काठमाडौं । देशभर आज पनि बडादसैँको टीका थाप्ने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन नपाएकाहरूले बिहीबार पनि मान्यजन तथा आफन्तको हातबाट टीका र जमरा लगाइरहेका छन्।
बुधबार बिहान शुभसाइतमा टीका लगाए पनि टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ।
नेपालको पश्चिमी भेगका केही जिल्लामा विजयादशमीको दिन मात्रै टीका थाप्ने चलन रहेकाले त्यहाँ सोही दिन टीका लगाउनेहरूको चटारो हुने गर्छ। अन्य भेगमा भने कोजाग्रत पूर्णिमासम्मै टीका थाप्ने प्रचलन रहेको छ।













