• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ भदौ २०८३,
0
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे । जिल्लाका नौ स्थानीय तहसहित विभिन्न वडा, सामाजिक, सहकारी तथा निजी संस्थाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि रु दुई करोड २२ लाख १३ हजार १११ सहयोग घोषणा गरेका छन् ।

यसअघि सात स्थानीय तह, जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका थिए ।

पछिल्लो पटक नमोबुद्ध नगरपालिकाले रु २७ लाख ५० हजार, भुम्लु गाउँपालिकाले रु ३० लाख, धुलिखेल उद्योग वाणिज्य सङ्घले रु एक लाख एक हजार, धुलिखेल खानेपानी तथा सरसफाइ समितिले रु एक लाख पाँच हजार र बनेपा नगरपालिका–७ स्थित सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु एक लाख ११ हजार १११ सहयोग गर्ने निर्णय गरेका छन् ।

नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् । धुलिखेल उद्योग वाणिज्य सङ्घले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष कोमलसुन्दर श्रेष्ठले जानकारी दिए ।

सप्तरीः सप्तरीको बलानबिहुल गाउँपालिकाले रसुवा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका बाढीपीडितका लागि १५ लाख २५ हजार ५४० रुपैयाँ राहत सहयोग गरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीले आफ्नो तलब सुविधा र गाउँपालिकाको सहयोगबाट उक्त रकम सङ्कलन गरी राहत सहयोग गरेका हुन् ।

विपद्का समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट उक्त रकम उपलब्ध गराएको बलानबिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवले बताए । उनले भने, “यस्तो कठिन परिस्थितिमा गाउँपालिकाले गरेको सहयोगले विपद्मा परेका नागरिकलाई केही राहत पुग्ने अपेक्षा छ ।”

गाउँपालिकाले विपद्को घडीमा मानवीय सहयोग र एकताको भावना आवश्यक रहेको भन्दै पीडितको उद्धार, राहत तथा पुनः स्थापनामा सबैपक्षले आआफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले सबै पक्षलाई आग्रह गरेका छन् ।

काठमाडौँ: भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै ओशो तपोवनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १५ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ ।

तपोवनका संस्थापक, बोधिसत्व स्वामी आनन्द अरुणको नेतृत्वमा सन्यासीको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । भेटका क्रममा बोधिसत्व स्वामी आनन्द अरुणले विपत्तिको यस कठिन घडीमा तपोवन पूर्ण रूपमा बाढीपीडितका साथमा रहेको बताए ।

प्राकृतिक विपत्तिमा परी घर, जीविकोपार्जन र आफ्ना प्रियजन गुमाएका प्रभावित परिवारप्रति करुणा र मानवीय संवेदना व्यक्त गर्दै उनले भने, “विपत्तिको समयमा करुणा केबल शब्दमा मात्र सीमित नरही सार्थक कर्ममा परिणत हुनुपर्छ । हाम्रो साझा मानवता र सेवाभावको एक विनम्र प्रयास हो ।” भेटका क्रममा स्वामी आनन्द अरुण अर्थमन्त्री वाग्लेलाई ओशोका पुस्तक प्रदान गरेका थिए ।

काठमाडौँ: नुवाकोट ककनीका कपिल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दश लाख एक रुपैयाँ सहयोग गरेका छन् ।

नुवाकोटमा जन्मेर हाल अमेरिकाको एलेडोमा बस्दै आउनुभएका व्यवसायी भण्डारीले भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि आज उक्त रकम सहयोग गर्नुभएको हो । उहाँले आफ्नो परिचय दिएको नुवाकोट र छिमेकी जिल्ला रसुवामा परेको पीडामा केही सहयोग गरौँ भन्ने उद्देश्यले उक्त सहयोग गरेको बताए ।

“नेपालले मलाई मेरो सुरुवात र पहिचान दियो, आज नेपाललाई परेको यो गाह्रो समयमा म आफ्नो देशको साथमा उभिन चाहन्छु, मेरो यो सानो प्रयासले केही परिवारलाई राहत मिल्नेछ भन्ने आशा राखेको छु”, भण्डारीले भने । उनले नुवाकोटमा सञ्चालित स्थानीय राहत अभियानमा २०१ अमेरिकी डलर सहयोग गरेका छन् ।

कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भोटेकोशीमा आएको बाढी प्रभावित नागरिकका लागि रु २० लाख ५२ हजार ६८० सहयोग गर्ने निर्णय गरेको छ ।

उद्धार कोषमा गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट रु ७३ हजार ९००, कर्मचारीबाट रु पाँच लाख १४ हजार ७७३, गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट रु १३ लाख ६१ हजार सात र राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सञ्जालबाट रु एक लाख तीन हजार सहयोग जम्मा गरिने गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार गाउँकार्यपालिकाको आज बसेको बैठकले विपद्को समयमा उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ । विपद्को समयमा मानवीय तथा सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै बाढीपीडितको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग गर्न सबैमा अपिल गरेको छ ।

Previous Post

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

Next Post

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन
फिचर-ब्यानर

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन

२१ भदौ २०८३,
Load More
Next Post
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In