• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ४ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    रूसले अन्टार्क्टिकामा भेट्टायो दुईबटा साउदीभन्दा दुगुना तेल भण्डार !

    वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

    रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तरराष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति

    रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तरराष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति

    अख्तियारद्वारा गत आवमा २९ हजार उजुरी फछर्यौट, १३७ मुद्दा दायर

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान अधिकृतविरुद्ध अख्तियारको मुद्दा

    मधेसमा नयाँ सरकार गठन अन्योलमा, सत्ता नेतृत्वमा दलहरूबीच सहमति जुटेन

    मधेसमा नयाँ सरकार गठन अन्योलमा, सत्ता नेतृत्वमा दलहरूबीच सहमति जुटेन

    नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने

    नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३ मंसिर २०८३,
0
रूसले अन्टार्क्टिकामा भेट्टायो दुईबटा साउदीभन्दा दुगुना तेल भण्डार !
3
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, ३ मङ्सिर: नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले यसअघि लागू रहेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई अन्तरराष्ट्रिय अभ्यास अनुसार परिमार्जन गरी नयाँ नामसहित विस्तारित नियामकीय संरचना प्रस्ताव गरेको हो ।

मस्यौदाको मुख्य उद्देश्य नेपालमा ‘प्राइभेट इक्विटी’ तथा ‘भेन्चर क्यापिटल’लगायत वैकल्पिक लगानी कोषलाई संस्थागत स्वरूप प्रदान गर्नु, निजी पुँजी परिचालन बढाउनु, लगानी व्यवस्थापन व्यवस्थित गर्नु तथा लगानीकर्ताको हित संरक्षण गर्नु रहेको छ । बैंक ऋण र सार्वजनिक पुँजी बजारबाट मात्रै उद्यमशीलता, स्टार्टअप, साना तथा मझौला व्यवसाय र प्रविधि विकासका लागि पर्याप्त स्रोत उपलब्ध नहुने अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन जोखिम वहन गर्न सक्ने निजी पुँजी परिचालनको माध्यम विकास गर्न खोजिएको बोर्डले जनाएको छ ।

प्रस्तावित नियमावलीले वैकल्पिक लगानी कोषलाई कम्पनी, ट्रष्ट वा सीमित दायित्व साझेदारी संरचनामा स्थापना तथा सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ । लगानीको प्रकृति र जोखिमका आधारमा कोषलाई तीन श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ । यसअन्तर्गत ‘प्राइभेट इक्विटी’, ‘भेन्चर क्यापिटल’ र ‘हेज फण्ड’मा मात्र सीमित नरही एन्जल फण्ड (सुरुवाती लगानी कोष), साना तथा मझौला उद्यम फण्ड, सामाजिक प्रभाव फण्ड, पूर्वाधार फण्ड, ऋण फण्ड, फण्ड अफ फण्ड्स तथा विशेष परिस्थितिका फण्डसमेत समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

कोष स्थापना गर्न बोर्डको पूर्वस्वीकृति लिनुपर्ने, कम्पनी स्थापना गरी अनुमतिपत्र प्राप्त गर्नुपर्ने तथा आवश्यक पूर्वाधारको स्थलगत निरीक्षण गरिने व्यवस्था मस्यौदामा छ । कोष व्यवस्थापकको न्यूनतम चुक्ता पुँजी रु दुई करोडबाट बढाएर रु पाँच करोड पुर्‍याउने प्रस्ताव गरिएको छ । पुराना अनुमतिप्राप्त व्यवस्थापकलाई नयाँ पुँजी सीमा कायम गर्न तीन वर्षको सङ्क्रमणकालीन अवधि दिने व्यवस्था पनि नियमावलीको मस्यौदामा प्रस्ताव गरिएको छ ।

कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश तथा सामाजिक सुरक्षा कोष, संस्थागत लगानीकर्ता, विदेशी लगानीकर्ता, नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । कोषका इकाइ सार्वजनिक निष्कासनमार्फत नभई लक्षित लगानीकर्तालाई निजी रूपमा बिक्री गर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले एकमुष्ट रकम बुझाउनुको सट्टा लगानी प्रतिबद्धता गर्न सक्ने र कोषलाई आवश्यक पर्दा चरणबद्ध रूपमा रकम माग गरी परिचालन गर्न सक्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।

प्रस्तावअनुसार कोषले पहिलो चरणको पुँजी सङ्कलन १२ महिनाभित्र र अन्तिम पुँजी सङ्कलन २४ महिनाभित्र पूरा गर्नुपर्नेछ । कोषको न्यूनतम आकार रु १५ करोड हुनुपर्ने, कोष व्यवस्थापकले कम्तीमा दुई प्रतिशत लगानी गर्नुपर्ने, इकाइधनीको सङ्ख्या अधिकतम २०० हुनुपर्ने तथा कोष बन्दमुखी (क्लोज्ड-इन्डेड) हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । सामान्य कोषमा प्रति इकाइधनी न्यूनतम रु ५० लाख लगानी गर्नुपर्ने भए पनि भेन्चर क्यापिटल, साना तथा मझौला उद्यम, सामाजिक प्रभाव र एन्जल फण्डका लागि न्यूनतम लगानी रु २५ लाख प्रस्ताव गरिएको छ ।

कोषको अवधि पाँचदेखि १५ वर्षसम्म रहने प्रस्ताव गरिएको छ । अवधि समाप्त भएपछि नयाँ लगानी गर्न नपाइने भए पनि विशेष परिस्थितिमा इकाइधनीको स्वीकृति लिएर विद्यमान लगानीको संरक्षण, पुनर्संरचना वा निरन्तरताका लागि थप लगानी गर्न सकिने व्यवस्था गरिएको छ । लगानीबाट बाहिरिने प्रक्रिया र प्रतिफल वितरणको विधि कोषको विधान तथा बिक्री प्रस्तावमा स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

लगानी विविधीकरण र जोखिम नियन्त्रणका लागि एउटै कम्पनी वा क्षेत्रमा कुल लगानीयोग्य रकमको अधिकतम २५ प्रतिशतसम्म लगानी गर्न सकिने प्रस्ताव गरिएको छ । क्षेत्रविशेषमा लगानी गर्ने कोषलाई भने क्षेत्रगत सीमामा छुट दिन सकिनेछ । कोष व्यवस्थापक तथा इकाइधनीले समान सर्तमा सहलगानी गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । स्वार्थको द्वन्द्व र अनुचित क्रस होल्डिङ रोक्न आवश्यक प्रावधान राखिएको छ ।

मस्यौदाले लगानीकर्ताको पहिचान, आर्थिक क्षमता, जोखिम वहन क्षमता तथा लगानी अनुभव परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । इकाइधनीको दायित्व आफूले खरिद गरेको इकाइसम्म सीमित रहनेछ भने उनीहरूलाई मतदान गर्ने, नाफा प्राप्त गर्ने तथा लगानीसम्बन्धी जानकारी पाउने अधिकार प्रदान गरिने प्रस्ताव गरिएको छ । प्रत्येक कोषका लागि छुट्टै लगानी समिति गठन गर्नुपर्ने र कोष व्यवस्थापकले इकाइधनीप्रति विश्वासमा आधारित कानुनी दायित्व निर्वाह गर्नुपर्ने व्यवस्था पनि समेटिएको छ ।

कोषको सम्पत्ति कोष व्यवस्थापकको सम्पत्तिबाट अलग राख्नुपर्ने र एउटा कोषको सम्पत्ति अर्को कोषको दायित्व पूरा गर्न प्रयोग गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । प्रत्येक कोषको छुट्टै बैंक खाता, लेखा तथा अभिलेख राख्नुपर्ने, वर्षमा कम्तीमा एकपटक स्वतन्त्र मूल्याङ्कनकर्ताबाट लगानीको मूल्याङ्कन गराउनुपर्ने तथा कोष र कोष व्यवस्थापकको छुट्टाछुट्टै लेखापरीक्षण गर्नुपर्नेछ ।

विदेशी कोष तथा कोष व्यवस्थापकले नेपालमा सहायक कम्पनी स्थापना गरेर वा स्थानीय अनुमतिप्राप्त कोष व्यवस्थापकमाफर्त कोष परिचालन गर्न सक्ने प्रस्ताव गरिएको छ । विदेशी लगानीकर्ताले वैकल्पिक लगानी कोषका इकाइ खरिद गर्न पाउनेछन् भने आवश्यक स्वीकृति र लेखाङ्कन प्रक्रिया पूरा गरी लगानी तथा मुनाफा विदेश फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ । यसले विदेशी संस्थागत पुँजी, प्रविधि, व्यवस्थापकीय ज्ञान र अन्तर्राष्ट्रिय लगानी सञ्जाल भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बोर्डले कोष व्यवस्थापकको लेखा, अभिलेख तथा कारोबार जुनसुकै समयमा निरीक्षण गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ । कोषको आकार, जोखिम, लगानी रणनीति र लगानीकर्ताको प्रकृतिका आधारमा विशेष निरीक्षण गर्न सकिनेछ । आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण भएको वित्तीय विवरण र वार्षिक प्रतिवेदन बोर्डमा बुझाउनुपर्ने तथा इकाइधनीको वार्षिक सभा सञ्चालन गरी त्यसको प्रतिवेदनसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट, अर्थ मन्त्रालयको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ र बोर्डको पूँजी बजार नीति कार्यान्वयनका क्रममा मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ । निजी इक्विटी तथा भेन्चर क्यापिटलको पारिस्थितिक प्रणाली र नियामकीय सुधारसम्बन्धी अध्ययन सार्वजनिक गरिसकेको बोर्डले आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्द्धन तथा पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पुँजीको उपलब्धता बढाउने उद्देश्यले मस्यौदा सार्वजनिक गरेको हो ।

बोर्डले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदामा सरोकार भएका निकायबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको छ । सुझावका आधारमा मस्यौदालाई परिमार्जन गरी अन्तिम नियमावली तयार गर्ने प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ ।

अघिल्लो समाचार

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

३ मंसिर २०८३,
रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तरराष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति
समाचार

रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तरराष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति

३ मंसिर २०८३,
अख्तियारद्वारा गत आवमा २९ हजार उजुरी फछर्यौट, १३७ मुद्दा दायर
समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान अधिकृतविरुद्ध अख्तियारको मुद्दा

३ मंसिर २०८३,
मधेसमा नयाँ सरकार गठन अन्योलमा, सत्ता नेतृत्वमा दलहरूबीच सहमति जुटेन
समाचार

मधेसमा नयाँ सरकार गठन अन्योलमा, सत्ता नेतृत्वमा दलहरूबीच सहमति जुटेन

३ मंसिर २०८३,
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
खेलमैदान

नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने

३ मंसिर २०८३,
कोप ३१ : पर्वतीय एजेन्डाका लागि मन्त्री चौधरीको पहल
फिचर-ब्यानर

कोप ३१ : पर्वतीय एजेन्डाका लागि मन्त्री चौधरीको पहल

३ मंसिर २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

रूसले अन्टार्क्टिकामा भेट्टायो दुईबटा साउदीभन्दा दुगुना तेल भण्डार !

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

३ मंसिर २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

३ मंसिर २०८३,
रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तरराष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति

रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तरराष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति

३ मंसिर २०८३,
अख्तियारद्वारा गत आवमा २९ हजार उजुरी फछर्यौट, १३७ मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान अधिकृतविरुद्ध अख्तियारको मुद्दा

३ मंसिर २०८३,
मधेसमा नयाँ सरकार गठन अन्योलमा, सत्ता नेतृत्वमा दलहरूबीच सहमति जुटेन

मधेसमा नयाँ सरकार गठन अन्योलमा, सत्ता नेतृत्वमा दलहरूबीच सहमति जुटेन

३ मंसिर २०८३,
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने

नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने

३ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन