काठमाडौं – काठमाठौँ महानगरपालिकाले फोहोरबाट उर्जा उत्पादन गर्ने लक्ष्यसहित ल्याएको वायो मिथानेसन प्यान्ट ९ वर्षदेखि अलपत्र छ । २०७१ सालमा महानगरपालिकाको २० प्रतिशत र यूरोपेली युनियनको ८० प्रतिशत आर्थिक साझेदारीको यो परियोजनामा १ करोड ८६ लाख रुपैँयामा खर्च भएको थियो ।
२०७४मा तत्कालीन मेयर विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घाटन गरेका थिए । उक्त मेसिन हाल टेकुस्थित महानगरको वातावरण विभागमा प्रयोगविहीन अवस्थामा छ । काठमाडौँ वातावरण विभागमा दैनिक २०० मेट्रिक टन बराबरको फोहोर आउने गरेको विभागले जनाएको छ ।
दैनिकी ३ मेट्रिक टन बराबरको फोहोरबाट १४ वाट बिजुली निकाल्न सक्ने एनर्जि बिनको क्षमता भएको विभागको आकंडा छ । वातावरण विभागमा पूर्वाधारहरु थप्ने काम भइरहेको छ । फोहोरबाट उर्जा निकाल्नका लागि नयाँ ढंगबाट काम सुरु गर्ने काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहाकार सुनिल लम्साल बताउँछन् ।
काठमाडौँमा दैनिक करिब ३५० मेट्रिक टन कुहिने फोहोर निस्किन्छ । महानगरले उक्त फोहोरहरुलाई नै हुने गरी अन्य ठूला योजनाहरुको कार्यविधि र नियमावाली बनाउने क्रममा रहेको लम्साल बताउछन् । त्यस्तै, यो आर्थिक वर्षमा उर्जा उत्पादनका लागि आवश्यक आधारहरु जुटाउने महानगरको दाबी छ ।
एनर्जि बिनका परिक्षण सफल भए पनि महानगरले क्षमता बृद्धि गरी विजुली उत्पादन बढाउन त परै जाओस भएको मेसिनलाई पनि पूर्ण क्षमतामा चलाउन सकेको छैन । बिजुली उत्पादनमा चुनौती रहेकाले महानगरले मेसिन सञ्चालनमा चासो नदेखाएको पो हो कि ?













