• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, २५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    बेनी खानेपानीको पाइप लाइन मर्मत

    बेनी खानेपानीको पाइप लाइन मर्मत

    प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

    प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

    नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

    नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२९ भदौ २०८३,
0
राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, २९ भदौः नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ । सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे पनि संस्थागत सुरक्षा नीति, नियमित सुरक्षा अडिट, प्रशिक्षित जनशक्ति, आपत्कालीन तयारी र राजनीतिक अशान्तिका समयमा सङ्ग्रहालय तथा सम्पदाको संरक्षण गर्ने स्पष्ट कार्यप्रणालीको अभाव रहेको अध्ययनले औँल्याएको हो ।

अन्तरराष्ट्रिय सङ्ग्रहालय परिषद् (आइकम) नेपालले गरेको ‘राजनीतिक द्वन्द्वको समयमा सङ्ग्रहालय उत्थानशीलता र सांस्कृतिक समपदाको सुरक्षा’ विषयक शीर्षकको उक्त अध्ययनले राजनीतिक प्रदर्शनीका क्रममा सङ्ग्रहालयहरूले जबर्जस्ती प्रवेश, चोरी तथा लुटपाट, तोडफोड, आगजनी तथा धुवाँबाट हुने क्षति, भीड तथा नागरिक अशान्ति, सांस्कृतिक वस्तुको अवैध ओसारपसार, कर्मचारी तथा आगन्तुकको सुरक्षा, विद्युत् तथा आपत्कालीन सेवामा अवरोध र सङ्ग्रहालयका वस्तुको सुरक्षाको जोखिम सामना गर्नुपर्ने परेको देखाएको छ ।

अध्ययनअनुसार धेरै सङ्ग्रहालयमा सुरक्षा गार्ड, सिसिटिभी, परिसरको पर्खाल, ताल्चा तथा ग्यालरी सुरक्षा जस्ता आधारभूत भौतिक सुरक्षा उपाय उपलब्ध भएता पनि औपचारिक संस्थागत सुरक्षा नीति र प्रणालीगत सुरक्षा, सङ्ग्रहालय विशेष सुरक्षा तालिमको सीमितता तथा राजनीतिक अशान्तिका लागि पूर्वतयारीको अभाव मुख्य कमजोरीका रूपमा देखिएका छन् । मानिस र वस्तुलाई दैनिक जोखिमबाट जोगाउने, जानाजानी हुने जोखिम रोक्ने, सङ्ग्रह, सम्पदा मूल्य र संस्थागत दायित्वको समग्र संरक्षण गर्ने र सङ्कटपछि पुनःस्थापित भएर निरन्तर सेवा दिन सक्ने क्षमतालाई एकीकृत रूपमा विकास गर्नुपर्ने अध्ययनको सुझाव छ ।

अध्ययनले २०२५ को ‘जेनजी’ आन्दोलनमा सिंहदरबारलगायत ऐतिहासिक तथा पुरातात्विक भवनमा क्षति पुग्नाका साथै कतिपय प्राचीन वस्तु तथा अभिलेखमा पनि क्षति पुगेको र केही सङ्ग्रहालय सञ्चालन तथा सञ्चालन सङ्कटमा परेको जस्ता घटना अध्ययनका तथ्यहरु पनि उजागर गरेको छ ।

कार्यक्रममा पुरातत्व विभागमा महानिर्देशक डा सुरेश सुरस श्रेष्ठले राजनीतिक आन्दोलनको प्रभाव सङ्ग्रहालयका भवन वा वस्तुको भौतिक क्षतिमा मात्र सीमित नहुने भन्दै सङ्ग्रहालय बन्द गर्नुपर्ने अवस्था, सञ्चालन खर्च वृद्धि, आगन्तुक तथा आम्दानीमा कमी, चोरी–लुटपाट र अवैध कारोबारको जोखिम, कर्मचारीमा असुरक्षा तथा मनोवैज्ञानिक तनाव, संरक्षण कार्य र संस्थागत निर्णय प्रक्रियामा अवरोधजस्ता समस्या पनि उत्पन्न हुने अनुभव सुनाउँदै यो अध्ययनले सङ्ग्रहालय सुरक्षाको सवालमा नेपालमै पहिलो पटक यी आयामहरुलाई व्यवस्थित ढङ्गले बाहिर ल्याएको बताउनुभयो ।

प्रा डा सोमप्रसाद खतिवडा, भीम नेपाल, डा हरि थापाले अध्ययनलाई अझ विशिष्ट र विस्तृत बनाउन सङ्ग्रहालय सुरक्षासँग सम्बन्धित अन्तरराष्ट्रिय मापदण्ड, नेपालका विशिष्ट घनाक्रमहरुलाई जोडेर विश्लेषण गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सहभागित नेपाल प्रहरी तथा सैनिक सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालयका प्रतिनिधिहरुले अध्ययनले सङ्कटका समयमा स्थानीय समुदायलाई सङ्ग्रहालय संरक्षणको महत्वपूर्ण साझेदारका रूपमा प्रस्तुत गरेको पक्षलाई नेपालको सङ्ग्रहालयल सुरक्षा विशिष्ट पाटो रहेको र उक्त कुरा अध्ययनमा आउनुले यो अध्ययनले वास्तविक चित्र उजागर गरेको बताउका थिए । अध्ययनले समुदायले सङ्ग्रहालयलाई साझा सांस्कृतिक तथा नागरिक सम्पत्तिका रूपमा स्वीकार गर्ने, स्थानीय स्वयंसेवी पहल गर्ने तथा सङ्कटका समयमा शान्तिपूर्ण र गैर–टकरावपूर्ण व्यवहारमार्फत सहयोग गर्ने सम्भावना देखिएको छ ।

स्थानीय संस्कृति, पर्व, परम्परा र कथासँग जोडिएको सङ्ग्रहालयले समुदायसँग विश्वास निर्माण गर्न सक्ने अध्ययनले उल्लेख गरेको छ तर समुदायको योगदानलाई अनौपचारिक पहलमा मात्र निर्भर नराखी स्थानीय समुदाय, विद्यालय, युवा समूह, सम्पदा अभियन्ता, सांस्कृतिक तथा धार्मिक संस्था र स्थानीय सरकारलाई समेटेर औपचारिक सञ्जाल निर्माण गर्नुपर्ने अध्ययनको सुझाव छ ।

अध्ययनले आगामी दिनमा संग्रहालय सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भौतिक सुरक्षा, सङ्ग्रह संरक्षण, आपत्कालीन तयारी, अभिलेखीकरण, बीमा तथा सङ्कटपछिको पुनःस्थापनाका न्यूनतम मापदण्ड निर्धारण गर्नुपर्ने सिफारिस गरिएको छ ।

त्यस्तै, प्रत्येक सङ्ग्रहालयले राजनीतिक अशान्ति, आगलागी, भूकम्प, चोरी, तोडफोड, बाढी तथा भीडजन्य जोखिमलाई समेट्ने नियमित जोखिम मूल्याङ्कन र सुरक्षा अडिट गर्नुपर्ने तथा सङ्ग्रहालय कर्मचारी, सुरक्षा निकाय, स्थानीय सरकार, सम्पदा विज्ञ, स्वयंसेवक र समुदायका लागि नियमित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । यी जोखिमहरु ठूला सङ्ग्रहालय र साना सङ्ग्रहालयहरुका लागि फरक फरक विशिष्टता भएकाले सोही अनुसारको सुरक्षा व्यवस्था अपनाउन काम गर्न आवश्यक रहेको औँल्याएको छ ।

अध्ययनको प्रारम्भिक नतिजा पुरातत्व विभाग र आइकम नेपालले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गर्दै अनुसन्धानकर्ता तथा आइकम नेपालका सचिव ओमप्रकाश घिमिरेले तुलनात्मक रुपमा ठूला सङ्ग्रहालयमा सुरक्षा प्रणाली सन्तोषजनक रहे पनि साना सङ्ग्रहालयमा भने न्यूनतम सुरक्षा प्रणाली पनि नरहेकाले सुरक्षा जोखिम उच्च रहेको बताउनुभयो । अध्ययनको निष्कर्षमा सङ्ग्रहालयलाई जोखिमसम्बन्धी ज्ञान, तयार जनशक्ति, संस्थागत समन्वय, समुदायको सहभागिता, नीति, पर्याप्त स्रोत, प्रविधि, अभिलेखीकरण र निरन्तर सिकाइलाई एकीकृत गरे मात्र सङ्कटका समयमा सङ्ग्रहालय, संग्रह, सांस्कृतिक स्मृति र सेवा निरन्तरता सुरक्षित गर्न सकिने अध्ययनले स्पष्ट गरेको छ ।

अघिल्लो समाचार

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

अर्को समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
अन्तर्राष्ट्रिय

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२५ कात्तिक २०८३,
बेनी खानेपानीको पाइप लाइन मर्मत
समाचार

बेनी खानेपानीको पाइप लाइन मर्मत

२५ कात्तिक २०८३,
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?
फिचर-ब्यानर

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

२५ कात्तिक २०८३,
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
फिचर-ब्यानर

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक २०८३,
नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?
अन्तर्राष्ट्रिय

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

२५ कात्तिक २०८३,
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना
समाचार

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

२५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२५ कात्तिक २०८३,
बेनी खानेपानीको पाइप लाइन मर्मत

बेनी खानेपानीको पाइप लाइन मर्मत

२५ कात्तिक २०८३,
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

२५ कात्तिक २०८३,
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक २०८३,
नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

२५ कात्तिक २०८३,
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

२५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन