• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रकृतिलाई खुसी बनाउन भूमे पूजा

by
२२ चैत्र २०७९,
0
प्रकृतिलाई खुसी बनाउन भूमे पूजा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भूमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि निरन्तरता दिएका छन् ।

खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भूमे पूजा गर्ने गरेका हुन् । बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भूमे अर्थात् भूमिको पूजा गर्ने चलन रहेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए।

चिमखोलामा भूमे, मन्डली र ताप्केभेरास्थित भुमेथानको पूजा गरिएको छ । चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने विश्वासले जिल्लाको विभिन्न ठाउँबाट आएका भक्तजन आएका थिए ।

‘‘आपत्विपत्मा मण्डली र भुमे देवतलाई गुहार माग्र्छौँ, मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल स्वरुप पूजा गर्ने चलन छ”, अध्यक्ष पाइजाले भने । चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए । तीन सय बढीले पन्च्योल नै चढाएका छन् । भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ । मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवललगायत चढाएरसमेत पूजा गर्छन् ।

मन्डली थानको प्रचार–प्रसार हुन थालेपछि हरेक वर्ष यहाँ पूजा गर्न आउनेको सङ्ख्या बढेको थान संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताए । यहाँ भूमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने चलन छ ।

गाउँसभाबाट भुमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन छ । छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर खाने तथा भूमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गारसमेत एकअर्कालाई दलेर रमाइलो गर्ने चलन छ ।

भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत, भैच मायालेलगायत गीतमा नाचगान गर्दै गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने चलन छ ।

यसैबीच भूमे पूजाको अवसरमा चिमखोलामा विविध सांस्कृतिक एवं खेलकुद मेला सुरु भएको छ । यता रघुगङ्गा–१ बेग र बाँदुक गाउँमा समेत धुमधामका साथ भूमे पूजा गरिएको छ । भुमे पूजामा सरिक हुन सहरदेखि प्रवाससम्म छरिएर बसेका पनि गाउँ फर्कने गर्छन् ।

यहाँ कुखुराको भाले, बोका र राँगोको बलि दिएर भुमे पूजा गर्ने चलन छ । प्रकृृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको महिमा बढ्दै गएको र देश तथा विदेशमा रहेका पनि गाउँ फर्कने गरेको स्थानीय महादेव माविका प्रधानाध्यापक दुतबहादुर गर्वुजाले बताए । भूमे पूजामा मौलिक पुख्र्यौली नाचसँगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्ती उत्सवमय बन्न थालेका छन् ।

मगर समुदायको बाक्लो बसोबास रहेको रघुगङ्गा–४ दग्नाम र दर्मिजामा भने जेठको उजेली मङ्गलबार भूमे पूजा गरिन्छ भने वडा नं ६ पाखापानीमा वैशाखमा गर्ने चलन छ । भूमे पूजाको अवसरमा भुमे थानसँगै खोलाखोल्सा र धुरीमा रहेका अन्य देवी–देवताको समेत पूजा गर्ने चलन छ ।

Previous Post

करोडपति भए पनि ३१ लाख चन्दा उठाएर चुनाव लड्छु भन्ने स्वर्णिमबाट किन धेरै आश राख्नु ?

Next Post

ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना

सम्बन्धित खबर

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
Load More
Next Post
ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना

ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In