• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सबल बन्दै स्थानीय तहका महिला प्रतिनिधि

by
२ बैशाख २०८०,
0
सबल बन्दै स्थानीय तहका महिला प्रतिनिधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुनै बेला ‘थपना’ को टिप्पणी गरिने स्थानीय तहका महिला प्रतिनिधिले पछिल्लो समय निर्धक्कसँग आफ्ना कुरा राख्न थालेका छन्।

पदीय दायित्व, अधिकार र कामबारे लगातार जानकारी बढाएर तदनुरुप काम गर्न थालेपछि स्थानीय तहका महिला जनप्रतिनिधि सबल बन्दै गएका हुन्।

महोत्तरी र धनुषाका ११ स्थानीय तहका महिला जनप्रतिनिधिलाई सामाजिक संस्था ‘माण्डवी’ ले निरन्तर काम, कर्तव्य, अधिकार र दायित्वबारे प्रशिक्षित गर्दै आएको छ। माण्डवीको उक्त प्रयासले महिला जनप्रतिनिधिको सबलीकरणमा सहयोग पुगेको छ।

‘भूमिकाको भन्दा पनि कानुनी प्रक्रिया पूरा गर्न ९महिला आरक्षणले० प्रतिनिधिका रूपमा महिला खोजिन्थ्यो। अहिले महिला आफ्नो काम र कर्तव्यमा अब्बल र सक्षम बन्दैछन्’, महोत्तरीको औरही–१ का सामाजिक कार्यकर्ता सरोज यादवले भने ‘अब महिला थपनाका लागि मात्र नभई कामका लागि चुनिन थालेका छन्, उनीहरुले क्षमता विकास गर्दै काम गर्दैछन्।’ विसं २०७४ सालको स्थानीय तह निर्वाचनयता छानिएका महिला प्रतिनिधि माण्डवीको प्रशिक्षण, छलफल र अन्तरक्रियमा सहभागी भएपछि सबल बन्दै गएका यादवको भनाइ थियो।

पछिल्लो समय महिला प्रतिनिधिले आफ्नो कार्यक्षेत्रमा महिला सशक्तिकरणका लागि आवाज उठाउने, स्थानीय नेतृत्वलाई यसबारे सहमत गराउन काममा लागिपरेका देखिन्छन्। ‘मेयरसा’ब, अई ठामक महिलाके राजनीतिक भागिदारी बढ्व परत, अइके लेल हमरासबके योजना बनाब परत’ ९यस ठाउँका महिलाको राजनीतिक प्रतिनिधित्व बढाउन पर्छ, त्यसका लागि हामीले नै योजना बनाउन पर्छ० महोत्तरीको भङ्गाहा नगरपालिका–४ बाट निर्वाचित दलित महिला सदस्य जिलेबियादेवी सादा मुसहरले नगरप्रमुख सञ्जीवकुमार साहको ध्यान आकृष्ट गर्दै महिलासम्बद्ध सचेतनाका योजना बनाउन आग्रह गरे। ‘हमहुँसब ९महिला प्रतिनिधि० अही ठामके लेल कही रहल छी, अई बातमें ध्यान दियौ’ ९हामी महिला प्रतिनिधिले पनि यसै ठाउँका लागि कुरा राखेका हौँ, यी कुरामा ध्यान दिइयोस्० सादाले थपे।

मधेसमा शिक्षा, स्वास्थ्य, सामाजिक काम र आर्थिक अवसर भन्ने थाहै नपाएका, पिछडिएका मुसहर समुदायकी सादामा बढेको आत्मविश्वासले आफुमा पनि अब महिला प्रतिनिधि सबल बन्दैछन् भन्ने विश्वास बढेको नगरप्रमुख साह बताए। जिलेबियामात्र नभई नगरका सबैजसो महिला प्रतिनिधि बिस्तारै निर्धक्क भएर आफ्ना ठाउँका समस्याबारे कुरा राख्नसक्ने भएकाप्रति उनले खुसी व्यक्त गरे। महिला जनप्रतिनिधिलाई जनताका लागि भन्दा पनि कानुनी व्यवस्था पूरा गर्न उभ्याइने गरिएकामा अहिले महिला प्रतिनिधिमा बढेको यो क्षमताले महिला सशक्तिकरणलाई सघाउ पु¥याएको नगरप्रमुख साहको बुझाइ थियो।

महोत्तरीका पाँच र धनुषाका छ स्थानीय तहका महिला प्रतिनिधि ‘माण्डवी’को निरन्तर प्रयासले खारिँदै महिला सशक्तिकरणका लागि आवाज उठाउन सक्ने भएका छन्।

‘हामीले आफ्नो काम, कर्तव्य र अधिकारबारे जानकारी बढाएका छौँ’, धनुषाको मिथिला नगरपालिकाको नगर कार्यपालिका सदस्य अञ्जु श्रेष्ठले भने, ‘माण्डवीले हामीलाई विभिन्न चरणमा कानुनी तथा व्यवहारिक कुरा सिकाएको छ।’ महिला भएकै कारण पछाडि पर्नु नपर्ने, जनताका समस्या सङ्कलन गर्न, समस्याबारे छलफल गर्न ्गराउन, योजना छनौट र बजेट निर्माणमा सहभागी हुने प्रक्रियाका बारेमा बुझ्ने भएका छौँ’, उनले भने।

अवसरका साथै प्रशिक्षण थप बलियो बनाउँछ भन्ने उदाहरण महोत्तरीको बर्दिबास–७ की दलित महिला सदस्य कलीमायाँ विश्वकर्मा रहेका छन्। अति पिछडिएको ९डकर्मी, विश्वकर्मा० समुदायकी विश्वकर्माको अहिले दोस्रो कार्यकाल हो। यसअघि विसं २०७४ को स्थानीय तहमा उहाँ सोही वडाबाट सदस्य पदमा निर्वाचित भएका थिए। त्यसबेला आफ्नो नाम लिएर परिचय दिन उनलाई असहज हुन्थ्यो। अहिले विश्वकर्मा आफ्नो पदीय दायित्व र अधिकारबारे खुलेर स्पष्टसँग बोल्नसक्ने भए।

‘विसं २०७४ को निर्वाचनमा गाउँमा सबैले चुनाव लड भने, लहैलहैमा चुनाव लडेँ र जितेँ पनि,’ पहिलो कार्यकालको अनुभव सुनाउँदै कलीमायाँले भने, ‘प्रमुख, उपप्रमुख र वडाअध्यक्षले जहाँजहाँ सही गर्न भन्नुहुन्थ्यो त्यही गरिन्थ्यो।’ अहिले माण्डवीले नगरसभामा कसरी आफ्ना कुरा राख्ने, महिला हकहित तथा अधिकारका बारेमा प्रशिक्षण दिएपछि महिलाका समस्या तथा सामाजिक आवश्यकताका विषयमा प्रस्ताव लैजाने गरेको उनको भनाइ थियो।

पहिलो कार्यकालको अन्त्यतिर माण्डवीले ‘बुटक्याम्प’ ९लक्षसहित सैनिक चालमा हिँड्ने भाव० तालिम दिएपछि जनताबीच कसरी जाने, फेरि कसरी निर्वाचित हुन्छ र जनपक्षीय कामका मुद्दा कसरी उठाउने भन्ने सिकाएकाले त्यसलाई व्यवहारमा लागू गरेपछि आत्मबल बढ्दै गएको विश्वकर्माको अनुभव छ। माण्डवीले महोत्तरीका बर्दिबास, औरही, भङ्गाहा र जलेश्वर नगरपालिका र पिपरा गाउँपालिका तथा धनुषाका जनकपुरधाम उपमहानगरपालिका र मिथिला, क्षीरेश्वर, धनुषाधाम, गणेशमान चारनाथ नगरपालिका, मुखियापट्टि मुसर्नियाँ गाउँपालिकालाई कार्यक्षेत्र बनाई महिला जनप्रतिनिधि सबलीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पहिलो कार्यकालको उत्तरार्द्धसँगै माण्डवीको प्रशिक्षण र विभिन्न चरणको छलफल तथा अन्तरक्रिया दोस्रो पटक निर्वाचित हुनका लागि ज्ञानसँगै मनोबल बढाएको जलेश्वर–१ की महिला सदस्य मुस्लिम समुदायकी सोगरा खातुनले बताए। ‘हामीलाई काम, कर्तव्य र अधिकारबारे माण्डवीले सिकाएको कुराले जनतामा स्थापित हुन सहयोग ग¥यो, यसले दोस्रो पटक निर्वाचित हुन सघायो’, खातुनले भने। महोत्तरीमा यसपालि पाँच स्थानीय तह ९बर्दिबास, पिपरा, औरही, जलेश्वर र भङ्गाहा० मा २० जना महिला सदस्य दोस्रो कार्यकालका लागि चुनिएका छन्।

‘हामी त पहिले अन्धकारमा रहेछौँ, माण्डवीले आँखा खोलिदियो’ मिथिला–३ की बासिन्दा सीमान्तकृत समुदायबाट नगर कार्यपालिका सदस्य शर्मिला सुनुवारले भने, ‘नजान्नु त अन्धकार रहेछ नि१ जीवनको पहिलो कुरो त जानकारी पो रहेछ, यो माण्डवीले सिकायो।’ अहिले सुनुवारले सशक्त ढङ्गले नगर कार्यपालिकाको बैठकमा आफ्ना कुरा राख्ने हक्की प्रतिनिधिको परिचय बनाउनुभएको मिथिलाका उपप्रमुख सुनितासिंह बुढाथोकीको भनाइ थियो।

महोत्तरीको औरही नगरपालिकाकी कार्यपालिका सदस्य हिराकुमारी महरा अहिले नगरक्षेत्रकै प्रखर वक्ताका रुपमा चिनिन्छन्। औरही–८ की वडासदस्य इन्दुदेवी सादा पनि महिला हक, अधिकारका कुरा गर्न बिना संकोच राख्न सक्ने भएका। ‘सरकार, विकास, कानुन, योजना, अधिकार जस्ता धेरै विषयबारे जानकारी पाइएको छ’, इन्दुले भने, ‘अब मलाई वडाका समस्या नगर कार्यपालिकासम्म पु¥याउन सहज भएको छ।’

माण्डवीले निर्वाचित महिला जनप्रतिनिधिलाई सबल र सशक्त बनाउन ‘शी लिड्स’ कार्यक्रममार्फत प्रशिक्षित गराउँदै आएको छ। महोत्तरीका पाँच स्थानीय तहका एक सय छ महिला सदस्यलाई उक्त कार्यक्रममार्फत चार चरणको तालिम दिइएको संस्थाका तालिम सहजकर्ता पार्वती भट्टराईले जानकारी दिए।

महोत्तरी र धनुषाका महिला जनप्रतिनिधि चार चरणमा समूहकार्य, बैठकको योजना र व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सञ्जालीकरण, सक्रिय सुनवाइ, सञ्चारमाध्यमसँग सहकार्य, विकास, समुदाय परिचालन, व्यक्तिगत विकासका लक्ष्य र कार्ययोजनासहितका विषयमा प्रशिक्षण दिने गरेका छौँ’ , उनले भने। महिला नेतृत्वको परिचय, आत्मविश्वासको अभिवृद्धि, लैङ्गिकता र लैङ्गिक समानतालगायत विषयमा तालिम दिने उनले बताए। तालिमको प्रथम चरणमा परिचयात्मक विषय समेटिएका हुन्छन्।

चार चरणका तालिमअन्तर्गत पहिलो चरणले चुनावमा सहभागी हुन उत्प्रेरित गर्ने, दोस्रोले काम, कर्तव्य र अधिकारबारे जानकारी दिने, तेस्रोमा विधायिकी कार्य प्रणालीबारे जानकारी र चौथोले योजना छनौटका सात चरण, बजेट निर्माणका नौ चरण र योजना कार्यान्वयनबारे छलफल र अन्तरक्रिया गर्ने माण्डवीले जनाएको छ। महिला प्रतिनिधिले चौथो चरणको उक्त अभिमुखीकरण तालिम यसै साता पूरा गरेका छन्।

आइएफएसको प्राविधिक सहयोग र अस्ट्रेलियन एडलगायत संस्थाको आर्थिक सहयोगमा माण्डवीले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीय तहका महिला सदस्यमा आएको सकारात्मक परिवर्तनले थप उत्साह मिलेको माण्डवीका अध्यक्ष अञ्जु झाले बताए।‘माण्डवीको साथले कोरा महिला अहिले सामाजिक सचेतनाका अगुवा बन्दै गरेको देख्दा राजनीतिमा महिला सहगागिता अर्थपूर्ण बन्दै गएको छ’, बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले भने।

तालिम पश्चात् यहाँका महिला प्रतिनिधिमा आत्मविश्वास बढ्नुका साथै अन्तरक्रिया र सैद्धान्तिक छलफलले महिला सशक्तिकरणका पक्षमा थप प्रभावकारी बन्दै गएको यहाँका सामाजिक अभियान्ताको भनाइ छ।

Previous Post

‘प्लास्टिक ल्याउँनुस, सुन लैजानुहोस’ योजनाले जम्मु कश्मीरको गाउँ प्लास्टिकमुक्त

Next Post

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In