• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ४ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

    पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

    पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

    ‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

    ‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

    आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
४ मंसिर २०८३,
0
प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ ।

पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ ।

पोखरा साहसिक पर्यटनको विश्वप्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।

पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको लामो समय बितिसक्दा पनि दक्ष पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण स्कुलको थिएन । प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले रु एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गरेका हुन् । प्रशिक्षण केन्द्रका लागि अझै काम बाँकी रहेकाले लगानी अझै बढ्ने बताइन्छ ।

स्कुलका सञ्चालक विजय गौतमका अनुसार रिभानस्थित मैँचेडाँडाबाट उडान भरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त स्थान मानिएको छ ।

यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासँगै माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ, अस्तामलगायतका पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । “हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले रिभानलाई प्याराग्लाइडिङ स्कुलका लागि छनोट गरेका हौँ । लामो प्रक्रियापछि यो सम्भव भएको हो । यसबाट विशेषगरी दक्ष पाइलट उत्पादनमा सहयोग पुग्नेछ भने आगामी दिनमा व्यावसायिक उडानको समेत ढोका खुल्नेछ”, सञ्चालक गौतमले भने ।

स्कुलले प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको गौतमले जानकारी दिए ।

हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । ४०० जनाले पाइलटको लाइसेन्स लिएकामा २५० जना विभिन्न कम्पनीमा कार्यरत रहेको नेपाल हवाई खेलकुद संस्था ९ना०का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताए। पोखराको प्याराग्लाइडिङ हाल सराङकोबाट सञ्चालन हुँदै आएको छ ।

प्याराग्लाइडिङका लागि अन्तरराष्ट्रियस्तरमा परिचित पोखरामा पाइलट उत्पादन गर्ने प्रशिक्षण स्कुल स्थापना हुनु यस क्षेत्रको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको भण्डारीको भनाइ छ ।

“प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन बर्सेनि दक्ष पाइलट उत्पादन हुनु आवश्यक छ । पोखरामा यसअघि प्रशिक्षण केन्द्र थिएनन् । यहीँ स्कुल स्थापना भएपछि यस क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनमा विशेष सहयोग पुग्नेछ भने विदेशी पर्यटकसमेत यहाँ आएर प्रशिक्षण लिन सक्नेछन्”, भण्डारीले भने ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखराको सराङकोटपछि रिभान पनि प्याराग्लाइडिङको अर्को आकर्षक गन्तव्यका रूपमा विकास हुनसक्ने बताए । प्याराग्लाइडिङले पोखराको पर्यटन र समृद्धिमा पुर्‍याएको योगदान माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार हुने उनको विश्वास छ ।

“प्रदेश सरकारले यहाँ पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेको छ । प्याराग्लाइडिङको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा आगामी दिनमा पनि सहयोग गर्नेछौँ”, उनले भने ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। विगतमा पदयात्रा मार्गका रूपमा परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासमा गाउँपालिकाले ध्यान दिने बताए।

माछापुच्छ्रे गाउँपालिका–५ का वडाध्यक्ष नारायण पौडेलले रिभानको प्याराग्लाइडिङस्थलमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताए। वडाको पहलमा प्रदेश सरकारको सहयोगमा सहिद पार्क निर्माण गरिएको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता औँल्याए ।

“प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन, नयाँ उडानस्थलको विकास र ग्रामीण पर्यटन विस्तारका दृष्टिले रिभानमा खुलेको स्कुल महत्त्वपूर्ण छ । यसबाट समग्र माछापुच्छ्रे गाउँपालिकाले लाभ लिन सक्छ”, वडाध्यक्ष पौडेलले भने ।

माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले गाउँपालिका पदयात्रा पर्यटनसँगै साहसिक पर्यटनमा समेत सम्भावना बोकेको क्षेत्र भए पनि यसको विकासका लागि प्रदेश तथा सङ्घीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताए।

स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनले पर्यटक आगमन बढाउनुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने विश्वासमा आफूहरू रहेको बताए। यसले गाउँ छाडेर बाहिरिएका स्थानीयलाई समेत गाउँ फर्किएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सक्ने उनको भनाइ छ । “गाउँका अधिकांश बजार झरेपछि अहिले रिभान गाउँ रित्तो भएको छ । अब गाउँमै सम्भावना बढेपछि गाउँ छाडेर गएका पनि आफ्नै थातथलोमा फर्केलान् भनेर खुसी भएका छौँ”, गुरुङले भने ।

रिभानको मैँचेडाँडा पुग्न पोखराबाट जीपमा एक घण्टा यात्रा गर्नुपर्छ । लाहाचोकको पातीखोला पुगेपछि डाँडा चढ्नुपर्छ । डाँडामा पुगेपछि देखिने दृश्यले सबैलाई मोहित पार्ने गरेको छ ।

अघिल्लो समाचार

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

अर्को समाचार

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै
समाचार

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

४ मंसिर २०८३,
पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव
समाचार

पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

४ मंसिर २०८३,
भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत
समाचार

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

४ मंसिर २०८३,
‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’
समाचार

‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

४ मंसिर २०८३,
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया
खेलमैदान

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

४ मंसिर २०८३,
आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला
समाचार

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

४ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

४ मंसिर २०८३,
पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

४ मंसिर २०८३,
भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

४ मंसिर २०८३,
‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

‘नेपालको आर्थिक विकास र समृद्धिका पक्षमा चीन’

४ मंसिर २०८३,
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

४ मंसिर २०८३,
आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

४ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन