• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ भदौ २०८३,
0
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

default

1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बझाङ । बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ । ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो ।

सुदूरपश्चिमा ‘हरेलो’, ‘विरिजात’ र विर्सती मेलालाई साँस्कृतिक पर्वका रुपमा धारण गरिन्छ । मेलामा युवाहरुको आर्कषण घट्दै गएपछि उनीहरुलाई संस्कृति सँग जोड्ने उद्देश्यले यहाँका स्थानीय निकायले भलिबल प्रतियोगिताको आयोजना अनिवार्य गरेका छन् ।

कुनै समय जात्रा र मेला भन्नासाथ देउडा, स्थानीय नाचगान तथा सन्देशमुलक सडक नाटकमा आर्कषित हुने बझाङगीहरु अहिले भलिवल खेलप्रति आर्कषण भएका छन् ।

स्थानीय युवादेखि शिक्षक, कर्मचारी र विभिन्न संस्थामा आबद्ध व्यक्तिसम्म प्रतियोगितामा सहभागी हुन थालेपछि बझाङका मेला–जात्रा केवल मनोरञ्जन र धार्मिक गतिविधिमा सीमित नरही खेलकुद र सामाजिक एकताको थलो बन्दै गएको छ ।

पछिल्ला दुई सातामा चार ठूला खेलले भलिबलमय मेला बनेका छन् । यहि भदौ ७ गते मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५० औँ जन्मजयन्ती थियो । सोही अवसरमा जयपृथ्वी बहुमुखी क्याम्पस, भोपुरले ‘जयपृथ्वी भलिबल कप–२०८३’ आयोजना गर्‍यो ।

चौतीस टोली मैदानमा उत्रिए । विजेताले रु एक लाख १०५ नगदसहित ट्रफी प्राप्त गरे । उपविजेतालाई ६० हजार १०५ प्रदान गरियो । जयपृथ्वी भलिवल कप सकिएको भोलिपल्टै सुर्मा गाउँपालिमामा लाग्ने सुर्मादेवी विरिजात सुरु भयो । मेलामा सधैँ आकर्षक भइरहने फाग, माङ्गल नाच यो पटक भलिबलले ओझेलमा पार्‍यो । खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताले मैदानमा दर्शक झुम्मिन थाले । मूल पूजा हुने पाँकरजडीमा समेत श्रद्धालु पातलिए ।

रु एक लाख ३५ हजार पुरस्कार राखेको पुरुष भलिवलमा ३५ टिम सहभागी भए । रु ६५ हजार महिलाको पहिलो पुरस्कारका लागि दर्जन बढी टिम सहभागी थिए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विरिजातमा देउडा, नृत्य, झाँकीसँगै ठाँकनाच प्रतियोगितासमेत गरिएको थियो । गएको शनिबारदेखि मष्टा गाउँपालिका–६, रिलुमा लागेको हरेलो मेलामा पनि भलिबल प्रतियोगिता भयो । प्रतियोगितामा पुरुषतर्फ २६ टोली र महिलातर्फ १२ टोली सहभागी थिए ।

‘वडाध्यक्ष कप’ नाम दिइएको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका टोलीले सहभागिता जनाए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु एक लाख, महिलातर्फ प्रथम हुने टोलीले रु ६० हजार प्राप्त गरे ।

एउटै मेलामा पुरुष र महिलाका गरी ३८ टोली मैदानमा उत्रिनुले बझाङमा भलिबलप्रतिको बढ्दो आकर्षणलाई मात्रै देखाउँदैन, महिला खेलाडीको सहभागिता र अवसर विस्तार हुँदै गएको सङ्केत गर्छ । बझाङको बिर्सती मेलाले सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ । तर, यो वर्ष बझाङीले ‘बिर्सती’ भलिबल प्रतियोगिताको आयोजना गरे । बझाङको दुर्गाथली र छबिसपाथिभेरा गाँउपालिकाको बीचमा पर्ने (बिसौनाचौर) क्षेत्रमा प्रत्येक वर्ष भदौ १८ देखि २१ गतेसम्म मनाइन्छ यो मेला ।

संस्कृति लोप हुन नदिने उद्देश्यले मेलाको नाम बाट बझाङमा आइतबारदेखि ‘बिर्सती’ भलिबल प्रतियोगिताको आयोजना गरियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु दुई लाख दुई हजार १२१, द्वितीयले रु एक लाख दुई हजार १२१, तृतीयले ५० हजार १२१ र सान्त्वना हुने टोलीले रु १५ हजार १२१ पाउनेछन् । उन्नाइस टिम सहभागी छन् ।

महिलातर्फ प्रथम पुरस्कार ५० हजार १२१, द्वितीय २५ हजार १२१, तृतीय १२ हजार १२१ र सान्त्वना पुरस्कार रु छ हजार १२१ प्राप्त गर्नेछन् । महिलातर्फ पनि ११ टिमले उपस्थिति जनाएको छ ।

बझाङका गाउँघरमा मेला–जात्रा आफैँमा सामाजिक पुनर्मिलनका अवसर हुन् । रोजगारी, अध्ययन वा अन्य कारणले गाउँबाहिर रहेका युवा पनि मेला–जात्राका अवसरमा गाउँ फर्किन्छन् । बिर्सतीका भलिबल सह संयोजक अर्जुन दौल्यालका अनुसार एउटा गाउँको टोली अर्को गाउँमा पुग्छ । स्थानीय दर्शकले बाहिरबाट आएका खेलाडीको खेल हेर्छन् । खेलपछि प्रतिस्पर्धीहरू फेरि साथी बन्छन् ।

जितको खुसी र हारको अनुभवसँगै आपसी चिनजान र सम्बन्ध पनि विस्तार हुन्छ । भलिबलको मैदान केवल खेल हुने ठाउँ होइन, सम्बन्ध गाँसिने ठाउँ पनि बन्न थालेको उनले बताउँछन् ।

पुरस्कारभन्दा ठूलो सहभागिता

बझाङका मेला–जात्रामा भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि पछिल्लो समय आकर्षक बन्दै गएको छ । कतिपय प्रतियोगितामा लाखौँ रुपैयाँसम्म पुरस्कार राखिँदा जिल्लाभित्रका मात्रै नभई बाहिरका खेलाडी तथा टोलीलाई समेत आकर्षित गर्न थालेको छ । आयोजकका लागि पुरस्कारभन्दा ठूलो विषय सहभागिता र मेलाको आकर्षण हुन्छ ।

भलिबल प्रतियोगिता आयोजना गर्दा स्थानीय युवाले खेल्ने अवसर पाउँछन् । नयाँ खेलाडीले आफूलाई परीक्षण गर्ने मौका पाउँछन् । दर्शकले मनोरञ्जन पाउँछन् । आयोजकले मेलामा थप भीड आकर्षित गर्न सक्छन् । स्थानीय व्यापार–व्यवसायमा समेत यसको सकारात्मक प्रभाव पर्ने भन्दै गाउँ गाउँमा खेलहरु हुने गरेको जयपृथ्वी बहुमुखी क्याम्पसका उप प्राध्यापक ईश्वर हमाल बताउँछन् ।

उनले भने, “यसरी हेर्दा एउटा भलिबल प्रतियोगिताले खेलाडी, दर्शक, आयोजक र स्थानीय व्यवसायी सबैलाई जोड्ने काम गरिरहेको छ ।”

महिला खेलाडी पनि मैदानमा

बझाङका मेला–जात्रामा महिला भलिबल प्रतियोगिता समावेश हुनु अर्को सकारात्मक पक्ष हो । परम्परागत रूपमा महिलाको सहभागिता सांस्कृतिक कार्यक्रम, देउडा वा धार्मिक गतिविधिमा बढी देखिने जिल्लामा अहिले महिला खेलाडी पनि भलिबलको मैदानमा प्रतिस्पर्धा गर्न थालेका छन् ।

हरेलो, विरिजात र बिर्सती मेलामा मात्रै तीन दर्जनभन्दा बढी महिलाले प्रतिष्पर्धा गरे । यसले गाउँका किशोरी तथा युवतीलाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै प्रतिस्पर्धा, आत्मविश्वास र नेतृत्वको अवसर समेत प्रदान गरेको छ ।

संस्कृतिसँग खेलकुदको सहयात्रा

बझाङको मौलिक संस्कृति देउडा, जात्रा, मेला, नाचगान र धार्मिक परम्परासँग गहिरोसँग जोडिएको छ । पछिल्लो समय त्यसैमा भलिबल थपिन थालेको छ । यसलाई कतिपयले परम्परामा आधुनिकताको प्रवेशका रूपमा हेरेका छन् भने कतिपयले संस्कृति जोगाउँदै नयाँ पुस्तालाई जोड्ने माध्यमका रूपमा लिएका छन् ।

मेला–जात्रामा बढ्दै गएको भलिबलको आकर्षणलाई व्यवस्थित गर्न सके बझाङमा खेलकुद पर्यटनको सम्भावना पनि देखिने खप्तडछान्ना ५ का लोकराज जोशी बताउँछन् ।

देशका विभिन्न ठाउँबाट टोलीहरू प्रतियोगितामा आउन थाले भने उनीहरूले स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र धार्मिकस्थलसमेत अवलोकन गर्ने अवसर पाउने उनी बताउँछन् ।

खेलाडी र दर्शकको आवागमनले स्थानीय होटल, यातायात, पसल तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढाउन सकिने उनले बताए ।

प्रतियोगितालाई व्यवस्थित, नियमित र पारदर्शी बनाउनु आवश्यक रहेको उनले बताए । मैदान, खेल सामग्री, रेफ्री, खेलाडीको सुरक्षा, पुरस्कार वितरण र व्यवस्थापनमा ध्यान दिन सके बझाङका मेला राष्ट्रियस्तरका खेलकुद कार्यक्रमका रूपमा स्थापित हुन सक्ने बताइन्छ ।

जात्रैपिच्छे खेल, गाउँगाउँमा उत्साह

बझाङमा अहिले देखिएको दृश्य केवल एउटा प्रतियोगिताको कथा होइन । जयपृथ्वी भलिबल कपमा ३४ टोली, हरेलो मेलामा ३८ टोली तथा बिर्सतीमा ३० टोली, विरिजात ३२ टोली मेलामा छुट्टाछुट्टै महिला–पुरुष भलिबल प्रतियोगितामा सहभागी हुनु भनेको मेला र खेलकुदबीचको सम्बन्ध बलियो हुँदै गएको देखाउँछन् ।

“कुनै समय जात्राको मुख्य आकर्षण देउडा र नाचगान हुन्थ्यो,” सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशीले भने, “अहिले त्यससँगै भलिबलको आवाज पनि मिसिन थालेको छ ।

गाउँका खेल मैदानमा पोल गाडिँदा बालबालिकादेखि वृद्धसम्मको ध्यान त्यतातिर जान थालेको छ । खेलाडी मैदानमा पस्दा दर्शकको भीड बढ्छ । हरेक अङ्कसँगै हुटिङ हुन्छ । जित्दा खुसी र हार्दा अर्को पटक अझ राम्रो गर्ने उत्साह जन्मिन्छ ।”

अघिल्लो समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

अर्को समाचार

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन