• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    कच्चा तेल महँगिँदा महँगीको जोखिम

    कच्चा तेल महँगिँदा महँगीको जोखिम

    नर्सरीले दिलाएको सफलता…

    नर्सरीले दिलाएको सफलता…

    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१९ कात्तिक २०८३,
0
नर्सरीले दिलाएको सफलता…
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कञ्चनपुर, १९ कात्तिकः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

उहाँको नर्सरीमा फलफूलका बिरुवा पाइन्छ । यस्तै, घर सजावटका लागि प्रयोग हुने विभिन्न प्रजातिका बोटबिरुवा बिक्री गरेर उहाँले वार्षिक रु १५ लाख बराबरको आम्दानी गर्दै आउनुभएको छ ।

दश वर्षअघि रु ५० हजार लगानीमा नर्सरी स्थापना गरेर व्यवसाय थाल्नुभएका उहाँले अहिले वार्षिक रु ६० लाख बराबरको कारोबार गर्दै आउनुभएको छ ।

“नर्सरी स्थापना गर्नुअघि हाम्रो कुटानी पिसानीको मिल थियो त्यसमा कहिले बिजुली नहुने कहिले कामदार नपाइने समस्या थियो बैङ्कको ऋण थपिँदै गयो,” चन्दले भन्नुभयो, “त्यसपछि सजिलो उपायको खोजी गर्दै कृषि व्यवसायमा लाग्यौँ अहिले राम्रो अवस्थामा छौँ ।”

उहाँले वार्षिक रु एक लाख भाडामा डेढ बिघा जग्गा र आधा बिघा आफ्नै जग्गामा फलफूल तथा घर सजावटका बिरुवा उत्पादन गर्दै आएको जानकारी दिनुभयो ।

“भारतीय व्यापारी यहाँ आएर साइकलमा बिरुवा घुमाएर दैनिक रु १० हजारसम्म आम्दानी गरेर जान्थे,” उहाँले भन्नुभयो, “त्यसमा राम्रो आम्दानी देखेपछि हामीले पनि साइकलमा बोटबिरुवा लिएर बिक्री गर्न थाल्यौँ । महिनामा रु २० हजारसम्म आम्दानी हुन थाल्यो ।” त्यसपछि उहाँले नर्सरी स्थापना गरेर बिरुवा बिक्री गर्ने सोच बनाएर व्यवसाय विस्तार गर्दै गएको बताउनुभयो ।

उहाँले अहिले कैलाली, कञ्चनपुरलगायत जिल्लामा बिरुवा बिक्री गर्ने गरेका छन् । सानो पुँजीबाट सुरु गरेको व्यवसायलाई मेहनत र निरन्तरता दिन सके राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । “सवा दुई बिघा जग्गामा अहिले १५ हजार बिरुवा छन,” चन्दले भन्नुभयो, “यसबाट वार्षिक रु ६० लाखसम्मको कारोबार हुन्छ । सबै लागत घटाएर वर्षमा रु १५ लाखसम्म बचत हुन्छ ।”

उहाँले पछिल्लो समय घर, होटेल रेष्टुरेन्ट तथा पार्कका लागि बिरुवाको माग धेरै आउने गरेको बताउनुभयो । पछिल्लो समय आधुनिक तरिकारले घर सजावटका बिरुवा ग्राहकले खोज्न थालेपछि उनीहरूको चाहनाअनुसार बिरुवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ ।

“अहिले घर सजावट र होटेल रेष्टुरेन्टबाट माग आउने गरेको छ,” उहाँले भन्नुभयो, “अहिले नर्सरीमा ४५ प्रकारका २०० देखि रु १० हजारसम्मका बिरुवा उपलब्ध छन् ।”

उहाँले सरकारले तोकेको पारिश्रमिक दिएर दुईजना कर्मचारी राखेको बताउनुभयो । नर्सरीको आम्दानीबाट दुई कट्ठा जग्गा खरिद गर्नाका साथै नयाँ घर निमार्ण गरेको उहाँको भनाइ छ ।

“बजारको समस्या छैन अहिले नयाँ घर बनाउनेले बोट बिरुवा लगिहाल्छन्,” चन्दले भन्नुभयो, “आधुनिक सजावटका बोटबिरुवा उत्पादन गरिरहेका छौ त्यही अनुसारको माग आउने गरेको छ ।”

करिब ७० प्रतिशत बिरुवा आफँै उत्पादन गर्ने र अन्य केही मात्रै अन्यत्रबाट ल्याउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसपटक हामी चिनियाँ डिजाइनका गमला बनाएर बिक्री गर्ने तयारीमा छौ ।”

नर्सरी व्यवसायलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले चन्दले प्रयोगशाला निर्माण गर्नुभएको छ । प्रयोगशालामार्फत बिरुवा उत्पादन तथा हुर्काउने आधुनिक प्रविधिको प्रयोग गर्ने उहाँको योजना छ । बिरुवाको गुणस्तर सुधार, उत्पादन वृद्धि र व्यावसायिक विस्तारका लागि आधुनिक प्रविधि अपनाउन थालेको उहाँले बताउनुभयो ।
–––

अघिल्लो समाचार

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

अर्को समाचार

कच्चा तेल महँगिँदा महँगीको जोखिम

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

कच्चा तेल महँगिँदा महँगीको जोखिम
आर्थिक

कच्चा तेल महँगिँदा महँगीको जोखिम

१९ कात्तिक २०८३,
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन
समाचार

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
समाचार

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
समाचार

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल
समाचार

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
समाचार

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

१९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
कच्चा तेल महँगिँदा महँगीको जोखिम

कच्चा तेल महँगिँदा महँगीको जोखिम

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कच्चा तेल महँगिँदा महँगीको जोखिम

कच्चा तेल महँगिँदा महँगीको जोखिम

१९ कात्तिक २०८३,
नर्सरीले दिलाएको सफलता…

नर्सरीले दिलाएको सफलता…

१९ कात्तिक २०८३,
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन