• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन

    म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

    म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकको रोजाइमा कास्कीको खुमैडाँडा

by
१३ चैत्र २०७९,
0
पर्यटकको रोजाइमा कास्कीको खुमैडाँडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको संख्या दिन प्रतिदिन बढ्दो छ । पर्यटकको संख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ ।

स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए । यसैबीच कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १६ औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ ।

पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए । ‘केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ’, उनले भने, ‘पाहुना त आउनुभएको छ । तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।’

बैठकले सरीपाखा–खुमै–कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए । ‘खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुपर्‍यो भन्ने निर्णय भएको छ’, उनले भने ।

Previous Post

चिनियाँ निर्माण कम्पनीले युद्ध स्मारक ध्वस्त गरेपछि सर्बियामा आक्रोश

Next Post

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपणः दक्षिण कोरियाली सेना

सम्बन्धित खबर

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

१९ बैशाख २०८३,
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
समाचार

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

१९ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१९ बैशाख २०८३,
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन

१९ बैशाख २०८३,
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
समाचार

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

१९ बैशाख २०८३,
Load More
Next Post
उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपणः दक्षिण कोरियाली सेना

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपणः दक्षिण कोरियाली सेना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In