कक्षामा श्रीकृष्ण अलि चञ्चल स्वभावको थियो । एकदमै होहल्ला भइरहेको वेलामा सर पढाउन आउनुभयो । यस्तो हल्ला देखेर भन्नुभयो— कृष्ण, तिमी हल्ला नगरी शान्तिसँग बस त ।
श्रीकृष्णले भन्यो— आज शान्ति आएकी छैन, राधासँग बस्छु हुन्न सर ?
ढिलो भयो
एक दिन दुई जना विद्यार्थीहरु राम र श्याम विद्यालय पुग्न ढिलो भएछन् । उनीहरु विद्यालय पुग्दा शिक्षक उनीहरुको कक्षामा पसिसकेका थिए । अनि शिक्षकले उनीहरुलाई ढोकामा उभ्याएर ढिला आउनुको कारण सोधे— राम, ल भन त तिमी किन ढिला आयौ ?
रामले भन्यो— मेरो पैसा हराएकोले खोज्दा खोज्दै ढिला भयो सर ।
शिक्षकले श्यामलाई सोधे— तिमी किन ढिला नि ?
श्यामले जवाफ दियो— रामको हराएको पैसा मैले कुल्चिएर बसिरहेँ, त्यसैले ढिलो भयो सर ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













