• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूजाको सामान बिक्री गरेर मासिक ७० हजारसम्म आम्दानी

by
२ फाल्गुन २०७९,
0
पूजाको सामान बिक्री गरेर मासिक ७० हजारसम्म आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिँदै गएपछि छिमेकीले सल्लाह दिए, ‘खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।’

कमजोर शारीरिक अवस्था भएकी उनलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उनी श्रीमानसँगै यही ठाउँमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु गरिन् । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उनले सन्तोष व्यक्त गरेकी छन् ।

‘गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौं आइराख्नुपर्ने मलाई यो काम पाएपछि यसै बस्ने बहाना भने आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ’, उनले भनिन् ।

मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजा सामग्री पसल यति बेला आफूले सम्हालेको उनको भनाइ छ । ‘लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु’, उनले भने ।

मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधन पूजा गर्न आउनेको बढी भिड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भिड लाग्ने गरेको उनको अनुभव छ । ‘बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको दुई लाख रुपैयाँ सम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास हुँदैन’, उनले भने, ‘शनिबार बढी भिड लाग्छ, औसतमा मासिक ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’

यहाँ बिक्रीका लागि राखिने पूजा सामग्री धेरैजसो भारतबाट आयात हुन्छ । पूजा गर्न आउनेले फूल तथा माला आफैँ पनि ल्याउने गरेको महतराको भनाइ छ ।

महतरा जस्तै पूजा सामग्री बिक्री गर्दै आएकी सिन्धुपाल्चोककी रेनु अधिकारीले यसबाट हुने आम्दानीले सानिमाकि छोरी र बहिनीको खर्च पूरा गरेकी छन् । उनले पनि आमाको कामलाई निरन्तरता दिएको सुनाइन् । ‘पूजा सामग्री बिक्रीबाट मासिक करिब ७० हजार रुपैयाँ आम्दानी भइरहेको छ’, उनले भनिन्, ‘कमाइ राम्रो भएरै दुई जनाको बसाइ र पढाइ खर्च धान्न पुगेको छ ।’ उनी विवाह, गाडी, बाइक पूजा, भाकल र सामान्य पूजाका लागि छुट्टाछुट्टै पूजा सामग्री तयार गर्छिन् ।

मन्दिरमा भेटिएकी दोलखाकी सरिता श्रेष्ठले पनि आमाले छाडेको पूजा सामग्री पसल चलाएकी छन् । विगत २५ वर्षदेखि पूजा सामग्री बेच्दै आएकी उनी हाल बबरमहल बस्छन् । ‘श्रीमान् ज्यालादारी मजदुर हुनुहुन्छ, मेरो कमाइले छोराछोरीको पढाइ खर्चलगायतका खर्च पुग्छ’, उनले भनिन् । उनका अनुसार राम्रो कमाइ हुने दिन तीन हजार रुपैयाँसम्म बचत हुन्छ भने कुनै दिन सातरआठ सय रुपैयाँमै चित्त बुझाउनुपर्छ ।

पछिल्लो ३५ वर्षदेखि मन्दिर परिसरमै पूजा सामग्री बेच्दै आएका मदन बुढा पनि यसबाट हुने आम्दानीले सन्तुष्ट छन् । उनलाई सहयोग गर्न भाइ भरत बुढा पनि सँगै छन् ।

मन्दिर व्यवस्थापन समितिले तोके अनुसारका मानिसले मात्र मन्दिरमा पूजा सामग्री बिक्री वितरण गर्ने गरेकोमा छ महिना अघि सडक छेउमा सामान बिक्रीमा महानगरपालिकाले रोक लगाएपछि उनीहरू मन्दिर छेउमा बस्न सुरु गरेका हुन् । पहिलाको तुलनामा अहिलेको ठाउँ साँघुरो रहेकाले व्यापारमा असहजता भएको उनीहरूको गुनासो छ ।

Previous Post

एनसेलको सहकार्यमा आयोजित शिक़्वल फाउन्डेसनको ‘ह्याकिंग फर ह्युम्यानिटी’ह्याकाथन सफलताकासाथ सम्पन्न, टिम कोड क्राफ्टर्सले जित्यो प्रथम पुरस्कार

Next Post

टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको सहयोग

सम्बन्धित खबर

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

३१ साउन २०८३,
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
फिचर-ब्यानर

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

३१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ साउन २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
Load More
Next Post
टर्की र सिरियामा अर्को प्रकोपको चेतावनी

टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In