• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

metakhabar by metakhabar
२१ भदौ २०८३,
0
भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ भदौः भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ ।

रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना सङ्कलन एवम् विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवम् प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खटिइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी विपद्को व्यवस्थापनमा सात हजार ९१२ प्रहरी परिचालन भएका छन् । प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट छ हजार ८५३ जनाको उद्धार गरिएको छ । हालसम्म पाँच हजार १५ जना बेपत्ता छन् ।

खोज उद्धारमा कुकुर र ‘ड्रोन क्यामेरा’

प्रहरीले बाढीमा परी हराइरहेकाको खोज तथा उद्धारका लागि विशेष टोली नै परिचालित गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्नुहुन्छ, “हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरी चौबिसै घण्टा अनुगमन भइरहेको छ ।”

उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि आफन्तका परिवारको फोन आउने गरेको र सोही विवरणअनुसार खोजीका लागि सम्बन्धित प्रहरी युनिटमा जनाकारी गराउँदै आइरहेको उहाँ सुनाउनुहुन्छ ।

हालसम्म एक हजार ३५१ पटक केन्द्रमा आफन्तको खोज र उद्धारका लागि अनुरोध प्राप्त भएको छ ।

प्रभावित क्षेत्रमा केनाइन (तालिम प्राप्त कुकुर) तथा जटिल भौतिक संरचनामा ड्रोनको प्रयोग गरी खोजी जारी छ । ड्रोन क्यामेराको सहयोगमा केही दिनअघि नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको थियो ।

यसैगरी, यहाँस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोगका साथै अन्य विदेशी संस्थालाई मृतक तथा बेपत्ता विदेशी नागरिकका बारेमा सूचना आदनप्रदानका लागि प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

वैज्ञानिक शव व्यवस्थापन र ‘डिएनए प्रोफाइलिङ’

प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियानसँगै पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन ‘फोरेन्सिक’ विशेषज्ञको सहयोगमा जारी छ । प्रहरी प्रवक्ता काफ्ले सङ्कलित शव बढ्दै गइरहेको र त्यसबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम देखिएकाले शवको व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन गरिएको बताउनुहुन्छ ।

बाढीपछि हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रियाका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डिएनए प्रोफाइलिङ’को काम भइरहेको छ ।

आपराधिक घटनाप्रति कडा निगरानी

विपद्को मौका छोपी हुनसक्ने आपराधिक घटनाप्रति प्रहरीले कडा निगरानी बढाएको छ । विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणमा समेत प्रहरी निरन्तर लागि परेको छ ।

सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त रहेको मौका छोपी लुटपाट, चोरी गर्ने जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न गस्ती एवं निगरानीलाई बढाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

विपद्को समयमा राहत सङ्कलनका नाममा हुन सक्ने ठगी नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उहाँको भनाइ छ । “सामाजिक सञ्जालमार्फत प्रवाह भएका गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्रीप्रति पनि निगरानी बढाइएको छ” प्रवक्ता काफ्लेले भन्नुभयो, “विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धारमा अवरोध पु¥याउनेलाई कानुनी दायरामा ल्याइनेछ ।”

स्वास्थ्य उपचार, राहत र सचेतना अभिवृद्धि

बाढी प्रभावित क्षेत्रमा घाइते भएका व्यक्तिको स्वास्थ उपचारमा समेत प्रहरी अग्रसर छ । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोली सुरुआती दिनदेखि नै घाइतेको स्वास्थ्य उपचारमा निरन्तर लागि परेका छन् ।

घाइतेलाई सामान्य अवस्थामा ल्याउन र विनाशकारी बाढीको कारण उत्पन्न हुन सक्ने मानसिक तनावलाई न्यूनीकरण गर्न प्रहरी अस्पतालको विशेषज्ञ टोली क्रियाशील रहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार प्रहरीले बाढी प्रभावित क्षेत्रमा कुल ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सचेतना कार्यक्रमहरूमा ४१ हजार २५७ जना सहभागी भएका छन् ।

विपद् प्रभावित रसुवा, नुवोकोट र धादिङका ‘होल्डिङ सेन्टर’मा महिला तथा बालबालिकाविरूद्ध दुव्र्यवहार र हिंसालगायत घटना हुन नदिन महिला प्रहरी परिचालित गरिएको छ ।

उनीहरूले महिला तथा बालबालिकासँग सम्बन्धित समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श पनि प्रदान गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विस्थापितको दैनिकी सहज बनाउने प्रयास जारी

प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकीलाई सहज बनाउन सहजीकरण गरिरहेको छ । बाढीले हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, विस्थापित नागरिकका घरमा सरसफाइ तथा मर्मतसम्भारमा प्रहरी टोली जुटेको देखिन्छ ।

प्रहरीले बाढीका कारण विभिन्न ठाउँमा अवरोध भएका सडकको समयमै सूचना प्रवाह गर्ने र वैकल्पिक मार्गहरूको सूचना प्रवाह गरी यात्रुलाई सहजीकरण गरिरहेको प्रवक्ता काफ्ले बताउनुहुन्छ ।

पीडा भुलाउँदै नागरिकको दुःखमा सँगै प्रहरी

प्रहरी नायब महानिरीक्षक काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि नागरिकको साथमा रहेर प्रहरी आफ्नो कर्तव्यपथमा अडिग रहेको बताउनुहुन्छ । “आफ्नो दुःख–पीडा भुलाउँदै नागरिकलाई नै सर्वोपरि मानेर उनीहरूको हरेक दुःखमा साथ दिँदै प्रहरी अघि बढिरहेको छ”, उहाँ भन्नुहुन्छ ।

यसपटकको बाढीबाट प्रहरी सङ्गठनले पनि भौतिकसँगै मावनीय क्षति व्यहोरेको छ । बाढीको सूचनासँगै नागरिकको जीउधनको सुरक्षामा खटिइएका २५ जना नेपाल प्रहरी अहिलेसम्म सम्पर्कविहीन छन् ।

नायब महानिरीक्षक एवं प्रवक्ता काफ्ले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा थुप्रिएको हिलो, माटो, ढुङ्गा एवम् पुनः बाढीको जोखिमका बीच नागरिकको दैनिक जीवनयापनलाई सहजीकरण गर्न मातहतका जनशक्ति अहोरात्र खटिरहेको स्मरण गर्नुहुन्छ ।

“प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण र विस्थापितको जीउधनको सुरक्षालगायत बहुआयमिक चुनौतीको सामना गर्दै आफ्नो कर्तव्य पूरा गर्न नेपाल प्रहरी अग्रसर छ”, उहाँले भन्नुभयो ।

Previous Post

भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

Next Post

तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

२१ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
फिचर-ब्यानर

बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

२१ भदौ २०८३,
भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

२१ भदौ २०८३,
भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन
फिचर-ब्यानर

भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

२१ भदौ २०८३,
बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन
फिचर-ब्यानर

बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

२१ भदौ २०८३,
Load More
Next Post
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In