पोखरा, २८ माघ । पोखराको लेकसाईड स्थित हल्लनचोकको सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो नियन्त्रणमा आएको छ ।
पोखराको लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा लागेको भीषण आगो करीब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । अपराह्न ४ः३० बजे शुरु भएको आगो साँझ करीब सवा ६ बजेमात्रै नियन्त्रणमा आएको थियो ।
आगलागिका कारण डिपोर्टमेन्टल स्टोर्समा धेरै क्षेति पुगेको छ । डिपार्टमेन्टल स्टोर्स रहेको भुईंतला पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । त्यस्तै अन्डरग्राउण्डमा पनि क्षेति पुगेको बताइएको छ । आगलागी भएको भवनमा हिमालयन जाभा, नबिल बैंकलगायत भएपनि त्यहाँ आंशिक मात्रै क्षेति पुगेको बताइएको छ ।
आगलागी नियन्त्रणमा पोखरा महानगरपालिका, पोखरा अन्र्तराष्ट्रिय विमानस्थललगायतका गरी चारवटा वारुणयन्त्र प्रयोग गरिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको स्थानीय भरत पराजुलीले जानकारी दिए ।
विद्युत लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । घटनाका विषयमा थप जानकारी आउन बाँकी नै छ । आगलागीका कारण सेलवेज डिपाटमेन्टल स्टोर्स र हिमालयन जाभा, नबिल बैंकमा समेत क्षेति भएको छ । डिपाटमेन्टर स्टोर्सका सामान भने अधिकाशं जलेर नष्ट भएका छन् ।













