• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ५ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीपीडितलाई नगद राहत

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

    हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

    हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

    धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

    मिथिला क्षेत्र आज उत्सवमय

    पाल्पाको सत्यवती मेला आजदेखि सुरु

    पाल्पाको सत्यवती मेला आजदेखि सुरु

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीपीडितलाई नगद राहत

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

    हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

    हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

    धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

    मिथिला क्षेत्र आज उत्सवमय

    पाल्पाको सत्यवती मेला आजदेखि सुरु

    पाल्पाको सत्यवती मेला आजदेखि सुरु

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
४ मंसिर २०८३,
0
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, ४ मङ्सिरः पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।

उहाँहरुले नेपाल–भारतबीच लामो समयदेखिको जनस्तरको सम्बन्ध र आपसी विश्वासलाई अभिवृद्धि गर्दै दुई देशको हित हुने खालका सम्झौता गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते भारतको दुई दिने औपचारिक भ्रमणमा त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लाग्नुभएको हो ।

यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको मुख्य चासो र चिन्ता व्यापार घाटा भएकाले भ्रमणका क्रममा यसलाई प्राथमिकताका साथ उठान गर्न आवश्यक भएको बताउनुभयो । भ्रमणका क्रममा भारतसँगको व्यापारघाटा कम गर्ने उपायलाई प्राथमिकतामा राख्दै नेपालबाट हुनसक्ने सेवा तथा वस्तुको निर्यातमा सहजीकरणका सन्दर्भमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यसैगरी, सीमासँग सम्बन्धित विषय र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विषय पनि प्राथमिकताका साथ उठान गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

“नेपाल र भारतको सम्बन्ध विविधतामा आधारित छ, यो सम्बन्धलाई दीर्घकालीन विश्वासको सम्बन्धमा विकसित गराउनुपर्छ त्यसमा पनि विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “भ्रमणलाई फलदायी बनाउन दुवै देशका चासो र चिन्तालाई सम्बोधन हुने गरी कार्यक्रमहरु अगाडि बढाउनुपर्छ ।” उहाँले भारतको पनि चासोलाई मध्यनगर गर्दै हाम्रो संवेदनशीलता र राष्ट्रिय हित अनुकूल हुने गरी आफ्ना विषय भारतसामु राख्न आवश्यक भएको बताउनुहुन्छ ।

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको विश्वासलाई बलियो बनाउने कुरामा केन्द्रित हुनुपर्ने बताउनुहुन्छ । “छिमेकीका जायज सरोकारहरू सुन्नुपर्छ र विश्वासको वातावरण निर्माण गर्नुपर्छ । त्यसैले यो भ्रमण मुख्य रूपमा विश्वास अभिवृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार नेपालका लागि थप हवाई रुटको विषय पनि महत्वपूर्ण छ । नयाँ हवाई रुट उपलब्ध गराउने सन्दर्भमा सन् २०१८ मै भारत भ्रमणका क्रममा समझदारी भएको समेत उहाँले उल्लेख गर्नुभयो । त्यसबाहेक जलविद्युत् आयोजनाहरूको कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ ।

“नेपाल र भारत मिलेर आगामी दिनमा आर्थिक विकास तथा आर्थिक साझेदारीका क्षेत्रमा के–कस्ता काम गर्न सक्छौँ, कस्तो मूल्य शृङ्खला निर्माण गर्न सक्छौँ र कुन–कुन आयोजना अगाडि बढाउन सक्छौँ भन्ने विषयमा पनि खुलस्त छलफल हुनुपर्छ । त्यसो हुन सके मात्रै यो भ्रमणले वास्तविक अर्थ राख्छ”, उहाँले भन्नुभयो ।

यसैगरी, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विगतमा सरकारले अगाडि बढाउन खोजेका अधुरा कामलाई पूरा गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुहुन्छ । उहाँका अनुसार आजका लागि महत्वपूर्ण विषय हवाईमार्गको हो । नेपालले थप हवाईमार्ग प्राप्त गर्न सकेको खण्डमा दुवै देशलाई फाइदा पुग्ने उहाँको विश्वास छ । “दुवै देशबीच थप हवाईमार्गमा सहमति भयो भने यसले क्षेत्रीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग गर्छ, दुवै देशका नागरिकको आवतजावत बढ्छ, व्यापार विस्तार हुन्छ र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार नेपालले उठाएका माग र प्रस्तावमध्ये कुन–कुन विषय सम्भव छन् भन्नेबारे पनि आपसी समझदारी आवश्यक छ । साथै सबै पक्षलाई राम्रोसँग बुझेर सहकार्य गर्न सके दुवै देश लाभान्वित हुने उहाँको भनाइ छ ।

पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई परस्पर विश्वास अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । दुई देशको सम्बन्धमा अलि तिक्तताजस्तो देखिएको थियो, त्यसलाई आपसी समझदारीसहित विश्वासमा बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “भ्रमणलाई फलदायी बनाउन दुवै देशको हितमा हुने गरी लगानी, विकास र व्यापारलाई प्राथमिकतका दिनुपर्छ, यी तीन वटा क्षेत्रमा ध्यान दिन सकियो भने समृद्धिको दिशातर्फ अगाडि बढ्न सकिन्छ । यसका लागि पहिले परस्पर विश्वास र मित्रता आवश्यक छ ।”

उहाँका अनुसार नेपाल–भारतबीचमा रहेका पारवहनका समस्या, हवाईमार्ग र सीमामा देखिएका विवादलाई समाधान गर्न पनि आवश्यक छ । त्यसबाहेक सुरक्षाका विषयमा एक अर्कालाई बुझाउने र आश्वस्त पार्ने वातावरण निर्माण बनाउन जरुरी भएको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी दुई देशबीचको सीमामा नागरिकले भोग्नु परेको समस्या समाधानमा पनि ध्यान दिन आवश्यक रहेको पूर्वपरराष्ट्रमन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारत भ्रमणका क्रममा नेपालमा जलस्रोतको विकास, बिजुलीको व्यापार पनि महत्वपूर्ण विषय हो, बङ्गलादेशमा विद्युत् निर्यातका लागि पनि भारतको साथ हामीलाई आवश्यक हुन्छ, त्यसमा पनि होसियारीका साथ अगाडि बढ्नुपर्ने आवश्यक छ ।”

पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेल प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा राजनीतिक र जनताका दैनिकीसँग जोडिएका दुई वटा विषयलाई छुट्टाछुट्टै रुपमा हेरिनुपर्ने बताउनुहुन्छ ।

“म भ्रमणको विषयलाई मुख्यतः दुई खेमामा विभाजन गर्छु । पहिलो, राजनीतिक प्रकृतिका विषय हुन्, जसमा धेरै गृहकार्य आवश्यक छ । त्यसका लागि सम्बन्धित समिति र निकायसँग आवश्यक तयारी गर्नुपर्छ । यस्ता विषयमा नेपालको धारणा स्पष्ट रूपमा राख्दै समाधानका लागि पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “दोस्रो, जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय हुन् । यसमा व्यापार घाटाको विषय पनि पर्छ । बेला–बेलामा निर्यात रोकिदिने र त्यसले नेपालमा अभाव सिर्जना गर्ने अवस्था पनि देखिएको छ ।”

उहाँका अनुसार हवाई मार्गको विषय पनि त्यत्तिकै महत्त्वपूर्ण छ । त्यसबाहेक विद्युत् व्यापार, ठूला भौतिक पूर्वाधारका आयोजनालाई प्राथमिकताका साथ उठान गरिनुपर्ने उहाँको भनाइ छ ।

अघिल्लो समाचार

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

अर्को समाचार

भोटेकोशी बाढीपीडितलाई नगद राहत

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
आर्थिक

भोटेकोशी बाढीपीडितलाई नगद राहत

४ मंसिर २०८३,
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
आवाज

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

४ मंसिर २०८३,
धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम
आवाज

मिथिला क्षेत्र आज उत्सवमय

४ मंसिर २०८३,
पाल्पाको सत्यवती मेला आजदेखि सुरु
आवाज

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

४ मंसिर २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

४ मंसिर २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

आज सुन प्रतितोला रु १२ हजार २०० ले ?

४ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

भोटेकोशी बाढीपीडितलाई नगद राहत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

भोटेकोशी बाढीपीडितलाई नगद राहत

४ मंसिर २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

४ मंसिर २०८३,
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

४ मंसिर २०८३,
धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

मिथिला क्षेत्र आज उत्सवमय

४ मंसिर २०८३,
पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

४ मंसिर २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

४ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन