• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना

by
२८ माघ २०७९,
0
तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू–भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ ।

तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौंदेखि पर्यटक पर्खी रहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्रयाउन सकेको छैन ।

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न ‘मिनी’ जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गर्ने भएको छ । यही गाउँ हुँदै बग्ने तमानखोलालाई थुनेर गाउँपालिकाले हाइड्रोपावर निर्माण गर्न दुई वर्षदेखि अध्ययन गरेको छ ।

गाउँपालिकाको गौरवको यो परियोजना सरकारी तथा निजी क्षेत्रको सहकार्यमा हुने छ । तमानखोला थुनेर हाइड्रोपावर मात्रै बन्ने छैन । यहाँ ‘फिस फार्म’, ‘र्‍याफ्टिङ’ लगायत पर्यटक आकर्षित गर्ने अन्य संरचना बन्ने छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर तमान गाउँलाई ‘पर्यटकीय गाउँ’ बनाउन र यहाँका नागरिकको जीवनस्तर उकास्न यो योजना सुरु गर्न लागेको बताउँछन् ।

‘हाइड्रोपावरसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने छ, यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ, योजनाको निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी काम हुने छ, परियोजना सरकार, निजी क्षेत्र र स्थानीय नागरिकको लगानीमा निर्माण हुनेछ’, उनी भन्छन् ।

तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्छ । सरकारको रणनीतिक सडकअन्तर्गत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने सडकको केन्द्रमा यो गाउँ पर्छ । यो सडकलाई ‘धार्मिक पर्यटक सडक’को नामकरण गरेको र यहाँ धार्मिक पर्यटक बढी भित्र्याउने लक्ष्य लिइएको छ । उनी भन्छन्, ‘यो गाउँ निकै केन्द्रमा पर्छ, अहिले आन्तरिक पर्यटक त आउँछन् तर एक÷दुई दिन राख्न सकिएको छैन, पर्यटक घुम्न बाँध बाँधेर ताल बन्छ, डुङ्गा सञ्चालन हुन्छ, फिस फार्म चल्छ्, वरपर रेष्टुराँ र आकर्षक पर्यटकीय संरचना निर्माण हुनेछ ।’

गाउँपालिकाले पहिलो चरणको अध्ययन सकेर दोस्रो चरण सुरु गरेको छ । अहिले एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सी कोटेश्वरले दोस्रो चरणको अध्ययन गरिरहेको छ । खोला थुनेर जलाशययुक्त हाइड्रोपावर बनाउन रु ४० करोड र पर्यटकीय संरचनासहितको काम गर्न करिब रु ६० करोड लाग्ने एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सीका इन्जिनीयर नवीन घर्तीमगरले जानकारी दिए । इन्जिनियर घर्तीमगर भन्छन्, ‘यो ठाउँ बाध बाँधेर हाइड्रो निर्माण गर्नका लागि उपयुक्त देखिएको छ, यहाँको भूगोलको अवस्था, बाध र पर्यटकीय संरचना कहाँ निर्माण गर्नेलगायतका विषयमा अध्ययन गरिरहेका छौँ ।’

यहाँबाट तीन सय ५० किलोवाटको विद्युत् उत्पादन हुने आँकलन गरिएको छ । यसलाई उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’को रुपमा लिइएको छ । गाउँपालिकाले रु १५ लाख खर्च गरेर पहिलो चरणको अध्ययन गरिरहेको छ । गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले जलाशययुक्त हाइड्रोपावर निर्माणपछि सिङ्गो तमानखोलाले मुहार फर्ने भन्दै यहाँका नागरिको जीवनस्तर बदलिने बताउँछिन् ।

परम्परागत खेतीपाती र पशुपालनमा हुँदै आएको यहाँ हाइड्रोपावरले रोजगार सिर्जना गर्नुका साथै गाउँलेलाई व्यवसायसँग जोड्ने उपाध्यक्ष छन्त्याल बताउँछिन् । उनी भन्छिन्, ‘भौगोलिक हिसाबले पछि पर्दा यहाँका नागरिक पछाडि परेका छन्, अब विस्तारै सडक पनि राम्रो हुँदैछ, दैनिकीमा केही परिवर्तन आउँदै छ, यो परियोजना सम्पन्नपछि धेरैको जीवनस्तर बदलिने छ ।’

Previous Post

वन्यजन्तु बढेपछि किसान हैरान

Next Post

प्रचण्ड र ओलीबीच चर्काचर्की

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर

प्रचण्ड र ओलीबीच चर्काचर्की

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In