• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एफएनसीसीआई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्छुः वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ

by
१० चैत्र २०७९,
0
एफएनसीसीआई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्छुः वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन्। कोशी प्रदेशको काँकरभिट्टामा बुधबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ?‘ विषयक कार्यक्रममा आफूले एफएनसीसीआईका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सहयोगी र सेतुको रुपमा काम गर्ने बताएका हुन।

‘मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्नेछु,‘ उनले प्रतिबद्धता जाहेर गरे, ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरेपनि आफूले सक्रियरुपमा उद्योगी व्यवसायीहरुको समस्या समाधानमा काम गर्नेछु।‘ उनले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रियरुपमा सहकार्य गर्ने पनि बताए।

‘हामी आफैंले एसएमसईबाट व्यवसाय शुरु गरेर अहिलेसम्म यहाँ आएको हुँ। त्यसैले व्यवसायका समस्याहरुबारेमा पनि परिचित छु,‘ उनले भने, ‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौं। त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु।‘ कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजि क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए।

‘अहिले राजस्व आम्दानी माइनसमा गयो। जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो। यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो,‘ उनले भने। बैंक तथा वित्तिय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनले स्पष्ट पारे।

‘नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ। सामुहिक सल्लाह समेत गरिएन र निजी क्षेत्रसँग समेत सरसल्लाह भएन्,‘ पूर्व सचिवले ढुंगानाले भने, ‘मौद्रिक नीतिमा समिक्षा भएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन्।‘ सरकारले अर्थतन्त्र सुधार गर्न आशा सिर्जना गर्नुपर्ने नत्र निजी क्षेत्र निराश हुने र थप आर्थिक असर पर्ने उनको भनाई छ। कार्यक्रममा कोशी प्रदेशमा आधारित रहेर पत्रकारीता गर्दै आएका बिराट अनुपमले प्रदेशमा आर्थिक गतिबिधिका लागि उच्चतम संभावना भएको भन्दै बिबिआईएनमा कोशी प्रदेशले नेतृत्व लिनसक्ने औंल्याए।

उनले नेपालको पूर्वी नाकाबाट बंगलादेश, भुटान भारतलगायतका देशहरुसम्म यातायात सहजता भएको हुँदा यसले बजार बिस्तार गर्न सकिने बताए। ‘हामीले कोशी प्रदेशमा ह्याट अर्थात हाईड्रोपावर, एग्रिकल्चर तथा एभिएसन र ट्रेड, टुरिजम तथा ट्रान्जिटको लागि योजना बनाउनुपर्नेछ। यसमा हामीले गर्न सक्ने धेरै काम छ र यसलाई निजी क्षेत्रले लगानी गरेर अगाडि जानुपर्छ,‘ उनले भने। बिराट अनुपमले भुटानी नागरिकहरुलाई पूर्वी नाकाबाट भित्र्याएर लुम्बिनीसम्म पुर्याउने तथा बंगलादेशीलाई हिमाल हेर्न बोलाउन सकिनेसहितका योजनाहरु ल्याउन निजी क्षेत्रसँगसमेत आग्रह गरे।

जिल्ला नगरतर्फको उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले महासंघमा उद्योगीहरुको समस्यामा बोल्ने नेतृत्व चाहिएको भन्दै अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न आव्हान गरे। यसअघि पनि युवा नेतृत्वलाई रोक्ने काम हुँदै आएको छ। तर अब यस पटक समस्या सुन्ने र बोल्ने नेतृत्वका लागि अन्जन श्रेष्ठलाई जिताउनुको विकल्प छैन्,‘ उनले भने। अन्य वक्ताहरुले अर्थतन्त्र पुरै बिग्रिएको नभई लथालिंग भएको र सुधार गर्न सकिने अवस्थामा रहेको बताएका थिए । सरोकारबालाहरुले अर्थतन्त्रमा केहि समस्या भएको तर यसलाई सबै मिलेर सुधार गरर सहि ट्र्याकमा ल्याउन सकिने बताए।

कार्यक्रममा सहभागी भएका विभिन्न जिल्ला तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरुले निजी क्षेत्रका नेतृत्वले नियमितरुपमा यस्ता छलफल गराउनुपर्ने भन्दै यस्तो कार्य नभएको बताए। अर्थतन्त्रलाई सुधार गर्न र व्यवसायीको हकहितमा काम गर्न नेतृत्वले अग्रसर हुनुपर्ने भन्दै सहभागीहरुले सरकारलाई घचघच्याएमा तलका व्यवसायीहरुले पुरै साथ दिने बताए। त्यसैगरी सरकारको नीति अहिले असफल भएको भन्दै अनौपचारिक र ग्रामीण अर्थतन्त्रले मात्र देश चलेको उनीहरुले सुझाब दिए।

Previous Post

हेल्थ टिप्सः कमलपित्त रोगको घरेलु उपचार विधि

Next Post

जापानले बनायो शक्तिशाली पनडुब्बी ‘हाकुगी’

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
जापानले बनायो शक्तिशाली पनडुब्बी ‘हाकुगी’

जापानले बनायो शक्तिशाली पनडुब्बी ‘हाकुगी’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In