• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोटेकोशी विपत्तिमा राज्यले स्थानीय जनप्रतिनिधिलाई बेवास्ता गरेको कांग्रेसको आरोप

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार तथा राहत व्यवस्थापनमा सरकारले स्थानीय तह र जनप्रतिनिधिलाई प्रभावकारी रूपमा सहभागी नगराएको आरोप लगाएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग गरेको छलफलमा सहभागीहरूले पीडित नागरिकले समयमै उद्धार र राहत नपाएको गुनासो गरेका हुन्।

छलफलमा नेपाली कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले राष्ट्रिय विपत्तिलाई एकताबद्ध भएर सामना गर्नुपर्ने नीतिअनुसार कांग्रेसले सुरुदेखि नै सरकारलाई सहयोग गर्दै आएको बताए। तर, अहिले सरकारका कामकारबाहीबारे प्रश्न उठाउने अवस्था आएको उहाँको भनाइ थियो।

उहाँले रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा आवश्यक प्राविधिक कामलाई प्रभावकारी ढंगले अघि नबढाई मन्त्रीहरू प्रचारमुखी बनेको आरोप लगाउनुभयो। उद्धार कार्यमा भएको लापरबाहीलाई उहाँले गम्भीर विषयका रूपमा टिप्पणी गर्नुभयो।

छलफलको सुरुआतमा रसुवा, नुवाकोट र धादिङका कांग्रेस जिल्ला सभापतिहरूले प्रभावित नागरिकले समयमा उद्धार र राहत पाउन नसकेको जानकारी गराएका थिए। संघीय सरकारले स्थानीय सरकार तथा जनप्रतिनिधिसँग पर्याप्त समन्वय नगरी काम गर्दा समस्या उत्पन्न भएको उनीहरूको भनाइ थियो।

सहभागीहरूले राहत सामग्रीको अभाव नभए पनि एकद्वार प्रणालीका कारण वास्तविक पीडितसम्म सामग्री पुग्न नसकेको बताएका छन्। कांग्रेसले उठाउँदै आएको स्थानीय तहबाटै एकद्वार प्रणाली सञ्चालन गर्नुपर्ने अडान कार्यान्वयन गर्नुपर्ने उनीहरूको सुझाव थियो।

छलफलमा शव व्यवस्थापनस्थलमा समेत लुटपाट भएको, सत्तारूढ दलका नेता तथा कार्यकर्ताले सहज पहुँच पाए पनि जनप्रतिनिधिलाई निषेध गरिएको भन्दै सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।

बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी काम भएको प्रचार गरे पनि वास्तविक अवस्थामा राज्यको उपस्थिति कमजोर रहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिको भूमिका र सहभागिता बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव बंशलाल तामाङ तथा रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरू सहभागी थिए।

Previous Post

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

Next Post

संसद बैठकमा अस्वस्थ भएका सांसद खड्कालाई वीर अस्पताल लाने तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
Load More
Next Post
संसद बैठकमा अस्वस्थ भएका सांसद खड्कालाई वीर अस्पताल लाने तयारी

संसद बैठकमा अस्वस्थ भएका सांसद खड्कालाई वीर अस्पताल लाने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In