• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

    बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

    एनपीएलमा आज दुई खेल हुँदै

    एनपीएलमा आज दुई खेल हुँदै

    धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

    धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

    नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

    नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    यस्तो छ आजको मौसम पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ कात्तिक २०८३,
0
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
7
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अन्ताल्या (टर्किए)। नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा स्थापित गर्न आग्रह गरेको छ ।

जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, हिमताल विस्फोटजन्य विपद्, जनधनको क्षति र पारिस्थितिक प्रणालीमा परेको असर सम्बोधन गर्न छुट्टै कार्ययोजना, नियमित सं वाद र उच्चस्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक रहेको नेपालले जनाएको छ ।

कोप–३१ अन्तर्गत यहाँ आयोजित पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनसम्बन्धी अध्यक्षस्तरीय परामर्शमा नेपालको धारणा प्रस्तुत गर्दै कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले पर्वतीय क्षेत्रका समस्या छलफलमा मात्र सीमित हुन नहुने बताउनुभयो ।

नेपाल र भुटानका तर्फबाट साझा धारणा प्रस्तुत गर्दै उहाँले पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यसूचीको माग कुनै सैद्धान्तिक विषय नभई पर्वतीय मुलुकले भोगिरहेको गम्भीर मानवीय तथा वातावरणीय सङ्कटको परिणाम भएको उल्लेख गर्नुभयो ।

नेपालको भोटेकोशी क्षेत्रमा हालै भएको विनाशकारी हिमबाढीले मानवीय जीवन, जनजीविका र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै उहाँले बढ्दो तापक्रम र विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुग्ने जोखिमले पर्वतीय क्षेत्रको सङ्कट थप गम्भीर बनाएको बताउनुभयो ।

पर्वतीय क्षेत्रको मुद्दा जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय वार्ताका लागि नयाँ नभएको उल्लेख गर्दै डा ढकालले कोप–२८ मा सम्पन्न पहिलो विश्वव्यापी प्रगति समीक्षाले पर्वतीय क्षेत्रसम्बन्धी विज्ञ संवादको म्यान्डेट दिएको जानकारी गराउनुभयो । उक्त संवाद सन् २०२४ मा सम्पन्न भएको थियो । कोप–३० को प्रक्रियाले सन् २०२६ मा अर्को संवाद आयोजना गर्ने विषयलाई अघि बढाएको उहाँले बताउनुभयो ।

यी प्रयास सकारात्मक भए पनि पर्वतीय क्षेत्रका चुनौती सम्बोधन गर्न पर्याप्त नभएको उल्लेख गर्दै उहाँले संरचित, निरन्तर र परिणाममुखी संस्थागत प्रक्रिया आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपालले पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यकार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको छ । उक्त कार्यक्रमले जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, हानि तथा क्षति र कार्यान्वयनका साधनलाई समेट्नुपर्ने नेपालको माग छ ।

त्यसैगरी, पर्वतीय मुद्दामा निरन्तरता र ठोस उपलब्धि सुनिश्चित गर्न संस्थागत वार्षिक संवादको व्यवस्था तथा राजनीतिक तहको ध्यानाकर्षण र प्रतिबद्धता बढाउन उच्चस्तरीय पर्वतीय संवाद आयोजना गर्न नेपालले प्रस्ताव गरेको छ ।

पर्वतीय पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारेको प्रभावबारे वैज्ञानिक अनुसन्धान र अध्ययन विस्तार गर्नुपर्नेमा पनि नेपालले जोड दिएको छ । तापक्रम वृद्धिको प्रभाव, १.५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुग्ने तापक्रमको परिमाण र अवधि तथा त्यसले पर्वतीय र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा पार्ने असरबारे थप वैज्ञानिक अध्ययन आवश्यक रहेको नेपालले जनाएको छ ।

नेपालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका पर्वतीय मुलुकलाई वित्तीय स्रोत, प्रविधि हस्तान्तरण, क्षमता विकास, पूर्वसूचना प्रणाली तथा हानि र क्षति सम्बोधनका लागि तत्काल र थप सहयोग उपलब्ध गराउन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका असर भविष्यका सम्भावित जोखिम मात्र नभई वर्तमानमै देखिइरहेका वास्तविकता भएको उल्लेख गर्दै डा ढकालले यसको प्रभाव पर्वतीय क्षेत्रमा मात्र सीमित नरही अन्य क्षेत्रमा समेत फैलिने बताउनुभयो ।

पर्वतीय क्षेत्रका समस्या बढिरहेका बेला एउटा संवादपछि अर्को संवाद आयोजना गरेर मात्र पर्याप्त नहुने स्पष्ट पार्दै उहाँले वैज्ञानिक तथ्य र राजनीतिक प्रतिबद्धतालाई तत्काल कार्यान्वयन तथा सहयोगमा रूपान्तरण गर्ने संस्थागत संरचना आवश्यक रहेको बताउनुभयो ।

नेपालले पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा कोप–३१ बाट सार्थक र ठोस निष्कर्ष निकाल्न सम्मेलनको अध्यक्षमण्डल तथा सबै पक्षराष्ट्रलाई आग्रह गरेको छ ।

नेपाल र भुटानको साझा धारणाले पर्वतीय मुलुकका जलवायु जोखिम, वित्तीय आवश्यकता र अन्तरराष्ट्रिय जलवायु वार्तामा पर्वतीय मुद्दाको संस्थागत मान्यतालाई प्राथमिकता दिएको छ ।

अघिल्लो समाचार

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

अर्को समाचार

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
समाचार

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

२७ कात्तिक २०८३,
एनपीएलमा आज दुई खेल हुँदै
खेलमैदान

एनपीएलमा आज दुई खेल हुँदै

२७ कात्तिक २०८३,
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
समाचार

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

२७ कात्तिक २०८३,
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
फिचर-ब्यानर

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

२७ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ कात्तिक २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

२७ कात्तिक २०८३,
एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

२७ कात्तिक २०८३,
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

२७ कात्तिक २०८३,
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

२७ कात्तिक २०८३,
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

२७ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन