• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

    एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

    विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल

    विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल

    डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

    डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

    पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

    काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले

२ बैशाख २०८०,
0
सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ । राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर कार्यान्वयन सुरु गरिएको छ ।

सो कार्ययोजनाको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुआत गरेका छन् । प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरुले नियमित रुपमा नागरिकसँग अन्तरक्रिया गर्ने गरी कार्य व्यवस्थापन योजना लागू गरिएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

सो पार्टीका तर्फबाट आज सार्वजनिक गरिएको सो योजनाअनुसार हरेक साताको शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ देखि साँझ छ बजेसम्म नागरिकसँग सरकारको काम कारबाहीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया एवम् भेटघाट गर्नेछन्।

यस्तै, हरेक साताको आइतबार ४ देखि ५ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा पनि प्रधानमन्त्रीले भेटघाट गर्नेगरी कार्यतालिका तय गरिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

माओवादी केन्द्रले तयार पारेको योजनाअनुसार सातै दिन मन्त्री, सल्लाहकार तथा विज्ञले भेटघाट तथा नागरिकको समस्या समाधान गर्नेगरी भेटघाटको समय तालिका निर्धारण गरिएको छ । माओवादी केन्द्रका महासचिव गुरुङले आज जारी गर्नुभएको परिपत्रअनुसार आइतबार ४ देखि छ बजेसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बद्ध क्षेत्र तथा विषयसँग सम्बन्धित विषयमा भेटघाट गर्नेछन् । सर्वदलीय वा सर्वपक्षीय प्रतिनिधिमण्डलबाहेक सिंहदरबारमा कुनै पनि भेटघाट नगर्ने त्यसको सट्टामा पार्टी केन्द्रीय कार्यालयमा नै नागरिकसँग अन्तरक्रिया एवम् छलफल गर्ने व्यवस्था गरिएको छ ।

हरेक साताको सोमबार ४ देखि छ बजेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भेटघाट गर्नेछन् । यस्तै, हरेक साताको मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, बिहीबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई घण्टा नागरिकसँग भेटघाट गर्ने गरी कार्यतालिका तय गरिएको छ । शनिबार भने प्रधानमन्त्री, मन्त्रीका सल्लाहकार एवम् विज्ञले भेटवार्ता गर्ने गरी तय गरिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सल्लाहकार र विज्ञले सातामा एक दिन दुई घण्टा पार्टी कार्यालयमा भेटघाट गर्ने, त्यसका लागि पार्टी कार्यालयबाट दुई र प्रधानमन्त्रीको सचिवालयबाट पनि दुईजना व्यवस्थापनका लागि खटिनेछन् ।

राज्यका कामलाई प्रभावकारी र परिणामुखी बनाउन कानुन निर्माण र कार्यान्वयनलाई अनिवार्य सर्त बनाइएको छ । विगतमा यस्ता कामलाई गम्भीरतापूर्वक नलिई अन्य कामलाई प्राथमिकता दिनाले संविधान कार्यान्वयनमा आवश्यकताअनुसार प्रतिफल दिन नसकिएको माओवादीको ठहर छ । विगतको कमजोरी सच्याउँदै पार्टीका विभागीय कामलाई समेत प्रभावकारी बनाउन लागिपर्ने माओवादीले उल्लेख गरेको छ । पार्टीका विभाग, जनवर्गीय सङ्गठन, मोर्चा, कानुन व्यवसायी, कर्मचारी र विज्ञसँग निरन्तर रुपमा छलफल गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

अनौपचारिक विज्ञ समूह आवश्यकताका आधारमा निर्माण गरी सुझाव लिने गरी कार्य व्यवस्थापन योजना तय गरिएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, परराष्ट्र, आर्थिक, अध्ययन अनुसन्धान र अनुगमनलगायतका समूह तय गरिनेछ । विज्ञ समूहको गठन गर्दा पार्टीको सम्बन्धित विभागबाट दुई, विषय विज्ञ एक, विषयसँग सम्बन्धित पूर्वमन्त्री तथा विगतमा राजनीतिक नियुक्ति लिएकाहरुबाट दुईजना रहनेछन् ।

नयाँ व्यवस्थाअनुसार पार्टी कार्यालयले नियमित रुपमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई जानकारी गराउनेछ । सबै काम कारबाहीको अनुगमनका लागि एक समिति बनाइनेछ ।

प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न आजै निर्देशन दिएका छन् । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुबात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा उनले भने “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजदेखि भेटघाटको सुरुबात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।” उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताएका थिए ।

प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई पार्टीप्रति थप जिम्मेवार बनाउन, जनतासँग जोडिन र परिणाम निकाल्नका लागि यस खालको व्यवस्था गरिएको माओवादी केन्द्रले जनाएको छ । सरकार र पार्टीको कामलाई साथ साथै लैजान र नतिजा निकाल्नका लागि नयाँ योजना अगाडि सारिएको सो पार्टीले जनाएको छ ।

अघिल्लो समाचार

मौसम पूर्वनुमानः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

अर्को समाचार

चुट्किलाः मलाई थाहा भैसक्यो

सम्बन्धित खबर

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’
मनोरञ्जन

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

१३ कात्तिक २०८३,
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल
आवाज

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल

१३ कात्तिक २०८३,
डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’
मनोरञ्जन

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

१३ कात्तिक २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

१३ कात्तिक २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

१३ कात्तिक २०८३,
पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना
आवाज

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः मलाई थाहा भैसक्यो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

१३ कात्तिक २०८३,
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल

१३ कात्तिक २०८३,
डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

१३ कात्तिक २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

१३ कात्तिक २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

१३ कात्तिक २०८३,
पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन