• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१४ अशोज २०८३,
0
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। सिँचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।

निरन्तर चोरीका घटना बढे पनि अपराधमा संलग्नको पहिचान र कारबाही हुन नसक्दा किसानको बेचैनी बढेको हो। पछिल्लो पटक सोनमा–२ को तरहारी र मैनटोल तथा सोनमा–६ को तरहारी र मगरथानाबिचको पोखरी डिलमा जडित ट्रान्सफर्मर सञ्चालन हुनु अगावै चोरी भएको छ। सोनमा गाउँपालिकामा जडित ती ट्रान्सफर्मरमा विद्युत् लाइन जोडेर सञ्चालनको तयारी हुँदै थियो।

मधेस प्रदेश सरकारले किसानको सिँचाइ सुविधा बढाउने उद्देश्यले जडान गरेको ट्रान्सफर्मर सञ्चालन अगावै चोरी भएका हुन्। “पछिल्ला तीन/चार दिन लगातार पानी परेको थियो। कसैले त्यता ध्यान दिएनन्, पानी थामिएपछि खेतमा गएका किसानले ट्रान्सफर्मर चोरिएको थाहा पाए,” सोनमा–२ का सामाजिक कार्यकर्ता मदन साह भन्छन्, “यो गत शनिबारदेखि सोमबारको बीचमा चोरिएको हुनसक्छ।”

हाल धानबाली पोटाउने बेलामा दुई/तीन दिनको फरकमा पानी लगाउनुपर्ने हुन्छ। सञ्चालनमै नआई ट्रान्सफर्मर चोरिएपछि किसान समस्यामा परेका छन्। “पोटाउन लागेको धानमा पानी लगाउन अब कठिन भएको छ,” सोनमा बस्तीकै रामप्रित ठाकुर भन्छन्, “अब फेरि आकाश नै ताक्नुपर्ने भयो।”

ट्रान्सफर्मर चोरी भएपछि किसानले प्रशासन गुहारेका छन्। मङ्गलबार जिल्ला प्रशासन कार्यालय पुगेर चोरी गर्नेको खोजी गरी कारबाही गर्न माग गरेका छन्। सिँचाइका लागि तत्काल अर्को ट्रान्सफर्मरको व्यवस्था गरी दिन किसानले माग गरेका छन्।

जिल्ला प्रशासनले प्रहरी परिचालन गरी चोरीमा संलग्नको खोजी गर्ने आश्वासन दिएको छ। घटनाबारे तत्काल अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचार गरिएको छ।

सिँचाइका लागि इनार र बोरिङमा जडान गरिएको मोटर यसअघि पनि बाक्लै चोरी हुने गरेका थिए। आर्थिक वर्ष २०८२/८३ मा २८ वटा ट्रान्सफर्मर र कैयौँ मोटर चोरी भएको तथ्याङ्क छ।

गत वर्ष आफ्नो बस्तीमा मात्र १० वटा इनार र बोरिङमा जडान भएको मोटर चोरी भएको भङ्गाहा–४ का ३० वर्षीय युवा किसान रामईश्वर ठाकुर बताउँछन्।

बर्सेनि यस्ता घटना हुँदै जाने र कोही नसमातिने अवस्थाले चोरको मनोबल बढ्दै गएको किसानको भनाइ छ।

Previous Post

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

Next Post

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ अशोज २०८३,
पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुने
फिचर-ब्यानर

पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

१४ अशोज २०८३,
Load More
Next Post
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In