सुतेका बेलामा सानातिना किरा, कन्सुत्लो आदि कानमा भट्भटाएको आवाज आउने गर्छ । यस्तोमा निम्न बमोजिम गर्नुपर्दछ—
क) महिलाको दूधमा चिनी मिसाएर कानमा राख्ने । किरो माथि आउँछ र सानो चिम्टाले झिक्ने ।
ख) मकैको पातको रस र तोरी वा बदामको तेल मिसाएर तताउने, सहनसक्ने भएपछि कानमा राख्ने ।
ग) गाईको गहुँत वा निमको रस कानमा भरिदिने । किरो उत्रेर माथि आउँछ र ढल्काएर बाहिर निकाल्ने ।
घ) हाइड्रोजन अक्साइड कानमा राख्ने । किरो अलि माथि आएपछि घोप्टो पारिदियो भने औषधिसित किरा बाहिर आउनसक्छ ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













