• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

metakhabar by metakhabar
२१ भदौ २०८३,
0
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३३९ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ र अन्य पाँच जना रहेका प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।

फेला परेकामध्ये एक हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी, मृतक एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ ।

बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।

Previous Post

तादीखोलामा एक्रोब्रिज जडान तीब्र

Next Post

भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In