• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२१ भदौ २०८३,
0
भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, २१ भदौः भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ ।

रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना सङ्कलन एवम् विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवम् प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खटिइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी विपद्को व्यवस्थापनमा सात हजार ९१२ प्रहरी परिचालन भएका छन् । प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट छ हजार ८५३ जनाको उद्धार गरिएको छ । हालसम्म पाँच हजार १५ जना बेपत्ता छन् ।

खोज उद्धारमा कुकुर र ‘ड्रोन क्यामेरा’

प्रहरीले बाढीमा परी हराइरहेकाको खोज तथा उद्धारका लागि विशेष टोली नै परिचालित गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्नुहुन्छ, “हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरी चौबिसै घण्टा अनुगमन भइरहेको छ ।”

उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि आफन्तका परिवारको फोन आउने गरेको र सोही विवरणअनुसार खोजीका लागि सम्बन्धित प्रहरी युनिटमा जनाकारी गराउँदै आइरहेको उहाँ सुनाउनुहुन्छ ।

हालसम्म एक हजार ३५१ पटक केन्द्रमा आफन्तको खोज र उद्धारका लागि अनुरोध प्राप्त भएको छ ।

प्रभावित क्षेत्रमा केनाइन (तालिम प्राप्त कुकुर) तथा जटिल भौतिक संरचनामा ड्रोनको प्रयोग गरी खोजी जारी छ । ड्रोन क्यामेराको सहयोगमा केही दिनअघि नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको थियो ।

यसैगरी, यहाँस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोगका साथै अन्य विदेशी संस्थालाई मृतक तथा बेपत्ता विदेशी नागरिकका बारेमा सूचना आदनप्रदानका लागि प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

वैज्ञानिक शव व्यवस्थापन र ‘डिएनए प्रोफाइलिङ’

प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियानसँगै पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन ‘फोरेन्सिक’ विशेषज्ञको सहयोगमा जारी छ । प्रहरी प्रवक्ता काफ्ले सङ्कलित शव बढ्दै गइरहेको र त्यसबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम देखिएकाले शवको व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन गरिएको बताउनुहुन्छ ।

बाढीपछि हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रियाका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डिएनए प्रोफाइलिङ’को काम भइरहेको छ ।

आपराधिक घटनाप्रति कडा निगरानी

विपद्को मौका छोपी हुनसक्ने आपराधिक घटनाप्रति प्रहरीले कडा निगरानी बढाएको छ । विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणमा समेत प्रहरी निरन्तर लागि परेको छ ।

सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त रहेको मौका छोपी लुटपाट, चोरी गर्ने जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न गस्ती एवं निगरानीलाई बढाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

विपद्को समयमा राहत सङ्कलनका नाममा हुन सक्ने ठगी नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उहाँको भनाइ छ । “सामाजिक सञ्जालमार्फत प्रवाह भएका गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्रीप्रति पनि निगरानी बढाइएको छ” प्रवक्ता काफ्लेले भन्नुभयो, “विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धारमा अवरोध पु¥याउनेलाई कानुनी दायरामा ल्याइनेछ ।”

स्वास्थ्य उपचार, राहत र सचेतना अभिवृद्धि

बाढी प्रभावित क्षेत्रमा घाइते भएका व्यक्तिको स्वास्थ उपचारमा समेत प्रहरी अग्रसर छ । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोली सुरुआती दिनदेखि नै घाइतेको स्वास्थ्य उपचारमा निरन्तर लागि परेका छन् ।

घाइतेलाई सामान्य अवस्थामा ल्याउन र विनाशकारी बाढीको कारण उत्पन्न हुन सक्ने मानसिक तनावलाई न्यूनीकरण गर्न प्रहरी अस्पतालको विशेषज्ञ टोली क्रियाशील रहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार प्रहरीले बाढी प्रभावित क्षेत्रमा कुल ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सचेतना कार्यक्रमहरूमा ४१ हजार २५७ जना सहभागी भएका छन् ।

विपद् प्रभावित रसुवा, नुवोकोट र धादिङका ‘होल्डिङ सेन्टर’मा महिला तथा बालबालिकाविरूद्ध दुव्र्यवहार र हिंसालगायत घटना हुन नदिन महिला प्रहरी परिचालित गरिएको छ ।

उनीहरूले महिला तथा बालबालिकासँग सम्बन्धित समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श पनि प्रदान गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विस्थापितको दैनिकी सहज बनाउने प्रयास जारी

प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकीलाई सहज बनाउन सहजीकरण गरिरहेको छ । बाढीले हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, विस्थापित नागरिकका घरमा सरसफाइ तथा मर्मतसम्भारमा प्रहरी टोली जुटेको देखिन्छ ।

प्रहरीले बाढीका कारण विभिन्न ठाउँमा अवरोध भएका सडकको समयमै सूचना प्रवाह गर्ने र वैकल्पिक मार्गहरूको सूचना प्रवाह गरी यात्रुलाई सहजीकरण गरिरहेको प्रवक्ता काफ्ले बताउनुहुन्छ ।

पीडा भुलाउँदै नागरिकको दुःखमा सँगै प्रहरी

प्रहरी नायब महानिरीक्षक काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि नागरिकको साथमा रहेर प्रहरी आफ्नो कर्तव्यपथमा अडिग रहेको बताउनुहुन्छ । “आफ्नो दुःख–पीडा भुलाउँदै नागरिकलाई नै सर्वोपरि मानेर उनीहरूको हरेक दुःखमा साथ दिँदै प्रहरी अघि बढिरहेको छ”, उहाँ भन्नुहुन्छ ।

यसपटकको बाढीबाट प्रहरी सङ्गठनले पनि भौतिकसँगै मावनीय क्षति व्यहोरेको छ । बाढीको सूचनासँगै नागरिकको जीउधनको सुरक्षामा खटिइएका २५ जना नेपाल प्रहरी अहिलेसम्म सम्पर्कविहीन छन् ।

नायब महानिरीक्षक एवं प्रवक्ता काफ्ले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा थुप्रिएको हिलो, माटो, ढुङ्गा एवम् पुनः बाढीको जोखिमका बीच नागरिकको दैनिक जीवनयापनलाई सहजीकरण गर्न मातहतका जनशक्ति अहोरात्र खटिरहेको स्मरण गर्नुहुन्छ ।

“प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण र विस्थापितको जीउधनको सुरक्षालगायत बहुआयमिक चुनौतीको सामना गर्दै आफ्नो कर्तव्य पूरा गर्न नेपाल प्रहरी अग्रसर छ”, उहाँले भन्नुभयो ।

अघिल्लो समाचार

भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

अर्को समाचार

तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन