इस्लामाबाद– पाकिस्तानका विभिन्न शहरमा पीठो वितरण केन्द्रमा भागाभाग हुँदा ११ जनाको मृत्यु भएको छ । मंगलबारमात्र एक महिला र एक पुरुषको मृत्यु हुनुका साथै कैयौँ व्यक्ति घाइते भएका छन्।
जनताले पीठो वितरणलाई लिएर सरकारको चर्को विरोध गरेका छन्। पहिलो भागाभाग शाहीवाल शहरमा भएको थियो। सित्तैमा पीठो लिन ठूलो संख्यामा मानिस आएका र महिला पनि लामो लाइनमा उभिएका वेला उक्त घटना भएको थियो।
द न्यूजका अनुसार समय बित्दै जाँदा भीडको धैर्य गुम्दै गयो। जसले गर्दा भागाभाग भयो र सबैले पीठोको थैलो लिन खोज्दै थिए।
यो भागदौडमा एक महिलाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच शाहीवालका उपायुक्त तथा जिल्ला प्रहरी अधिकारी घटनास्थल पुगेका थिए। पीठो माग्नेलाई प्रहरीले लाठीचार्ज गरेको थियो।













