।

गुराँसे पोखरी धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् । स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधारको विकास भएकाले र प्रचारप्रसार भएकाले ती ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको हो । स्थानीयले यस्ता ठाउँमा होटल पसल सञ्चालन गरेर पुग्ने पर्यटकलाई सहजता प्रदान गर्न थालेका छन् ।

Previous Post

मधेस प्रदेशः पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

Next Post

युक्रेन युद्धसम्बन्धी सरकारका गोप्य कागजात ‘सार्वजनिक’ गरेको आरोपमा ‘एअरम्यान’ विरूद्ध मुद्दा

सम्बन्धित खबर

गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
समाचार

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

१४ चैत्र २०८२,
Load More
Next Post
युक्रेन युद्धसम्बन्धी सरकारका गोप्य कागजात ‘सार्वजनिक’ गरेको आरोपमा ‘एअरम्यान’ विरूद्ध मुद्दा

युक्रेन युद्धसम्बन्धी सरकारका गोप्य कागजात ‘सार्वजनिक’ गरेको आरोपमा ‘एअरम्यान’ विरूद्ध मुद्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In