काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले शान्ति प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै निष्कर्षमा पु¥याउनु पर्नेमा जोड दिएका छन् । शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न नमिल्ने उनले बताएका छन् ।
‘शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न मिल्दैन। यस प्रक्रियालाई भाँड्न खोज्नु सिंगो संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको षड्यन्त्र हो। प्राप्त उपलब्धिको रक्षा गर्न शान्ति प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा मार्फत निष्कर्षमा पुर्याउनुको विकल्प छैन।’सामाजिक सञ्जालमा शर्माले उल्लेख गरेका छन् ।













