• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

metakhabar by metakhabar
१७ बैशाख २०८३,
0
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् ।

यो व्यवसाय गरेर आत्मनिर्भर बन्नेहरूमध्ये हुनुहुन्छ, मलेसिया र साउदी अरब गरेर चार वर्ष बिताएर स्वदेश फर्किनु भएका सर्लाही ईश्वरपुर–१ का महम्मद अफजल । उहाँ हाल महोत्तरीको बर्दिबास चोकमा उखु पेलेर जुस बेच्ने गर्नुहुन्छ ।

अफजल भन्नुहुन्छ, “चार वर्ष विदेशमा गएर पसिना बगाइयो । अबचाहिँ ढुक्कले यहीँ काम गर्ने निधो गरेको छु । पछिल्ला तीन वर्षदेखि रिक्सा चलाउँदै जुस बेच्दै यसैबाट परिवारमा शिक्षादिक्षा र लालनपालन सहज बनेको छ ।”

उहाँको परिवारमा चार छोरी, पत्नी गरी छ जना छन् । परिवारको भविष्यका लागि विदेशीन बाध्य अफजलले त्यहाँ गएर पनि सोचेजस्तो भएन । त्यसैले स्वदेशमै फर्किएर काम गर्न थालेको उहाँको भनाइ छ । “विदेश जाँदा लागेको ऋणले थिचिएको थिएँ, अहिले यहीको कमाइले सबै तिरिसकेँ”, उहाँ भन्नुहुन्छ, “राम्रो सीप भएका दक्ष व्यक्तिलाई उता राम्रो होला, तर हामीजस्ता श्रम गरेर बाँच्नेलाई आफ्नै देशमा कुनै व्यवसाय गर्नु नै उपयुक्त हुने रहेछ । आफ्नै देशमा रोजाइको काम गर्दा कसैको हेपाइ पनि सहनु पर्दैन ।”

धनुषाको मिथिला–१ का जगदीश साह पनि उखुको जुसको व्यापारबाट सन्तुष्ट हुनुहुन्छ । “अब विदेश जाने सोच नै छैन, धेरै दुःख भोगियो”, उहाँ भन्नुहुन्छ, “दुई वर्षदेखि यो काम गर्न थालेपछि सानो–ठूलो खर्चका लागि कसैसँग हात थाप्नुपरेको छैन । परिवारसँगै बसेर काम गर्न पाउँदा विदेशको पीडा बिस्तारै बिर्सिंदै गएको छु ।”

मध्य वैशाखसँगै यहाँ गर्मी पनि बढ्दैछ । गर्मीसँगै यहाँ जुसको व्यापार पनि फस्टाउँदै छ । बर्दिबास चोकमै जुस बेचिरहनुभएका गौशाला–५ का मोहम्मद नासिरका अनुसार दिनभरि जुस बेच्दा रु तीन हजारभन्दा बढीको व्यापार हुन्छ, जसबाट करिब रु दुई हजार बचत हुने गरेको छ ।

उखुको जुसको व्यापार वर्षभरि चल्ने भए पनि गर्मीयाममा यसको माग अत्यधिक बढ्ने व्यापारीहरू बताउँछन् । “गर्मीमा उखुसँगै तुलसी र पुदिनाको पात मिसाएर जुस बनाउँछौँ, बरफ हालेर चिसो बनाउँदा ग्राहकले निकै मन पराउँछन्”, नासिर भन्नुहुन्छ ।

गौशाला–५ का व्यापारी मोहम्मद साबिर बढ्दो तापक्रमसँगै जुसको माग पनि बढ्ने गरेको बताउनुहुन्छ । “जति गर्मी बढ्छ, जुस त्यति नै बढी बिक्छ । बेलाकै व्यापार हो, ग्राहकलाई जुस दिन भ्याइनभ्याइ हुन्छ ।”

महोत्तरीको बर्दिबास क्षेत्रमा मात्रै हाल करिब ३०–३५ जना यस व्यवसायमा संलग्न छन् । जलेश्वर, रामगोपालपुर, पिपरा, मटिहानी, सीतापुर बजार, औरही, गौशाला, सम्सी र लोहारपट्टीलगायत बजार क्षेत्रमा पनि उखुको जुसको व्यापार बढ्दो छ । यस व्यवसायमा संलग्नमध्ये धेरैजसो विदेशबाट फर्किएकाहरू छन् ।

“विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु राम्रो हो”, अफजल भन्नुहुन्छ, “त्यहाँ धेरैले भनेको काम नपाएर दुःख पाइरहेका देख्दा मन दुख्छ ।”

धेरैजसो युवाहरू आफ्नो नजिकको ठाउँभन्दा छिमेकी बजारमा व्यापार गर्न जाने गरेका छन् । सर्लाहीका विवेक कुशवाहा भन्नुहुन्छ्, “आफ्नै ठाउँमा भन्दा अलि पर खुलेर काम गर्न पाइन्छ, त्यसैले बर्दिबास रोजेको हुँ । यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ । अन्य साथीलाई पनि यसमा लाग्न प्रेरित गरिरहेको छु ।”

करिब रु दुई लाख रुपैयाँ लगानीमा ठेला र मोटर जडान गरेर यो व्यवसाय सुरु गर्न सकिने व्यापारीहरूको अनुभव छ । उखु उधारोमा किनेर जुस बिक्रीबाट रकम तिर्न सकिने हुँदा पनि यो पेसा सहज बनेको छ । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती प्रशस्त भएकाले कच्चा पदार्थको अभाव छैन ।

स्वास्थ्यकर्मीका अनुसार उखुको रस ऊर्जादायी र स्वास्थ्यका लागि लाभदायक पेय हो । कुनै कृत्रिम पदार्थ मिसाउन नपर्ने भएकाले गर्मीयाममा यसको माग बढ्ने गरेको वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको भनाइ छ ।

व्यापार राम्रो भए पनि सडकमा डुल्दै व्यापार गर्दा नगरपालिकाका कर्मचारीबाट अवरोध हुने गुनासो गरेका छन् । “हामी सडक छेकेर बस्दैनौँ, डुल्दै व्यापार गर्छौँ, तर पनि रोक्ने र दुःख दिने गरिन्छ”, व्यापारीले भन्ने गरेका छन् ।

यस विषयमा बर्दिबास नगरपालिकाले भने व्यापार रोक्ने वा दुव्र्यवहार गर्ने जस्ता घटना नभएको स्पष्ट पारेको छ । “महेन्द्र राजमार्ग विस्तारको काम भइरहेकाले अव्यवस्थित पार्किङ रोक्न सूचना जारी गरेका हौँ, त्यसबाहेक नियमानुसार काम गर्ने स्वरोजगारमूलक काम गर्ने व्यवसायीलाई समस्यामा पार्ने कुनै नीति छैन” प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले बताउनुभयो ।

Previous Post

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

Next Post

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In