• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

    गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

    गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

    जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

    जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

    ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

    नेपालका २० लाखभन्दा बढी भिडियो टिकटकले किन हटायो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ भदौ २०८३,
0
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । अमेरिकी सेनाले इरानी कच्चा तेल बोकेका पाँचवटा ट्यांकरमाथि आक्रमण गरेको छ। आफ्ना नौसैनिक पानीजहाजलाई लक्षित गरी इरानले दुई दिनमा दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको प्रयास गरेको भन्दै अमेरिकाले जवाफी कारबाही गरेको हो।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार नेपाली समयअनुसार बुधबार बिहान गरिएको कारबाहीमा चारवटा ट्यांकर ओमानको खाडी र एउटा ट्यांकर फारसको खाडीस्थित खार्ग टापुनजिकै निशाना बनाइएको सीएनएनले जनाएको छ।

सेन्टकमले अमेरिकी नौसैनिक पानीजहाजमाथि इरानले गरेको दुवै आक्रमण प्रयास असफल भएको जनाएको छ। अमेरिकी जहाजहरूले क्षेत्रीय समुद्री क्षेत्रमा गस्ती जारी राखेको र घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको अमेरिकी पक्षको दाबी छ।

अमेरिकी सेनाले ट्यांकरमाथि कारबाही गर्नुअघि जहाजमा रहेका चालक दललाई बाहिरिन निर्देशन दिएको जनाएको छ।

अमेरिका–इरानबीच जारी सैन्य तनावका क्रममा होर्मुज जलमार्ग आसपासको क्षेत्रमा अमेरिकाले दबाब बढाइरहेका बेला पछिल्लो कारबाही भएको हो। अमेरिकाले व्यावसायिक जहाजलाई रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग पार गराउन सुरक्षा प्रदान गर्नुका साथै इरानी बन्दरगाहमाथि नौसैनिक नाकाबन्दी कायम राखेको छ। अमेरिकी प्रशासनले आफ्नो रणनीतिलाई इरानी शासनमाथि आर्थिक दबाब बढाउने ‘फुल कोर्ट प्रेस’ अभियानका रूपमा प्रस्तुत गरेको छ।

अमेरिकाले इरानी तेल ट्यांकरमाथि कारबाही गरेपछि इरानले पनि जवाफी आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इरानले जोर्डनस्थित मुवाफ्फाक सल्ती एयर बेसलाई मुख्य लक्ष्य बनाएको बताएको छ। उक्त सैन्य आधार अमेरिकी सेनाले समेत प्रयोग गर्दै आएको छ।

जोर्डनको सेनाका अनुसार इरानबाट प्रहार गरिएका २० वटा ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १८ वटा हवाई प्रतिरक्षा प्रणालीमार्फत आकाशमै नष्ट गरिएका थिए। बाँकी दुई क्षेप्यास्त्र मानव बस्ती नभएको क्षेत्रमा खसेको र घटनामा कुनै मानवीय क्षति नभएको जोर्डनले जनाएको छ।

इरानले अमेरिकी युद्धपोतलाई लक्षित गर्दै थप आक्रमण गर्ने चेतावनीसमेत दिएको छ। बहराइन र कुवेतका बन्दरगाहनजिक रहेका तेल ट्यांकरलाई समेत निशाना बनाउने धम्की इरानले दिएको बताइएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमणको प्रयास नगर्न चेतावनी दिएका छन्। कोलम्बियाको भ्रमणका क्रममा बारान्कियामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजलाई निरन्तर निशाना बनाउन खोजिरहेको दाबी गरे। यस्तो प्रयास जारी रहे प्रत्येकपटक इरानले तेल ट्यांकर गुमाउने उनको चेतावनी थियो।

यसअघि सप्ताहन्तमा पनि अमेरिकी सेनाले तीनवटा इरानी कच्चा तेल बोकेका ट्यांकरमाथि कारबाही गरेको थियो। त्यसअघि आईआरजीसीले अमेरिकी विमानवाहक पोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्न सक्ने अमेरिकी विध्वंसक युद्धपोतलाई लक्षित गरी आक्रमणको प्रयास गरेको अमेरिकी पक्षको दाबी थियो।

पछिल्लो घटनासँगै केही दिनको अवधिमा अमेरिकी सेनाले इरानी तेल ढुवानीमा संलग्न कम्तीमा आठवटा ट्यांकरमाथि कारबाही गरेको अमेरिकी पक्षले जनाएको छ। तेल ट्यांकरमाथिको सैन्य कारबाहीसँगै अमेरिकी ट्रम्प प्रशासनले मंगलबार इरानको विमान उद्योगमाथि पनि थप प्रतिबन्ध घोषणा गरेको छ। नयाँ प्रतिबन्धबाट २७ इरानी एयरलाइन्स तथा नौ सेवा प्रदायक र बिक्री एजेन्ट प्रभावित भएका छन्।

उनीहरूमाथि सन् २०११ देखि अमेरिकी प्रतिबन्धमा रहेको इरानी निजी विमान कम्पनी महान एयरलाई सेवा तथा सहयोग उपलब्ध गराएको आरोप लगाइएको छ।

अमेरिका–इरानबीचको पछिल्लो सैन्य तनावको असर विश्व तेल बजारमा समेत परेको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप आक्रमण गरेपछि बुधबार प्रारम्भिक कारोबारमा तेलको मूल्य लगातार चौथो दिन बढेको हो।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य १.५७ डलर अर्थात् १.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.४९ डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य १.६० डलर अर्थात् १.७२ प्रतिशतले बढेर प्रतिब्यारेल ९४.६३ डलर पुगेको छ।

अगस्टको सुरुदेखि ब्रेन्ट कच्चा तेलको मूल्य करिब २५ प्रतिशतले बढिसकेको छ। युद्ध दीर्घकालीन रूपमा समाधान हुने सम्भावना कमजोर बन्दै जानु तथा सैन्य गतिविधि पुनः तीव्र हुनुले विश्व बजारमा आपूर्ति अवरोधको चिन्ता बढाएको छ।

यद्यपि पछिल्लो तनावका बाबजुद ब्रेन्ट कच्चा तेलको मूल्य अहिलेसम्म प्रतिब्यारेल १०० डलरभन्दा माथि स्थायी रूपमा पुगेको छैन। अमेरिका–इरान द्वन्द्वका कारण विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलमार्ग प्रभावित भएको छ। रेड सी क्षेत्रमा समेत तेल ढुवानीमा अवरोध देखिँदा विश्व ऊर्जा आपूर्तिमाथि थप दबाब पर्ने चिन्ता बढेको छ।

अघिल्लो समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

अर्को समाचार

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा
फिचर-ब्यानर

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
जीवन शैली

‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

१३ कात्तिक २०८३,
चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
समाचार

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

१३ कात्तिक २०८३,
गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?
समाचार

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

१३ कात्तिक २०८३,
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
समाचार

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

१३ कात्तिक २०८३,
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
फिचर-ब्यानर

नेपालका २० लाखभन्दा बढी भिडियो टिकटकले किन हटायो ?

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

१३ कात्तिक २०८३,
चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

१३ कात्तिक २०८३,
गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

१३ कात्तिक २०८३,
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

१३ कात्तिक २०८३,
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

नेपालका २० लाखभन्दा बढी भिडियो टिकटकले किन हटायो ?

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन