• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    खाने हैन त ‘दुर्गा मोही’ ?

    खाने हैन त ‘दुर्गा मोही’ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

metakhabar by metakhabar
७ अशोज २०८३,
0
इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ असोज : आज बिहान सात बजेर ४७ मिनेटको साइतमा ‘यसिँ थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न भएसँगै इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु भएको छ ।

हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिंँ उठाइएको हो । उठाइएको यसिँमा आठवटा काठका टुक्रा राख्ने चलन छ । त्यस कार्यमा न्हय्स नाय, चस्वाद्वँ टोलका मानन्धर समुदाय अनिवार्य उपस्थित हुने चलन छ । अष्टमातृकाको प्रतीकका रूपमा काठका टुक्रा राख्ने गरिएको हो । त्यसलाई ‘लाकासिँ’ भनिने गरिएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले बताउनुभयो ।

अध्यक्ष शाक्यका अनुसार यसिँ उठाउँदा गुर्जुको पल्टनले तोप पड्काएको थियो । यस अवसरमा तलेजु भवानीको प्रतीकस्वरुप सेतो घोडा ल्याउने चलन छ । यस्तै दिप्याखं (देवी नाच) प्रस्तुत गरियो । यो नाच इन्द्रजात्रामा निकालिने पहिलो नाच हो ।

यसिँ उठाइसकेपछि यसको माथि इन्द्रअङ्कित चिह्नसहितको ध्वजा फहराइयो । यसलाई ‘हलिंपता’ भनिन्छ । ‘हलिंपता’ फहराइसकेपछि मानन्धरहरुले सबैभन्दा पहिले पूजा गर्ने चलन छ । यसिँको माथि गजुरजस्तै देखिने भोगटे राखिएको हुन्छ । फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ । त्यसको श्रद्धालुहरूले पूजा आराधना गर्ने गर्दछन् ।

‘यसिँ थनेगु’ (इन्द्रध्वजोत्थान) अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडाध्यक्षसहित जनप्रतिनिधि, स्थानीयवासी र श्रद्धालुको बाक्लो उपस्थिति थियो ।

जात्रामा यसिँ ठड्याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा ठड्याउन थालिएको विश्वाश गरिन्छ । त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिरअघि यसरी नै यसिँ ठड्याइन्थ्यो भन्ने भनाइ छ । यसिँलाई उल्लास, विजय र उत्सवका रूपमा हेर्ने गरिन्छ ।

इन्द्रजात्राको मुख्य रथयात्रा यही असोज ९ गते शुक्रबारदेखि सुरु हुनेछ । पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराएर पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइनेछ ।

पहिलो दिनको रथयात्रा सम्पन्न भएपछि दाँगीको नगर परिक्रमा गर्ने परम्परा रहेको छ । दाँगीलाई इन्द्र देवताकी आमाका रूपमा मानिने गरिएको छ । वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने परम्परा पनि इन्द्रजात्रासँग जोडिएको छ । असोज १० गते शनिबार माथिल्लो टोलमा रथ यात्रा हुनेछ ।

त्यस्तै, असोज १३ गते मङ्गलबार नानीचायाको दिन माथिल्लो टोलको किलाघः हुँदै नगर परिक्रमा गराउने चलन छ । इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीको सहभागिताले निरन्तरता पाउँदै आएको छ ।

पछिल्लो १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्ने कार्य हुँदै आएको छ । त्यस दिन राष्ट्रपति उपस्थित भई कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा छ ।

Previous Post

‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु

Next Post

रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग

metakhabar

metakhabar

सम्बन्धित खबर

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
खाने हैन त ‘दुर्गा मोही’ ?
आवाज

खाने हैन त ‘दुर्गा मोही’ ?

८ अशोज २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

८ अशोज २०८३,
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

८ अशोज २०८३,
भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
Load More
Next Post
रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग

रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In