• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

by
२३ फाल्गुन २०७९,
0
पानीको भरपर्दो स्रोत खोज्दै टौदह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ । “पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो”, टौ दह संरक्षणमा लागि परेका रामप्रसाद आचार्य भन्नुहुन्छ, “बर्खामा वरपरका जमिनबाट रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ । त्यसकारण यसमा पानीको सतह बर्खामा बढ्ने र हिउँदमा घट्छ ।” हाल पानी भरिएको र आसपासको डिल क्षेत्र झण्डै ९२ रोपनीको छ । तर कुनै बेला पानीले ढाकेका स्थानमात्रै एक सय १२ रोपनी थियो ।

जसको प्रमाण अहिले पनि वरपरका खेतमा भेटिने तालको सीमाका पिलर अझै भेटिने गरेको उहाँको भनाइ छ । बर्खा र हिउँदको यही चक्रबीच बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई अहिले कीर्तिपुर नगरपालिकाको वडा–६ अन्तर्गतपर्ने भू–भागबाट बगेका पानीले भरिदिन्थ्यो । हिउँद र सुख्खायाममा सतह घटदै जान्थ्यो र अर्को वर्षामा फेरि उसै गरी सतह बढने क्रम हुन्थ्यो । करिब दुई दशकयता टौदहमा पानी प्रवाह गर्ने जमिनमाथि कङ्क्रिट रचना थपिँदैछन् । जसले स्वाभाविक रुपमा टौदहमा जमिन रिचार्ज भएर पुग्ने पानीलाई कम गराउँदैछन् । कीर्तिपुुर नगरपालिकाकै धनी वडा मानिने त्यस क्षेत्रमा प्राकृतिक मुहान मानवबस्तीमा खाने पानी पु¥याउनकै लागि ठिक्क बन्दैछन् । अनि नजिकैको खहरे खोला जस्ता स्रोतका पानीमा प्रदूषण बढदै जाँदा टौदहमा हुल्न नमिल्ने बन्दैछन् । “खहरे खोलाबाट पानी ल्याउन पनि मुहान आसपासका उद्योगका दूषित पानी मिसिएका कारण जोखिम छ ।

विगतमा जस्तो वर्षामा परेको पानी सतहको जमिनबाट सोझै दहमा जाओस् भन्न पनि सकिन्न”, आचार्य भन्नुहुन्छ, “घनाहुँदै गरेको बस्तीबीचबाट बग्ने वर्षे पानी प्रदूषित हुने सोझै दहमा पढाउँदा दह आश्रित् माछालगायतका जलचर र चराचुरुङ्गी लगायतका प्राणीलाई असर पुग्नसक्छ ।” कुनै पनि कारणले दहको पर्यावरण खलबलीएमा टौदहको अस्तित्व नै खतरामा पर्ने उहाँको चिन्ता छ । टौदहमा पानीको कुनै स्थायी स्रोत विगतमा थियो कि ? वा अहिले पनि भूमिगत रुपमा त्यस्तो स्रोत छ कि भन्ने अनुमानका आधारमा अध्ययन नभएको होइन । तर कतैबाट त्यस्तो सङ्केत पाइएको छैन । त्यसो भए कहाँबाट पानी आएर टौदह बन्न पुग्यो होला ? किंबदन्ती अनुसार भगवान कृष्णले दहका रुपमा काठमाडौँ उपत्यकाको पानी कटुवाल दह नजिकैको पर्वत काटेर बगाउन थालेपछि त्यहाँ रहेका नाग पनि पानीसँगै बगेर जान थाले । त्यसपछि कृष्णले ती नागहरुलाई आश्रय दिन टौदह सृष्टी गरेका हुन् । त्यसका लागि भीमसेनले एक कोदालो खनेर टौदह बनाएको र त्यसको माटो नजिकैको डाँडामापरिणत भएको कथन त्यहाँ छ ।

भूगोलका शिक्षकसमेत रहनुभएका आचार्य टौदह अहिले केही मिटर पूर्वबाट बग्ने बागमतीले बनाएको एउट अक्स बो लेक (गो खुर ताल) हुनसक्ने बताउनुहुन्छ । नदी बाङ्गो गरी बग्दै जाँदा कुनै स्थानमा गोलाकार बग्ने र पछि त्यो ठाउँ छोडेर सोझै बग्दा पहिले बगेको स्थानमा बाँकी रहेको पानीबाट बनेको ताललाई ‘अक्सबो लेक’ भनिन्छ । यस्तो ताल ‘रिचार्ज’ हुने एक मात्र आधार वर्षे पानी नै हो । त्यही कारण टौदहको क्षेत्रफल पनि सधैँभरी एक नाशको छैन । यसरी पानी घटबढ हुँदाको असर टौदहका माछालाई परिरहन्छ । पानी कम भएको बेला अक्सिजन नपुगेर कैयौँ माछा मरेका छन् । गत वर्षमात्रै टौदह संरक्षण समितिले तीन टन जति मरेका माछा टौदहबाट निकालेर पुरिएको थियो । माछा मार्न प्रतिबन्धित हुनु र बौद्धधर्माबलम्बीले माछाको भुरा अनगिन्ती सङ्ख्यामा ल्याएर छोडिरहँदा दहले नै थाप्न नसक्ने गरी माछा बढेका थिए । एउटै माछा नौ किलोसम्मको फेला परेका आचार्य बताउँनुहुन्छ ।

असिमित रुपमा भुरा छोडिने र टौदह घुम्न आउने आगन्तुकले माछाको आहाराको रुपमा भटमासको मस्यौरा खुवाउन थालेका कारण माछाको सङ्ख्या बढेको आधारमा समितिले अहिले भुरा छोड्न र मटमासको मस्यौरा बेच्न पनि बन्देज लगाएको छ । त्यति गर्दा मात्रै पनि दहको संरक्षण नहुने सरोकारवाला पर्यावरणविद् जैलव राईको भनाइ छ । टौदहलाई पुरानै तरिकाबाट रिचार्ज गर्ने अवस्था सिर्जना गर्न नसके पनि जैविकविविधता संरक्षण हुने गरी कदम चाल्नुपर्ने उहाँको सुझाव छ । कीर्तिपुर नगरपालिका-६ का अध्यक्ष पृथ्वीमानसिंह बस्नेत अघिल्ला वर्षमा जस्तो टौदहले ठूलो दुःख नदिएकाले यस वर्षको सुुख्खामा पानीको कमी नहुने उहाँ बताउनुहुन्छ ।

Previous Post

कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहने छ ?

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहने छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In