• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किन राखियो स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो ?

by
२४ चैत्र २०७९,
0
किन राखियो स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको छ । यूएसएआईडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसर पारेर शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको मन्त्रालयका सहायक प्रवक्ता डा। समीरमणि अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कृत्रिम फोक्सोमा एउटा आन्तरिक संयन्त्र राखिएको छ । जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिबिम्बित गर्छ । ‘३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुऱ्याउँदछ ।

उक्त कृत्रिम फोक्सोसँगै काठमाडौंको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ,’ सहायक प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत भनेका छन्, ‘साथै यो कार्यक्रमसँग सञ्चालित सचेतना अभियानले नेपाल सरकारले वायु प्रदूषणलाई सम्बोधन गर्नका लागि चालेका कदम र वायु प्रदूषणको असरलाई कम गर्न हरेक व्यक्तिले के गर्न सक्छन् भन्ने बारेमा पनि जनचेतना जगाउनेछ ।’

उनका अनुसार कार्यक्रमसँग सम्बन्धित सन्देश विभिन्न स्थानमा राखिने डिजिटल होर्डिङ बोर्ड, वेबसाइट र सामाजिक सन्जालमार्फत प्रसारण गरिनेछ । ‘यसका अतिरिक्त, उच्चस्तरीय अवलोकन, अनुगमन, निर्णयकर्ताहरूको भ्रमण, सूचना केन्द्रहरूको स्थापना, फोक्सो क्षमता जाँच तथा विद्यालय भ्रमणहरूलगायत थप सचेतनामूलक गतिविधिहरू आयोजना गरिनेछ,’ मन्त्रलयले भनेको छ, ‘यी गतिविधिहरूले वायु प्रदूषणलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति तर्जुमा र कार्यान्वयन प्रक्रियालाई सुदृढ बनाइने लक्ष्य राखिएको छ ।’

धेरै देशहरूले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्यांकअनुसार विश्वका १३१ देशमध्ये धेरै वायुप्रदूषण हुने देशमा नेपाल १६औं स्थानमा छ । नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको थियो ।

दीर्घकालीन फोक्सोको रोग ९सीओपीडी० नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये एक हो र यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हुन्छ । वायु गुणस्तर खस्कँदै गएकाले वायु प्रदूषण कम गर्न चेतना अभिवृद्धि एवं सरोकारवाला निकायहरूसँग समन्वय र वकालत भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रवेशद्वारमा राखिएको कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घरबाहिर ननिस्कनेलगायत कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।

Previous Post

एकैपटक सयौं प्रहरीको सरुवा

Next Post

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छः गगन थापा

सम्बन्धित खबर

तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
Load More
Next Post
‘सम्मुन्नत नेपाल र सम्मानित नेपाली’ योजनासहित गगन मतदाताको बीचमा

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छः गगन थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In