• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : देशभर वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यपूर्वमा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीले लगानीकर्तामाझ भूराजनीतिक जोखिम र ब्याजदर वृद्धिको चिन्ता थप बढाएको हो।

सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत ३७४.०९ अंक अर्थात् ०.७ प्रतिशतले घटेर ५३ हजार१८५.९ अंकमा बन्द भयो। त्यस्तै, एस एन्ड पी ५०० २५.६२ अंक अर्थात् ०.३३ प्रतिशतले घटेर ७हजार६८६.१४ अंकमा पुग्यो। नास्डाक समग्र सूचक पनि ३१.५३ अंक अर्थात् ०.१२ प्रतिशतले घटेर २६ हजार३७०.८९ अंकमा झरेको छ।
एस एन्ड पी ५०० अन्तर्गतका ११ प्रमुख क्षेत्रमध्ये नौ क्षेत्रमा गिरावट देखिएको छ। सञ्चार सेवा क्षेत्र १.६३ प्रतिशत र उपयोगिता सेवा क्षेत्र १.१८ प्रतिशतले घटेका छन्। यता, ऊर्जा क्षेत्र २.१ प्रतिशत र प्रविधि क्षेत्र ०.३ प्रतिशतले बढेका छन्।

अमेरिकाले इरानका रकेट प्रक्षेपणस्थललाई लक्षित गरी सैन्य कारबाही गरेपछि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको हो। स्ट्रेट अफ हर्मुजमा नौसैनिक बारुदी सुरुङ बिछ्याउने धम्कीपछि अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ। केही सातायता दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष सैन्य कारबाही भएको जनाइएको छ।

सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि प्रभाव परेको छ। वेस्ट टेक्सस इन्टरमिडिएट कच्चा तेलको अक्टोबर आपूर्ति मूल्य २.३६ अमेरिकी डलर अर्थात् २.८३ प्रतिशतले बढेर प्रतिब्यारेल ८५.७६ डलर पुगेको छ। त्यस्तै, ब्रेन्ट कच्चा तेलको नोभेम्बर आपूर्ति मूल्य २.३९ डलर अर्थात् २.७१ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.४९ डलर पुगेको छ।

यसबीच, अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीतिलाई लिएर लगानीकर्ताको चिन्ता पनि कायमै छ। अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष केभिन वार्शले ज्याक्सन होल आर्थिक नीति गोष्ठीमा शुक्रबार दिएको कडा नीतिको संकेतपछि आगामी सेप्टेम्बर बैठकमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढ्ने सम्भावनाबारे बजारको अपेक्षा ६२ प्रतिशत पुगेको छ। एक साताअघि यस्तो सम्भावना करिब ४० प्रतिशत मात्र थियो।

ठूला प्रविधि कम्पनीका सेयरमा भने मिश्रित प्रदर्शन देखिएको छ। चिप निर्माता एनभिडियाको सेयर १.४८ प्रतिशतले बढेको छ भने टेस्लाको सेयर ५.५१ प्रतिशतले उकालो लागेको छ।
यता, अमेजनको सेयर २.५ प्रतिशतले घटेको छ। अमेरिकी संघीय व्यापार आयोग र २२ राज्यले डिजिटल विज्ञापनको लिलामी मूल्य निर्धारणमा अनुचित अभ्यास गरेको आरोप लगाउँदै अमेजनविरुद्ध संयुक्त मुद्दा दायर गरेपछि कम्पनीको सेयर दबाबमा परेको हो।
एप्पलको सेयर पनि करिब १ प्रतिशतले घटेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले निर्धारित अवकाशअघि सोमबार आफ्नो अन्तिम कार्यदिवस पूरा गरेका छन्।

अमेरिकी कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेपछि लगानीकर्ताको ध्यान अब शुक्रबार सार्वजनिक हुने अगस्ट महिनाको गैरकृषि रोजगारी प्रतिवेदनतर्फ केन्द्रित भएको छ। उक्त प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको अवस्था र आगामी ब्याजदर नीतिबारे थप स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

Previous Post

स्याउखेतीमा कर्मको छलाङ

Next Post

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

१९ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : देशभर वर्षाको सम्भावना

१९ भदौ २०८३,
Load More
Next Post
डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In