• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १० मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

    उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    “एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

    बाइस लाखबराबरका मालसामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ असोज २०८३,
0
विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी
2
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कास्की । पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिनुभएका थिए । साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुप¥यो’ भनेपछि उनी जुरुक्क उठे । सामुदायिक प्रहरी कालिकाको पूर्वअध्यक्ष समेत रहेका केसी दुई जना साथीलाई साथमा लिएर घटनास्थल ओख्लेको भिरतर्फ दौडिए ।

घटनास्थल पुग्दा भीरमा कोही विद्यार्थी अड्किएका थिए भने कोही बससँगै तल पुगेका थिए । घाइते विद्यार्थीको चित्कारले वातावरण स्तब्ध थियो । ‘दाइ, अङ्कल, मलाई बचाउनुहोस्’ भन्दै विद्यार्थीले गुहार मागिरहेका थिए ।

भिरको अप्ठ्यारो बाटो हुँदै उनी साथीसहित तल ओर्लिए । बसका पार्टपुर्जा छरिएका थिए, विद्यार्थी यत्रतत्र थिए । उद्धारका लागि आवश्यक सामग्री केही थिएन । तर, घाइतेको चित्कार सुनेर उनीहरू पछि हट्न सकेनन् । घाइते विद्यार्थीलाई पिठ्युँमा बोकेरै सडकसम्म ल्याउन थाले । “हामीसँग उद्धारका लागि केही पनि सामान थिएन । सबैलाई पिठ्युँमै बोकेर भए पनि माथि बाटोसम्म ल्यायौँ । सबैलाई बोकेरै ल्याइयो ।” केसीले उद्धार गर्दाको अनुभव सुनाए ।

स्थानीय करिब १०–१२ जना घाइतेको उद्धारमा जुटिरहँदा सुरक्षाकर्मीको टोली पनि घटनास्थलमा आइपुग्यो । पोखरा बजारबाट करिब १५ किलोमिटर टाढा रहेको उक्त स्थानमा बिहानै भएको दुर्घटनाले सिङ्गो गाउँलाई शोकमा डुबायो ।

सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान ६ः३३ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा चार विद्यार्थी र एक ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ भने १३ विद्यार्थी र चालक घाइते भएका छन् ।

कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थी बिहान ट्युसन पढ्न विद्यालय आउँदै थिए । विद्यालय पुग्न केही समय मात्र बाँकी रहँदा बस दुर्घटनामा परेको थियो । दुर्घटनाको वास्तविक कारण खुलिसकेको छैन । सामान्य उकालो र फराकिलो पक्की सडकमा बस दाहिनेतर्फ मोडिनुपर्ने स्थानमा सिधै भीरतर्फ गएर खसेको स्थानीय बताउँछन् । सडक फराकिलो भएकाले सवारीसाधन चलाउन कठिनाइ हुने अवस्था नरहेको उनीहरूको भनाइ छ । बसका चालक घाइते भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

स्थानीयका अनुसार दुर्घटनामा परेको बस निकै पुरानो थियो । विद्यार्थीले उक्त बसमा चढ्न आनाकानी गर्ने गरेका थिए । बसको अवस्था पुरानो भएकाले प्रयोग नगर्न विद्यालय प्रशासनलाई पटक–पटक आग्रह गरिएको स्थानीय केसी बताउँछन् ।

“गाडी पुरानो भएको थियो । पटक–पटक हामीले पुरानो गाडी प्रयोग नगर्नु भनेर सम्झाएका पनि हौँ । तर, आज यस्तो दुःखद घटना भोग्नुप¥यो ।” केसीले दुःख व्यक्त गरे । स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको दावी गरे पनि प्राविधिक परीक्षण तथा अनुसन्धानबाट यसको कारण पुष्टि हुन बाँकी छ । बसका चालक समेत दुर्घटनामा घाइते छन् । उद्धारका क्रममा सामान्य बोलचालमा चालकले आफूले दुर्घटना अगाडि एक्कासी अँध्यारो देखेको बताएको केसीले सुनाए ।

विद्यालय जाने क्रममा भएको दुर्घटनामा एउटै गाउँका चार विद्यार्थीको मृत्यु भएपछि माझठाना गाउँ शोकमा डुबेको छ । गाउँमा शोक छाएको छ भने आफन्त र छिमेकीका आँखाबाट आँसु रोकिएका छैनन् ।

दुर्घटनाको खबर फैलिनासाथ घाइतेलाई उपचारका लागि ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफन्त तथा स्थानीयको भीड लागेको थियो । बिहान घरबाट विद्यालय जान निस्किएका बालबालिका दुर्घटनामा परेको खबरले परिवार र गाउँले स्तब्ध बनेका छन् ।

पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दुर्घटनाले सिङ्गो माझठाना गाउँलाई शोकमा डुबाएको बताए । “एउटै गाउँका चार विद्यार्थीले दुर्घटनामा जीवन गुमाए भने अन्य घाइते छन् । बिहान उठेर सधैँझैँ विद्यालय गएका विद्यार्थीको आज यो हालत हुँदा सबैको मन रोएको छ,” उनले भने ।

वडाध्यक्ष लामिछानेले दुर्घटनाको कारण पुष्टि नभए पनि स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको आशङ्का व्यक्त गरिरहेको बताए । उनले घटनाको निष्पक्ष छानबिन गरी दुर्घटनाको कारण पहिचान गर्नुपर्नेमा जोड दिए ।

दुर्घटनापछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी कालिका बोर्डिङका विद्यार्थी १३ वर्षीया ममता तिवारी, १४ वर्षीया रुमिका नेपाली, १४ वर्षीय अशिम कँडेल र सुवेच्छा तिवारीको मृत्यु भएको छ । यसैगरी, बसमा लिफ्ट मागेर यात्रा गरिरहेका माझठानाका ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले बताए ।

दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

अघिल्लो समाचार

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

अर्को समाचार

भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
आवाज

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
आवाज

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण
आवाज

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद
आर्थिक

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन