एक जना युवती स्वीमिङ पुलका आइन् । उनलाई पौडी खेल्न मन लाग्यो, यताउता हेरिन् र फटाफट आफूले लगाएका कपडा खोल्न थालिन् । सबै कपडा खोलेर पोखरीको डिलबाट हाम फाल्न तम्तयार भइन् ।
यत्तिकैमा एकजना मानिस बोल्यो — यस पोखरीमा पौडी खेल्न, नुहाउन मनाही गरिएको छ ।
युवतीः तिमीले मलाई त्यतिबेला किन बताएनौ ? जति बेला मैले आफ्ना कपडा खोल्दै थिएँ ।
मानिसः नुहाउन पो मनाही छ कपडा खोल्न त होइन नि !
लाउन नै पर्थेन
श्रीमतीः रिसाउँदै भन्न थाल्छिन् यदि लोग्ने मानिस नभएको भए हामीले उनीहरुको सर्टको टाँक नै लगाउनु पर्थेन ।
श्रीमान्ः झनै रिसाउँदै यदि आईमाई मानिस नभएको भएमा झन् हामी लोग्ने मानिसले कपडा नै लगाउनु पर्थेन ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट











