• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा दुईवटा प्लास्टिक टनेलबाट ५० हजार रुपैयाँको भेडेखुर्सानी (क्याप्सिकम) बिक्री गरिन्। ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारी भेडेखुर्सानी सकिएपछि अब गोलभेँडा र रायोसाग लगाउने योजनामा छिन्।

बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदरको सास्ती र बढ्दो लागतका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भइरहेका बेला व्यावसायिक तरकारीखेतीले घरव्यवहार चलाउन सजिलो भएको उनको अनुभव छ।

बेनी नगरपालिकाको माथिल्लो भेगमा पर्ने डडुवाका बासिन्दा दशकअघिसम्म खेतबारीमा परम्परागत रूपमा धान, गहुँ, मकै र कोदोखेती गर्दथे। आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको आयोजनामा कास्की र पर्वतका तरकारी फार्म अवलोकन गरेपछि उनीहरूले खेती गर्ने शैली बदलेका हुन्।

अगुवा कृषक मोहनबहादुर भण्डारीका अनुसार सहकारीको त्यो भ्रमण डडुवावासीका लागि ‘टर्निङ पोइन्ट’ बन्यो। “भ्रमणलगत्तै तत्कालीन कृषि ज्ञान केन्द्रमार्फत प्लास्टिक टनेलको कार्यक्रम आयो,” भण्डारी सम्झन्छन्, “परीक्षणका लागि मैले खेतमा बनाएका दुईवटा टनेलमा गोलभेँडा खेती सफल भयो। त्यसपछि अरूले पनि सिको गरे। अहिले सिङ्गो गाउँमा करिब ५० वटा टनेल बनेका छन्।”

करिब ७५ हजार रुपैयाँको लागतमा तयार हुने एउटा टनेलभित्र एक याममै एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने किसानहरू बताउँछन्। “पहिले तरकारी किनेर खाने डडुवाका बासिन्दा अहिले बेचेर नगद भित्र्याउँछन्,” भण्डारीले भने, “अहिले २० जनाभन्दा बढी किसानले व्यावसायिक रूपमा खेती गरिरहेका छौँ।”

वैदेशिक रोजगारीका क्रममा करिब एक दशक बहराइन बिताएका भण्डारी आफैँले अहिले नौवटा टनेलमा गोलभेँडा लगाएका छन्। किसानहरूले टनेलमा गोलभेँडाका साथै यामअनुसार भेडेखुर्सानी, काँक्रो, सिमी, साग, मुला, गाजर र भन्टाखेती गर्छन्।

डडुवामा ६५ घरधुरीको बसोबास छ। केही परिवार बेनी तथा पोखरा बसाइँ सरे पनि गाउँमा रहेका प्रायः सबैले तरकारीखेती रोजेका छन्। यहाँ उत्पादित तरकारी बेनी र पोखराका बजारसम्म पुग्छ।

तर, सम्भावनाका बीच चुनौती पनि उत्तिकै छन्। पुलाचौर हुँदै डडुवा जोड्ने कच्ची सडकमा ढुवानीको समस्या, सिँचाइको अभाव, प्राविधिक सहयोगको कमी र बिचौलियाका कारण उचित मूल्य नपाउने गुनासो किसानको छ। बजारमा उपभोक्ताले प्रतिकिलो १२० रुपैयाँसम्म तिर्ने गोलभेँडा किसानले आधा मूल्य अर्थात् ६० रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ।

कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोला डडुवा गाउँ पछिल्लो समय व्यावसायिक तरकारीखेतीको ‘नमुना’ बन्दै गएको बताउँछन्। कार्यालयले साना सिँचाइ कार्यक्रममार्फत पोखरी निर्माण, प्लास्टिक घर र यान्त्रिक हलोमा अनुदान उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।

यस्तै, बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बेनीदेखि पुलाचौरसम्मको सडक पक्की भइसकेको र यसपालि पुलाचौरदेखि नयाँगाउँ खण्ड स्तरोन्नति गर्ने तयारी भइरहेको बताए। किसानले उत्पादन गरेका तरकारी, फलफूल र पशुजन्य उपजको सहज बजारीकरणका लागि बेनीमा कृषि बजार सञ्चालनको तयारी भइरहेको पनि उनको भनाइ छ।

Previous Post

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

Next Post

‘मलाई पुरुषका अगाडि ब्रा र अन्डरवेयरमा देखिन भनियो’ : अभिनेत्री दिया मिर्जा

metakhabar

metakhabar

सम्बन्धित खबर

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

१९ भदौ २०८३,
Load More
Next Post
‘मलाई पुरुषका अगाडि ब्रा र अन्डरवेयरमा देखिन भनियो’ : अभिनेत्री दिया मिर्जा

‘मलाई पुरुषका अगाडि ब्रा र अन्डरवेयरमा देखिन भनियो’ : अभिनेत्री दिया मिर्जा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In