• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या

by
३० चैत्र २०७९,
0
स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत – सात वर्षअघि सुरु भएको स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।

भवन डिभिजन जुम्लाबाट क्याराभान कन्स्ट्रक्सन जेभीले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जे स्थित स्वास्थ्य चौकीको भवन निर्माण लागि लिएको ठेक्काको काम अहिलेसम्म पूरा नगरेको हो। पटक पटक ताकेता गरेपनि नसुनेको भवन डिभिजन जुम्लाले जनाएको छ।

‘काम छिटो गर्नुस् भन्दा हुन्छ भन्छन् तर काम पूरा गर्दैनन्’, भवन डिभिजन जुम्लाका प्रमुख प्रदीप सिंहले भने। भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा भारी समस्य आएको भनी गाउँपालिकाबाट पटक ,पटक गुनासो आएको उनले बताए। अब पनि आलटाल गरिरहे कालोसूचीमा राख्ने समेत उनले चेतावनी दिए।

कन्स्ट्रक्सनका चन्द्र थकालीले स्थानीयबासी लावाङ गुरुङलाई स्वास्थ्य संस्था निर्माण गर्न कन्स्ट्रक्सनकाजिम्मा दिएका थिए। भवन आधा बनाइसक्दासम्म थकालीले ५० लाख रुपैयाँ दिएको तर बाँकी ४७ लाख रुपैयाँ अझै नदिएको गुरुङले बताए। एक करोड ९७ लाखको उक्त ठेक्का लिएका थकालीले काम गरेका व्यक्तिलाई समेत पैसा नदिएको पाइएको छ। पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको गुरुङले बताए। अब पनि सम्पर्कमा नआए प्रयोग भएका सामग्री निकाल्ने चेतावनी गुरुङले दिए।

त्यस्तै फोक्सुण्डो गाउँपालिका–५ भिजेरमा रहेको स्वास्थ्य चौकीको भवन समेत क्याराभानले नै ठेक्का लिएर अलपत्र पारेको छ। सात वर्ष अघि लिएको उक्त ठेक्काको काम समेत आधा बनाएर बीचमै छाडेको गाउँपालिकाले जनाएको छ। भवन नहुँदा सेवा प्रवाहको काम भाडाको सामान्य कोठा लिएर सञ्चालन गर्नुपरेको पालिकाले जनाएको छ। संवाददाताले भवन निर्माणको विषयमा निर्माण व्यवसायी चन्द्र थकालीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा फोन काटे।

त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा संघीय सरकारबाट प्राप्त १० शय्याको स्वास्थ्य संस्थाको भवन निर्माणको काम समेत अघि बढ्न सकेको छैन। जग्गा प्राप्तिमा समस्य भएपछि भवन निर्माण अघि बढ्न नसकेको हो। अहिले जग्गाको प्राप्त गर्नका लागि पहल जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए। यहाँ २ वटा स्वास्थ्य संस्था रहेका छन्। करारका स्वास्थ्यकर्मीबाट काम हुँदै आएको छ।

तिन्जेमा भवन नहुँदा भाडाको घरमा काम चालू अवस्थामा रहेको उनले बताए। त्यस्तै धो मा भवन रहेको छ। अन्य चार ठाउँमा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्। सामान्य खालको औषधी बाहेक अन्य केही सेवा पाउन सक्ने अवस्था यहाँ छैन। औषधी लिन नै मुस्किल हुने भएकाले यहाँ प्रभावकारी स्वास्थ्य सेवा प्रवाहको काम हुन नसकेको हो। आम्चीको सहयोगमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ। मंसिरदेखि पालिका छाडेका स्वास्थ्यकर्मी कार्यक्षेत्रमा जान तयार भएका छन्। चिसोको बहाना बनाउदै कर्मथलो छाडेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु पालिकामा पहिला टेक्ने तरखरमा रहेका छन्।

त्यस्तै शे फोक्सुण्डो गाउँपालिकामा ३ वटा स्वास्थ्य चौकी छन्। गाउँपालिकाको वडा नम्वर – ५,६ र ७ को भिजेरमा , १,२,३ र ४ को सालदाङ, ८ र ९ फोक्सुण्डोमा स्वास्थ्य चौकी रहेका छन्। ९ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्। दरबन्दी अनुसारका स्वास्थ्य कर्मी नहुँदा काममा समस्य पर्दै आएको छ। यहाँ पनि आम्चीको भरमा काम हुँदै आएको छ। चिसो छल्न मंसिरदेखि बाहिर गएका कर्मचारी भर्खरै फर्किने क्रम सुरु भएको छ। छार्काताङसुङ गाउँपालिकामा भने संघीय सरकारबाट १० शय्याको स्वास्थ्य संस्था निर्माण गर्न बजेट नै पठाएको छैन।

यहाँ दुई स्वास्थ्य चौकी रहेका छन् भने चारआधारभूत स्वास्थ्य केन्द्र रहेको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए। पर्याप्त स्वास्थ्यकर्मी नहुँदा काम गर्न यहाँ पनि मुस्किल हुँदै आएको छ। आम्चीको भरमा यहाँको स्वास्थ्य चलेको बताएको छ। उपल्लो डोल्पामा ल्यापसेवा देखि सुरक्षित सुत्केरी सेवा समेत नहुँदा जटिल खालको समस्या आउनेबित्तिकै हेलिकोप्टरको सहयोगमा दुनै वा अन्य ठूला अस्पतालमा लिनुपर्ने बाध्यता रहेको छ।

नाम मात्रका स्वास्थ्य संस्था हुँदा सर्वसाधारणले सेवा नपाएका हुन। दुर्गम तथा सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाह गर्न मुस्किल हुँदै आएको छ। छरिएर रहेका बस्तीमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा भारी समय लाग्ने भएकाले स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।

Previous Post

बारा–२ मा यस कारण संकटमा छन् उपेन्द्र यादव

Next Post

डढेलोका कारण वायु प्रदूषण बढ्दो, सम्भव भएसम्म घर बाहिर ननिस्किन सुझाव

सम्बन्धित खबर

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
Load More
Next Post
१४० भन्दा बढी स्थानमा डढेलो लाग्दा ह्वात्तै बढ्यो प्रदूषण, विशेष सावधानी अपनाउन अपिल

डढेलोका कारण वायु प्रदूषण बढ्दो, सम्भव भएसम्म घर बाहिर ननिस्किन सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In