• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी सभामुख म्याकार्थीले ताइवानी राष्ट्रपति साईलाई बुधबार भेट्दै

by
२१ चैत्र २०७९,
0
अमेरिकी सभामुख म्याकार्थीले ताइवानी राष्ट्रपति साईलाई बुधबार भेट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लस एञ्जलस । चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्ने भएका छन् ।

ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी नेताले सभामुख म्याकार्थीसँग यहाँबाट ६४ किलोमिटर पर अवस्थित रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गर्ने सभामुखको कार्यालयले पुष्टि गरेको छ । गत साता न्युयोर्क हुँदै ग्वाटेमाला जाने क्रमममा त्यहाँ रहेकी ताइवानी राष्ट्रपतिले त्यहाँस्थित हडसन इन्स्टिच्युटलाई सम्बोधन गरेकी थिइन् । ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी बेइजिङले दिएको छ ।

सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने बेइजिङले बताउँदै आएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उनले सभामुखलाई भेट्नु सामान्य हो भन्दै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेका बताएका थिए । गत वर्ष पूर्वसभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।

सभामुख म्याकार्थीले वासिङ्टन डिसीबाट टाढा लस एञ्जलसमा ताइवानी नेतालाई भेट्न गरेको निर्णयलाई ताइवानको समर्थनलाई जोड दिएको र चीनसँगको तनाव भड्काउनबाट बच्न गरिएको विश्लेषण गरिएको छ । बाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताएकी थिइन् । उनले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बतेय्कि थिइन् ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

राष्ट्रपति साईमाथि चिनियाँ दबाब यस्तो समयमा आएको छ जतिबेला ताइवानले अमेरिकासँगको सम्बन्धलाई अनौपचारिक रूपमा भए पनि सुदृढ गर्ने प्रयास गरेको छ ।

विश्लेषकहरूका अनुसार साईले सन् २०१६ मा राष्ट्रपति पद सम्हालेपछि बेइजिङले ताइपेईमाथि सैन्य, आर्थिक एवम् कूटनीतिक दबाब बढाएको छ ।

ताइवानका समर्थकलाई आफ्नो पक्षमा पारेको छ – यसैसाता होन्डुरसरलाई आफ्नो पक्षमा ल्याएझै ।

सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तरराष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ ।

अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् ।

“विश्वमा एउटा मात्र चीन छ । ताइवान चीनको अविभाज्य भाग हो । हामी अमेरिकी पक्ष र ताइवानका अधिकारीहरूबीच हुने कुनै पनि औपचारिक भेटवार्ता र सम्पर्कको विरोध गर्दछौँ, यस्ता भटवार्ता र बैठकले अमेरिका र चीनबीचको सम्बन्धमा दीर्घकालीन असर पर्नेछ,” साईको निर्धारित बैठकलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । राष्ट्रपति साईका प्रवक्ता जेभियर चाङले “विश्वका प्रजातान्त्रिक मुलुकसँग विचारविमर्श एवम् भेटवार्ता गर्नु ताइवानको अधिकार हो ।

यसमा चीनले हस्तक्षेप गर्नुको कुनै अर्थ छैन” भनेका छन् । गत महिना होन्डुरसले ताइवानसँगको सम्बन्ध तोडेछि ताइपेइसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १३ मा झरेको छ । सोमबार बेलिजको भ्रमणका क्रममा ताइवानी राष्ट्रपतिले आफ्नो पक्षमा निरन्तर सहयोग गरेकामा मध्यअमेरिकी देशप्रति आभार व्यक्त गरिन्। साथै उनले चीनको उच्चारण नगरी तानाशाही शासनबाट आएको विस्तारवादी धम्कीको निन्दा गरिन् ।

Previous Post

तौल घटाएर चर्चामा आएकी भारतीय अभिनेत्री भूमि पेडनेकर (फोटोफिचर)

Next Post

बैतडीका तीन युवती बेपत्ता

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
बैतडीका तीन युवती बेपत्ता

बैतडीका तीन युवती बेपत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In