• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

छ लेन सडकले फेरियो धनगढीको मुहार

by
२० फाल्गुन २०७९,
0
छ लेन सडकले फेरियो धनगढीको मुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ। धनगढीलाई जोड्ने छ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो। धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो। छ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ। धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको छ लेन राति पनि झलमल्ल हुने गरेको छ।

छ लेन सडकमा पहिलो चरणमा छ दशमलव छ किलोमिटरमा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा बत्ती जडान गरिएको हो। उपमहानगरपालिका इन्जिनीयर दिजराज भट्टका अनुसार सडकबत्ती जडानका लागि रु दुई करोड ६९ लाख ५८ हजार चार सय १० खर्च भएको छ।

उपमहानगरको रु एक करोड ६१ लाख ७५ हजार ४६ र नेपाल विद्युत् प्राधिकरणको एक करोड सात लाख ८३ हजार तीन सय ६४ लगानीमा बत्ती जडान भएको हो।

छोटो समयमा धनगढीको बत्ती जडान भएको नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका प्रमुख श्रीराम पोखरेलले बताए। धनगढीमा नगरप्रमुखको सक्रियताले बत्ती बलेको छु, उनले भने, ‘नमूनाका रूपमा काम भएको छ। अन्य ठाउँका लागि पनि सिकाइ हुनसक्छ।

उनले सम्झौता भएको छदेखि सात महिनामा बत्ती बाल्न सकिएको बताए। उज्यालो बढी, महसुल पनि कम आउँछु उनले भने, ुरात कम बेलुका एकदम चम्किलो र लुक्स पनि राम्रो हुन्छ, त्यसले गर्दा विभागले स्मार्ट फिचर राखेको हो।

धनगढीमा पहिलो चरणको सडक बत्ती जडानको काम पूरा भएको हो। धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडकबत्ती जडानको काम पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताए।

धनगढी प्रदेशको राजधानी हो। यहाँ प्रवेश गर्ने बित्तिकै नागरिकलाई केही नयाँपनको अनुभूति होस् भन्ने हेतुले छ लेन सडकमा सुरुआत भएको छु उनले भने, उपमहानरगरको १९ वटै वडालाई उज्यालो बनाउनुछ। उनले सडकमा बत्तीमात्र नभई ‘ग्रिनबिल्ड’ समेत बनाउने उद्देश्य रहेको बताए।

उपमहानगरभित्रको क्षेत्रमा रातको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दूरीमा स्मार्ट सडकबत्ती जडान गरिएको नगरप्रमुख हमालले जानकारी दिए।

सडकमा पहिलो चरणमा दुई सय १६ पोलमा चार सय ३२ वटा लाइट जडान गरिएको छ। स्मार्ट सडकबत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ।

दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गर्ने भएको छ। दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान गर्ने लक्ष्य रहेको छ।

छ लेन सकडलाई हरियाली बनाउने उद्देश्यका साथ बोटबिरुवा तथा फूलहरूको रोपण कार्यलाई पनि तीव्र पारिएको छ। सडक निर्माणका साथै सडक बत्तीले शहरको सौन्र्दय थपिएको धनगढी–३ का जयराज भट्टले बताए।

ुधनगढी ठूलो सिटी भइसक्योु उनले भने, ुसडक पूर्वाधार निर्माण हुँदैछन्। तर, नागरिकहरू भने अझै जागरुक भएका छैनन्।ु केही महिना अगाडि धनगढीका सडकमा यत्रतत्र देखिने फोहरसमेत अहिले देखिन छाडेको उनले बताए।

धनगढीको छ लेन सडक केही फिनिसिङबाहेक काम सम्पन्न भएको छ। यस सडकअन्तर्गत पर्ने सुनिखोला पुल, मनहरा खोला र मोहनामा पुल निर्माण कार्य जारी छ।

सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य अत्तरिया–धनगढी सडकखण्डमा दैनिक सानाठूला चार हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ।

छ लेन सडक निर्माणाधीन हुँदा धनगढी उपमहानगरपालिका क्षेत्रमा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत १० किमी सडकको निर्माण एवं स्तरोन्नति गर्ने काम भइरहेको छ।

धनगढी उपमहानगरपालिकाको मुख्य सडक ट्राफिक चोकदेखि कैलाली खोलासम्म, शहीद गेटदेखि क्याम्पस रोडसम्म, गुल्मदेखि चर्च पुग्ने सडक र मालपोत सडकसमेत गरी झण्डै १० किलोमिटरको सडक स्तरोन्नति भइरहेको हो।

कालिका कन्स्ट्रक्सनसँग धनगढीका सात वटा सडक कालोपत्रका लागि सन २०२० जुलाई १२ मा सम्झौता गरिएको थियो। सम्झौताको समयावधि आगामी जेठसम्मका लागि थप गरिएको छ।

क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण थालिएका सात वटा सडकको भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि छ। चार महिनाको अवधिमा सडक निमार्णको सबै काम सक्ने दाबी निर्माण कम्पनीको छ।

कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले जेठभित्र धनगढीका सडक निर्माणको काम सक्ने बताए। उनले भने, ुधनगढीको मुख्य सडकको काम पनि सुरु भएको छ। जेठसम्म समय छ। जेठभित्र सबै काम सकेर हामी फर्किन्छौँ। जेठसम्म मज्जाले काम सक्छौँ।ु

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव सात किलोमिटरको गुल्म–चर्च सडक, सात सय मिटर लम्बाइको हुलाकी सडक–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, आठ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, चार सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो।

डेढ लाखभन्दा बढी जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकाका अधिकांश ग्रामीण वडामा समेत सडक निर्माण कार्य तीव्र पारिएको छ। धनगढीको क्याम्पस चोकदेखि फूलबारीसम्म समेत चार लेनको सडक निर्माण कार्य तीव्र छ।

यस सडकमा समेत स्ट्रिट सडकबत्ती जडान गर्ने उपमहानगरपालिकाको योजना रहेको छ। धनगढीको मुख्य सडक कैलाली नाला देखि क्याम्पस चोक सम्म पनि स्तरोन्नति गर्ने भन्दै सडकको क्षेत्राधिकार खाली गरिएको छ। यो सडकको अहिले ठेक्का प्रक्रियामा रहेको छ। कैलाश जोशी

Previous Post

आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैनः थापा

Next Post

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In