• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

के रवि उपनिर्वाचनमा उम्मेदवार हुन पाउछन् ?

by
१ फाल्गुन २०७९,
0
कुनै पनि भ्रष्टाचारको निर्मम अनुसन्धान गर्छौंः रवि लामिछाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आइतबार चितवन-२ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेपछि खालि भएको चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।

आयोगले आफ्नो निर्णयमा भनेको छ- ‘नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।’

सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि लामिछानेको सांसद पदसँगै उपप्रधानसहित गृहमन्त्रालय समेत गुमेको थियो । साथै उनले पार्टी सभापति पद पनि गुमाएका थिए ।

अब उपनिर्वाचनको मिति तय भएपछि लामिछानेले फेरी निर्वाचनमा उम्मेदवार बन्न पाउछन् या पाउदैनन भन्ने कौतुहलता रहेको छ ।

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ अझै सार्वजनिक नभएको अवस्थामा र लामिछानेको राहदानी प्रकरणको छानबिन जारी रहेको बेला उनी उम्मेदवार बन्न पाउछन् या पाउदैनन् भन्ने प्रश्न उठेको छ ।

लामिछानेमाथि अमेरिकी नागरिकता कायम रहेको बेला अवैध नेपाली नागरिकता प्रयोग गरेर नेपाली राहदानी बनाएको आरोप छ ।

सर्वोच्चले रवि लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरेको थियो तर सो को पूर्णपाठ भने आइसकेको छैन । पूर्णपाठ आएमात्र उनी उमेदवार हुन पाउँछन् पाउँदैनन् भन्ने स्पष्ट हुने देखिन्छ ।

लामिछानेको सांसद पदको योग्यता बारे रिट दायर गरेका युवराज पौडेलले लामिछानेको राहदानी बारे माघ १७ गते प्रहरीमा उजुरी दिएका थिए तर प्रहरीले उजुरी दर्ता नगरेपछि उनले काठमाडौं जिल्ला सरकारी वकिल कार्यलयमा निवेदन दिएका थिए । सो निवेदन अनुसार अहिले प्रहरीले लामिछानेको राहदानीको विषयमा छानबिन सुरु गरिसकेको छ ।

छानबिन पछि यस विषयको उजुरी दर्ता गर्ने या नगर्ने भन्ने बारेमा सरकारी वकिलको कार्यालयले प्रहरीलाई निर्देशन गर्ने छ ।

हालसम्म लामिछानेविरुद्ध अदालतमा राहदानीको कसुरमा मुद्दा पनि दायर नभएको हुनाले नेपालको संविधान अनुसार उनी अहिले उम्मेदवार बन्न पाउने नै देखिन्छ । लामिछानेलाई राहदानी कसुरमा दोषी ठहर गरी, सो फैसला सर्वोच्च अदालतबाट पनि सदर भएमा मात्र उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य हुने वयवस्था छ ।

अब उम्मेदवारी दर्ता हुने समयसम्म राहदानीको विषयमा राहदानी दुरुपयोग गरेको कसुर पुष्टि भएमा उमेदवार हुन नपाउने देखिन्छ ।

यस बिचमा लामिछानेको राहदानीको विषय छानबिन नभएर उनी उम्मेदवार बनेर चुनाव जितेमा पनि उनी राहदानी प्रकरणमा त्यसपछि कसुरदार हुन सक्ने भएकाले यो विषय जटिल बन्ने विश्लेषण गरिएको छ ।

Previous Post

युक्रेनलाई मस्कको झट्का, सैन्य कारवाहीका लागि इन्टरनेट बन्द !

Next Post

नेपाल– भारत परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक, के के छन् एजेन्डा ?

सम्बन्धित खबर

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ जेष्ठ २०८३,
कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
Load More
Next Post
नेपाल– भारत परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक, के के छन् एजेन्डा ?

नेपाल– भारत परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक, के के छन् एजेन्डा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In