कुनै गाउँमा एउटा केटो बस्थ्यो । ऊ एउटा निर्धन परिवारको केटा थियो । यसैले ऊसँग राम्रो लुगा, स्कुलको फिस तिर्नको लागि पैसा र बस्नको लागि राम्रो घर थिएन । यस्तोमा उसले ठीकसँगले शिक्षा प्राप्त गर्न सकिरहेको थिएन, जसले गर्दा ऊ उदास रहन थाल्यो ।
एक दिन ऊ सडकको किनारमा उदास भएर सोचिरहेको थियो, अचानक एउटा मानिस धेरै सामान टाउकोमा राखेर हिँड्यो, तर ऊ ठोक्किएर लड्यो । यो देखेर त्यो केटा उनको छेउमा गएर उनलाई सहारा दिन थाल्यो । फेरि त्यो उनको छेउमा गएर उनलाई सहारा दिन थाल्यो । फेरि त्यो मानिसको आग्रहमा त्यो केटाले केही सामान बोकेर रेलवे स्टेशनसम्म पु-याइदियो ।
केटाको यो सहयोगको लागि त्यो व्यक्तिले उसलाई पुरस्कारको रुपमा केही पैसा दिए । त्यो पैसाले उसले किता किन्यो । फेरि उनी सधैँ स्टेशन आउन जान थाले र यसरी मानिसको सहायता गरेर पैसा कमाउन थाले । यसरी उनले कडा मेहनत गरेर पढाइ पूरा गरे । यही केटा एकदिन अमेरिकाको राष्ट्रपति बने, जसको नाम थियो— अब्राहम लिङ्कन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













