राधाः ओहो, रीता छोरो त कस्तो राम्रो रहेछ नि त । कपडा पनि कस्तो राम्रो किनिदिएछिस् । कति दाम हालिस् हँ ?
अनिताः कति हालियो, हालियो ! मलाई भन्दा त मेरा श्रीमानलाई थाहा होला ।
रावणले भनेछ
एकदिन रावणलाई भगवानको अदालतमा लगिएछ । अनि भगवान्हरुले रावणलाई गीतामाथि हात राख्ने भनेछन् ।
तर रावणले नमानीकन भनेछ—
रावणः सीतमाथि हात राख्दा त यति ठूलो समस्या आयो भने मैले गीतामाथि हात राखेँ भने के होला ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













